जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ
News Desk
Mar-25 , 2021 तारिख 01:54 बेलुका

सप्तरी - चैत १२

सप्तरी,  ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा हनुमाननगर कंकालिनि नगरपालिका-४ बस्ने २८ वर्षीय संजय मण्डललाई प्रहरीले बुधबार पक्राउ गरेको  हो।

आइतबार राति उनकै घरमा गई डर धम्की दिई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।