टाटाका कारमा ४ लाखसम्म नगद छुट
News Desk
Sep-26 , 2020 तारिख 12:37 बेलुका

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले दशैं अफर सार्वजनिक गरेको छ । कम्पनीले ग्राहकलाई नगद छुटदेखि अन्य विभिन्न अफर गरेको हो ।

कम्पनीले ल्याएको ‘टाटा मोटर्स दशैं अफर’ योजना अन्तर्गत टाटा प्यासेन्जर गाडीहरुको खरिदमा ४ लाखसम्म नगद छुट, निःशुल्क एक वर्षको सवारी कर, प्रत्येक गाडीको मुल्याङ्कनमा सरप्राइज गिफ्ट, प्रत्येक टेस्ट ड्राइभमा आकर्षक उपहार र जुनसुकै गाडीको एक्सचेन्जमा ५० हजारसम्मको एक्सचेन्ज बोनस प्राप्त गर्न सकिनेछ ।

दशैंको अवशरमा ग्राहक महानुभावहरुले टाटा मोटर्सको जुनसुकै सोरुममा गएर नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु टाटा एच फाईभ, नेक्सन, टियागो, टिगोर र अल्ट्रोज लगायतका गाडीहरु खरिद गर्न सक्ने छन् ।

धेरै पढिएको