हाम्रो नाराले दुरगामी सोचलाई प्रतिबिम्बित गर्छ : सुबोध कुमार गुप्ता



काठमाडौँ — मंसिर १०, २०७७। 

नेपालको निजीको छाता संगठन अर्थात नेपाल उद्योग वाणिज्य महासंघ  निर्वाचनको संघारमा छ ।  हाम्रो ५४ औ राष्ट्रिय अधिवेशन मङ्सिरको दोस्रो साता अर्थात मङ्सिर एघार, बाह्र र तेह्र गते सम्पन हुँदैछ । यस महाधिवेशनले नयाँ नेतृत्व चयन  गर्नेछ । हामीले चार पाँच बर्ष अघि  मात्रै वरिस्ठ उपाध्यक्ष स्वत: अध्यक्ष बन्ने प्रावधान ल्याएकाले हाम्रो मुल नेतृत्व बाहेकका अन्य पदमा प्रतिस्पर्धा हुनेछ ।  महासंघकी हालकी अध्यक्ष भवानी राणा अघिल्लो निर्वाचनबाट त्यसै प्रावधानमा टेकेर निर्वाचित भएर आउनु भएको हो । अहिलेको निर्वाचनमा वरिस्ठ उपाध्यक्ष तर्फ चन्द्र ढकाल र किशोर प्रधानले आफनो उम्मेदवारी दिनु भएको छ ।  त्यसैले भविस्यमा उहाँ दुई मध्ये एकले महासंघ हाँक्नु हुनेछ ।  अझ भनौ शेखरजी पछि नेपालको समग्र निजी क्षेत्रलाई पाईलटका रुपमा हाँक्ने जिम्मेवारी उहाँहरु मध्ये एकको काँधमा जानेछ ।  हाम्रो विधी विधानमै त्यहि छ ।  र सोही स्प्रिट  अनुरुप हामी निर्वाचनमा होमिएका छौ ।  उहाँ  दुवै नेताहरु आफ्ना एजेण्डा बोकेर चुनावी मैदानमा उत्रनु भएको छ।  हामीसँग अब धेरै दिन बाँकी छैन् ।  केही दिन भित्र नै हामीले दोस्रो वरियतामा अझ भनौ भावी अध्यक्षमा यि दुई मध्ये एकलाई पाउने छौ । यस्तै महासंघका अन्य शिर्ष तहमा उपाध्यक्षको तह छ ।  वस्तुगत, एशोसियट र जिल्लागत गरि तीन वटा  तह यानेकी पदका लागि कुल छ जनाले आफ्नो उम्मेदवारी दिनु भएको छ ।  वस्तुगत तर्फ उमेशलाल श्रेष्ठ र अन्जन श्रेष्ठ, जिल्लागतमा गुणनिधी तिवारी र दिनेश श्रेष्ठ तथा एशोसियट तर्फ रामचन्द्र सांघाई र सौरभ ज्योति प्रतिस्पर्धामा हुनुहुन्छ  । त्यसै गरि  म लगायतका साथीहरु कार्यकारिणी सदस्यका लागि प्रतिस्पर्धामा उत्रेका छौ ।  

