लागुपदार्थ दुर्व्यशन सम्बन्धी सचेतनात्मक तस्वीर



काठमाडौँ — आश्विन १२, २०७७।

नेपाली समाजमा नकारात्मक दृष्टिकोणले हेरिने व्यवहार मध्येको एक लागुपदार्थ सेवन पनि हो । यसैको पेरिफेरिमा रहेर फ़ोटोग्राफर आदर्श पराजुली, आदिल अन्सारी लगायतको युवा समूहले 'दुर्व्यशन एक रोग हो अपराध होईन' भन्ने नाराको साथ लागुपदार्थ सेवनले आफुलाई मात्र हैन, परिवार र समाजलाई पनि हानि गर्दछ भन्दै न्यु क्रियसन स्टुडियो हेटौडासंगको सहकार्यमा लागुऔषध दुर्व्यशन विरुद्ध सचेतनात्मक तस्वीरहरु सार्वजनिक गरिएको छ।

‘लागुपदार्थले उड्नलाइ पखेटा त दिन्छ तर उड्ने आकाश नै खोसेर लगिदिन्छ ।’ ‘लागुपदार्थको प्रयोगकर्ताहरु अपराधी र खराब होइनन्, उनिहरु बिरामी हुन् उपचारको लागि सहयोग गरौं ।’ ‘लागुपदार्थको दुरुपयोग एउटा रोग हो, यसको उपचार सम्भव छ, अरुले के भन्ला भनेर समस्या नलुकाउ, तपाइँ हाम्रो सकरात्मक सहयोग नै यस्को रोकथामको सुरुवात हो ।’ जस्ता सचेतनात्मक सन्देश दिन सचेतनात्मक तस्वीरहरु सार्वजनिक गरिएको जनाईएको छ।

समाजमा अन्य रोगबारे खुलेर बहस र चेक-जाँच हुने भएकोले करिब-करिब कति प्रतिशत मानिस यसबाट शिकार भएका छन् आँकडा बाहिर आएको हुन्छ। तर लागुपदार्थ दुर्व्यसनमा परेका व्यक्तिलाई समाजमा अपहेलना गरिने अथवा समाजले हेय भावले हेर्ने भएकोले कति प्रतिशत व्यक्तिहरू यसबाट ग्रसित छन् भन्ने ठीक तथ्याङ्क निकाल्न गाह्रो छ। पछिल्लो समय लागुऔषध दुर्व्यशनमा फस्ने युवाहरुको संख्या उच्च रहेकोले यसलाई तस्वीर कथाको माध्यमबाट सचेतना फैलाउने उद्देश्यका साथ तस्वीरहरु सार्वजनिक गरिएको हो ।

पछिल्लो समय युवाहरु विभिन्न तरीकाले लागु औषध दुर्व्यशनको शिकार भइरहेका छन् । हाम्रो समाजले लागुपदार्थ दुर्व्यशनमा फसेका युवाहरुलाई त्यसबाट बाहिर निकाल्न समाजले खासै चासो नदिईरहेको परिप्रेक्ष्यमा एक व्याक्ति कसरी साथिहरुको लहैलहैमा लागेर लागुपदार्थ दुर्व्यसनीको शिकार हुन पुग्छ र समयक्रमसंगै समाजबाट पाएको अपहेलना छिचोल्दै कसरी त्यसबाट मुक्ति पाउँछ भन्ने देखाईएको छ।

सार्वजनिक गरिएको तस्वीरहरु न्यू क्रियशन स्टुडियोका संचालक आदर्श पराजुलीको कन्सेप्ट तथा निर्देशनमा पराजलीले नै तस्वीर खिचेका हुन् । तस्वीरमा मुख्य पात्रका रुपमा प्रसिद्ध भेट्वाललाई प्रस्तुत गरिएको छ भने सोनु बस्नेत, अञ्जन ढकाल, कृष्ण महत्तो र सुरक्षा ढकाललाई सहायक पात्रका रुपमा प्रस्तुत गरिएको छ ।

For More Photo Click Here: https://bit.ly/3jbd1nV



धेरै पढिएको