लायन्स क्लबद्धारा एकै दिन स्वास्थ्य सामाग्री, खाद्यन्न सामाग्री तथा न्यानो कपडा वितरण



काठमाडौँ । लायन्स क्लब इन्टरनेशनल ३२५ ए १ अन्तर्गत रहेको लायन्स क्लब अफ काठमाडौं क्रियेटिभ युथ, लायन्स क्लब अफ काठमाडौं क्रियेटिभ उमन,लायन्स क्लब अफ काठमाडौं न‍ोभेला र लायन्स क्लब अफ बूढानीलकण्ठ नेवा पुःचद्धारा एकै दिन तिन वटा सामाजिक कार्य गर्दै लायन्स क्लब इन्टरनेशनलको १४२औँ मेल्भिन जोन्स दिवस उत्सव मनाएको छ । बुधबार विभिन्न तिन स्थानमा निःशुल्क स्वास्थ्य सामाग्री, खाद्य सामाग्री तथा न्यानो कपडा वितरण गरिएको थियो ।

चुनिखेलमा रहेको नौलिन माध्यमिक विद्यालयमा स्वास्थ्य सामाग्री अन्तर्गत निःशुल्क मास्क, सेनिटाइजर वितरण गरिएको थियो । यस्तै गोल्फुटारमा रहेको रिमा सेवा घरका बालबालिका एवं बृद्ध व्यक्तिहरुलाई खाद्य सामाग्री वितरण गरिएको र गोंगबुमा रहेको हिमालय वल्ड एज होमका बृद्ध व्यक्तिहरुलाई न्यानो कपडा वितरण र खाना खुवाउने मानवीय कार्यक्रम भएको छ।

लायन्स क्लब अफ काठमाडौं क्रियेटिभ युथकि अध्यक्ष सुजना राई जानकारी दिनुहुन्छ । लायन्स क्लब अफ काठमाडौं क्रियेटिभ युथ, लायन्स क्लब अफ काठमाडौं क्रियेटिभ उमन,लायन्स क्लब अफ काठमाडौं न‍ोभेला र लायन्स क्लब अफ बूढानीलकण्ठ नेवा पुःचको सहकार्यमा कार्यक्रमहरू भएको जानकारी रिजन च्येरपरसन गनिका गुरूङ ज्यू दिनुहुन्छ । कार्यक्रममा डिष्ट्रिक गभर्नर टंक श्रेष्ठ ज्यूक‍ो प्रमुख अतिथि रहेको थियो भने विशेषअतिथिमा डिष्ट्रिक फस्ट लेडि मनमाया श्रेष्ठ र वरिष्ठ रयापर निणय श्रेष्ठ (NSK) लगायत विभिन्न लायन लिडरहरुको उपस्थिति रहेको जानकारी डिष्ट्रिक चेयरपरसन अनिल बुर्जा मगर बताउनु हुन्छ ।