टेकु अस्पतालले कोरोनाका बिरामीसँग धरौटी नलिने



काठमाडौँ — कार्तिक १८, २०७७। 

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले कोरोना भाइरस का बिरामीको उपचारका लागि धरौटी रकम नलिने भएको छ ।

अस्पतालका निर्देशक डा। सागर राजभण्डारीले धरौटी रकम सम्बन्धी पूर्व सूचनालाई स्पष्ट पार्दै कोभिड–१९ का बिरामीलाई उपचार गर्दा बुझाउनुपर्ने धरौटी रकम सम्बन्धित डिपार्टमा पत्राचार गरिएको बताए ।

यसअघि अस्पतालले कोभिड–१९ का बिरामीलाई उपचारका लागि रू। २० हजारदेखि ५० हजारसम्म धरौटी राख्नुपर्ने बताएको थियो । अस्पतालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशनअनुसार नै शुल्क तिर्न सक्ने बिरामीबाट शुल्क लिने र नसक्ने बिरामीको निःशुल्क उपचार गर्ने नीति लिइएको उल्लेख गरेको छ ।

अस्पतालमा भर्ना भएका बिरामीका लागि खाना, अस्पतालमा निःशुल्क रूपमा उपलब्ध औषधि तथा प्रयोगशाला र अन्य उपलब्ध परीक्षणहरू निःशुल्क रूपमा व्यवस्था गरिँदै आएको समेत निर्देशक भण्डारीले जानकारी दिए ।

सरकारले विपन्न, अशक्त, असहाय, असहाय एकल महिला, अति अपांगता भएका, ज्येष्ठ नागरिक, अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, सुरक्षाकर्मीलगायतको मात्र निःशुल्क परीक्षण र उपचार खर्च बेहोर्ने निर्णय गरेको छ ।

अस्पतालका निर्देशक डा राजभण्डारीले विनाशुल्क कोभिड–१९ का संक्रमितको उपचार नै नगरिने भन्ने कुरा निराधार रहेको भन्दै आवश्यक परेका बेला अस्पतालले निःशुल्क रूपमा संक्रमितको उपचार गर्ने समेत बताए ।



धेरै पढिएको