महासंघ र नेतृत्व चयन 

कोभिड  पस्चात निजी क्षेत्रको अवस्था के कस्तो छ भन्ने पनि हामी सबैलाई थाहा छ ।  अर्थात आफ्ना पिडा, व्यवसाय गर्ने साथी संगीका  पिडा अझ भनौ समग्र निजी क्षेत्र कुन हालमा छ भन्ने बिषयमा हामी सबै जानकार छौ, किनकी हामी सबैले कोभिडलाई झेलिरहेका छौ ।  हामी यसका भुक्त भोगी हौ ।  हामीले विगत लामो समय देखी थुप्रै खाले समस्याहरु पनि भोग्दै आएका छौ ।  कतिपय समस्याहरु विगतका नेतृत्व तहबाट पनि हल भएका छन् ।  तर हामीले गर्न बाँकी धेरै थुप्रै काम छन् ।  कोभिड  पस्चात थपिएका जटिलता कम गराउनु पर्ने दायित्व महासंघ माथि छ ।  अभिभावकिय भूमिकाका लागि पहल लिनुपर्ने दायित्व पनि छ ।  साना देखी ठुला लगानीकर्ताका समस्या सुन्ने र हल गर्ने दायित्व महासंघसँग छ भने निजी क्षेत्र र सरकार बीच पुलको रुपमा काम गर्ने जिम्मेवारी  महासंघले निर्वाह गर्नुपर्ने हुन्छ । त्यसैले महासंघको काम कर्तव्य धेरै छन् ।  सरकार पछिको ठुलो संजाल भएको राष्ट्रिय शक्ति पनि भएकाले महासंघले राख्ने कुराहरु, उप्काउने सवालहरु ज्यादै ठुलो महत्व बोक्दछ ।  यस्ता यावत सवाल वा सन्दर्भ छन्  ।  मैले मेरा अघिल्ला लेखहरुमा पनि दर्शाई सकेको छु कि महासंघ  भनेको सर्वव्यापी संस्था हो भनेर ।  गाँस, बास कपास जता ततै महासंघ छ भनेर मैले भन्दै आएको  छु ।  अर्थात हामी माथि धेरैको आशा, भरोसा र देशकै भविस्य जोडिएको छ ।  यस मानेमा हामीले हाम्रो महासंघलाई वस्तुत चुस्त राख्न सक्नु पर्दछ ।  ताकि हामीले राम्रो कार्य सम्पादन गर्न सकौ ।  यसका लागि हामीलाई भिजनरी लिडरशिप अवश्य चाहिन्छ ।  नेतृत्व चयनका बखत हामी  आत्मरतिमा रमायौ भने हामीले पछुताउनुको विकल्प हुँदैन । अल्पकालिन र दिर्घकालिन योजना बनाएर काम गर्न सक्ने भिजन भएको, कुशल नेतृत्व दिनसक्ने, राज्य सन्यन्त्रसँग सहज पहुँच राख्न सक्ने, निजी क्षेत्रलाई धरातल देखी बुझेको, सामाजिक भावना बोकेको, निजी क्षेत्र सहजै घुलमिल हुन सक्ने, कुरा सुन्ने खुवी भएको ओजनदार व्यक्तित्व नै महासंघका लागि उपर्युक्त रहन्छ । र हाल महासंघको निर्वाचन हुन  गईरहेकाले यहि नै सहि मौका हो कुशल नेतृत्व छान्ने ।  क्षणिक स्वार्थ हेरेर निर्णय लिनु भन्दा भविस्यलाई पनि सोच विचार गरेर आफ्नो अमुल्य मत दिनु पर्छ ।  मतलाई त्यसै  खेर फाल्नु हुँदैन ।  रिस राग राग  आवेगमा आएर गलत निर्णय  लिन पुग्यौ भने हामी जो कोही पनि अपरिपक्व ठहरिन  सक्छौ । त्यसैले नहतारिईकन हामीले निर्णय लिनुपर्छ । महासंघलाई कस्तो नेतृत्व आवश्यक छ भन्नेमा मतदाताहरु सबै जानकार हुन हुन्छ नै । तसर्थ   केबल सच्चा हृदयले निर्णय लिनु हुनेछ  र बाटो नबिराई अघि बढनु हुनेछ भन्ने आश मैले लिएको छु ।  र आग्रह पनि गर्न चाहन्छु ।  हामी सबै राम्रा छौ तर राम्रा मध्ये पनि  उत्कृस्ट छनौट गर्न हामी नचुकौ भन्न चाहन्छु ।  

हाम्रो समुह र एजेण्डा    

मेरो बिषयमा कुरा गर्नु पर्दा मैले चन्द्र ढकाल समुहका वस्तुगत उपाध्यक्ष उम्मेदवार उमेशलाल श्रेष्ठको प्यानलबाट आफ्नो उम्मेदवारी  दिएको छु ।मेरो समुहका टोली नेता चन्द्र ढकाल हुनुहुन्छ भने मैले वस्तुगत तर्फबाट उम्मेदवारी दिएकाले उमेशलाल श्रेष्ठले त्यसको नेतृत्व गर्नु भएको छ ।  उहाँहरु दुवै जना मेरा श्रद्ध्ये नेता हुनुहुन्छ ।मैले हामी इतरका अग्रज नेताहरुलाई पनि सम्मान गर्नुपर्छ ।उहाँहरुका बिषयमा यस बेलामा मैले धेरै नबोल्नु नै वेश होला ।  किनकी हाम्रा आम व्यवसायी-उद्योगपति साथीहरुले पक्कै पनि सम्पूर्ण उम्मेदवारको बिषयमा खोजी निती गर्नु भएकै छ ।  महासंघको राजनिती र वस्तुस्थिती बारे पनि पक्कै जानकार हुनुहुन्छ ।  

चन्द्र ढकाल समुहको कुरा गर्दा हामी सबै उम्मेदवारहरु सक्षम छौ भन्ने मलाई लागेको छ । मेरो कार्य क्षेत्र वस्तुगत तर्फ भएकाले मेरो चिनजान र भेटघाट बढी जसो वस्तुगत कै साथीहरु सँग छ ।  मैले वस्तुगत तर्फका  उम्मेदवार साथीहरुलाई राम्रोसँग बुझेको छु  ।  मलाई लाग्छ हामी अर्थात चन्द्र ढकाल समुह अन्तर्गत उमेशलाल श्रेष्ठ नेतृत्वको टोली  हरकोणबाट सक्षम र निपूर्ण छौ ।  समावेशीता र अनुभव सबैमा सिद्ध छौ भन्ने दाबी हाम्रो हो ।  इतर पक्षका साथीहरुको बिषयमा टिका टिप्पणी गर्नु भन्दा पनि तुलनात्मक रुपमा हाम्रो सेट नै उत्कृस्ट  छ भन्ने मेरो दाबी छ ।  चन्द्र ढकाल र उमेशलाल श्रेष्ठ दुवै महासंघको तागत हो । उहाँहरु वेगरको महासंघ खल्लो र अपुरो हुने देख्छु म ।  रामचन्द्र सांघाई र   गुणनिधी तिवारी दुवै जना उस्तै  क्षमतावान हुनुहुन्छ ।  समग्र सदस्य उम्मेदवारहरु महासंघलाई गति दिन सक्षम र टिम स्प्रिटमा काम गर्न सक्ने खालको हुनुहुन्छ ।यस सन्दर्भ मैले मेरो अघिल्लो लेखमा उल्लेख गरिसकेको छु ।  त्यसैले यस बिषयमा पुन: म गहिराईमा नगई हाम्रो एजेण्डा बारे केही उल्लेख गर्न चाहन्छु ।  

हामी अर्थात चन्द्र ढकाल समुह निर्वाचनमा होमिदै गर्दा केही अवधारणाहरु अघि सारिएको छ ।  निजी क्षेत्रका तमाम समस्यालाई समाधान गर्ने रणनिती र कार्य योजना हामीले बुनेका छौ । महासंघलाई  गति प्रदान गरि निजी क्षेत्रका तमाम समस्याको पहिचान र सोको समाधानार्थ हामीले काम गर्नुपर्छ भन्ने हाम्रो कार्य दिशा छ ।  सोही अनुरुप हाम्रो नारा तय गरेर हामी निर्वाचनमा होमिएका छौ ।  समृद्धीको आधार -निजी क्षेत्र सरकार साझेदार हाम्रो नारा रहेको छ ।  यो नारा केबल चुनावी नारा मात्र होईन ।  हामीले निजी क्षेत्रका समस्यालाई किटान गर्दै समाधानको लागि अघि बढने उदेश्य अनुरुप नै यो नारा अघि सारेका हौ ।  त्यसैले यस नारालाई हाम्रा सम्पूर्ण मतदाता साथीहरुलाई अर्थपूर्ण ढंगले हेरिदिनु हुनका  लागि आग्रह गर्न चाहन्छु ।  

मुलुकको समृद्धी  नै हाम्रो मुल लक्ष्य हो । र जबसम्म निजी क्षेत्र सबल र सुदृढ हुँदैन तबसम्म समृद्धीको लक्ष्य हासिल हुनै सक्दैन । निजी क्षेत्रलाई सबल बनाउनु भनेकै देशको अर्थतन्त्रलाई सबल बनाउनु हो । कर, रोजगारी, उत्पादन आदीका लागि निजी क्षेत्रको योगदान महत्वपूर्ण हुने गर्दछ ।  कुल गार्हस्थ उत्पादनलाई बढाउनका लागि निजी क्षेत्रको साथ वेगर सरकार एक्लैले केही पनि गर्नै सक्दैन । यिनै बिषयलाई केन्द्रमा राखेर हामीले समृद्धीको आधारका लागि राज्य र निजी क्षेत्र सँगसंगै मिलेर जानुको विकल्प छैन भनेका हौ । त्यसैले सरकारसँग हातेमालो गर्दै अघि बढने कार्य योजना हाम्रो छ ।  

कोभिड  पस्चात देशलाई समृद्धी तर्फ अघि बढाउने अवसर र चुनौती हाम्रो सामु छ ।  यसका लागि निजी क्षेत्रले पनि आफ्नो तर्फबाट सक्षम नेतृत्व दिन सक्नु पर्छ । र अबको निर्वाचनले हामीलाई त्यो अवसर दिदैछ । यसर्थ सक्षम नेतृत्व चुन्ने दायित्वबाट हामी कोही पनि चुक्नु हुँदैन । यसका लागि सरकार र निजी क्षेत्र बीच  पुलको रुपमा काम गर्न सक्ने पहुँच   भएको नेतृत्वको पहिचान गरि अमुल्य मतको सदुपयोग गर्नु शिवाय अरु विकल्प हामी माझ छैन ।  

हामीले तय गरेको नाराले महासंघको भविस्य बोल्छ ।  र हाम्रो जितका लागि हामीले तय गरेको नारा काफी रहेको हाम्रो बुझाई छ ।  यसले हाम्रो दुरगामी सोचलाई प्रतिबिम्बित गर्छ ।  तसर्थ यहाँहरुले हाम्रो समुहका उम्मेदवारहरुलाई आफ्नो अमुल्य मत दिई  विजयी गराउनु भएको खण्डमा हामी महासंघमा रहेर धेरै काम गर्नेछौ । त्यो काम यहाँहरुकै म्याण्डेट लिएर हामी सबैका लागि गर्ने हो ।  अवसर जुराईदिनुस हामीले हाम्रो वचन खेर फाल्ने छैनौ भन्ने प्रण गर्न चाहन्छु /चाहन्छौ ।  

(लेखक नेपाल चामल दाल तेल उद्योग संघका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा बस्तुगत तर्फबाट केन्द्रिय सदस्य पदका उम्मेदवार हुन् ।)