स्वास्थ्य भन्दा ठूलो अरु केहि हुन सक्दैन
News Desk
May-07 , 2021 तारिख 01:24 बिहान

-डा.डिआर उपाध्याय,

प्राणघातक जस्तो कोरोना भाईरस संग जोगिन आफनो घरभित्र बस्नु बाहेक अर्को कुनै बिकल्प देखिएन । लामो दिन सम्म एकै ठाउँमा बसिरहदा दिग्दार लाग्दो रहेछ । के गर्ने यो संग जोगिन पनि त पयो नि । धर्य साथ हामी सवैले निषेधाज्ञा पालना गरौँ ।

यो बाहेक अरु कुनै बिकल्प छैन । कोरोना महामारीको दोस्रो लहर गम्भीर प्रकृतिको रुपमा देखा परेको छ । यो रोग संग हामी कसैले पनि खेलवाड नगरौं । सरकारले निषेधाज्ञा अवधिभर घरबाहिर ननिस्किन आग्रह गरेको छ । सरकारले जारी गरेको निषेधाज्ञा पालना गर्ने दायित्व र कर्तव्य हामी सवै नागरिकको हो ।

सरकारले कोरोना भाईरसलाई नियन्त्रमा ल्याउन निषेधाज्ञा जारी गरेको हो । आज देशमा दिनप्रति दिन संक्रमितको संख्या बढ्दै गएको छ । बिरामीको मृत्युदर पनि बढ्दै गएको छ । आज कोरोना महामारीको दोस्रो लहर निकै संकटपूर्ण देखिएको छ । यसको सामाना गरेर जानु पर्ने आबश्यकता देखिएको छ ।

त्यसका लागी राष्टिय एकताको आबश्यकता छ । राजनीतिक दल र तिनका नेताहरु यति बेला सत्ता स्वार्थको राजनीतिलाई छाडेर कोरोना भाईरस नियन्त्रणमा ल्याउन लाग्नु पर्ने देखिन्छ । तर दुरभाग्य नेताहरु सत्ता स्वार्थमा नै रुमल्लिरहेका छन । यो लाज लाग्दो कुरा हो । यति बेला सवै राजनीतिक दलहरु मिलेर कोरोना भाईरसको सामाना गरेर जाने बेला हो ।

पहिलेको भन्दा अहिले कोरोना भाइरस खतरनाक भएको चिकित्सकहरुले बताउँदै आएका छन । अब सरकारी तथा निजी अस्पतालमा बिरामीको उपचारको गम्भीर तयारी र आवश्यक औषधि तथा उपचार कक्षको व्यवस्थापन हुन जरुरी छ । अहिले बिरामीको चाँप बढे संगै अस्पतालहरुमा बेडको अभाव हुदै गएको छ । अहिले हामी बिषम परिस्थिती बाट गुर्जिरहेका छौ । त्यसैले सरकारले जारी गरेको निषेधाज्ञा र यसको पालना सबैले गर्नु पर्ने जरुरी देखिएको छ ।

सबै जनताले सचेत भएर सामाजिक दूरी कायम गर्नु पर्ने आबश्यकता देखिएको छ । अव सवैले आ आफनो स्वास्थ्यको आफै ख्याल गर्नु पर्ने जरुरी छ । कोरोना संक्रमण मलाई पनि हुन सक्छ र मसँगै रहेका सहकर्मीलाई पनि हुन सक्छ भन्ने कुरामा सदैव सवै सचेत भइराख्नु जरुरी छ । सबैले सबैलाई आफू पनि बचौं र अरूलाई पनि बचाऔं भन्ने धारणाको बिकास गरौं ।

यो आधारभूत कुरालाई मनन गरेर व्यवहारमा प्रयोग गर्नु जरुरी भएको छ । सरकारले अहिले अत्यावश्यक कामबाहेक घरबाट ननिस्किनु भनेर जारी गरेको अनुरोधमूलक निषेधाज्ञा सबैले इमान्दारीपूर्वक पालना गरौं । यो अहिलेको बाध्यात्मक आवश्यकता हो । यो कुनै रहर होइन । यसलाई कसैले पनि खेलवाडमा उडाउने काम नगरौं ।

स्वास्थ्य भन्दा ठूलो अरु केहि हुन सक्दैन । स्वास्थ्य रहे अरु रहन्छ । दोस्रो लहरको कोरोना महामारी अति संवेदनशील र डरलाग्दो रूपमा देखिएको छ । यो संग खेलचारी गर्नु हुदैन । बरु,समयमै यसकोे रोकथाम, उपचारका उपाय अवलम्बन गरी अघि बढ्नु जरुरी छ । सरकारले तोकेको स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्ने काम सवै नागरिकले गर्नु पर्छ । यसका लागि सरकार पनि निकै सचेत र गम्भीर हुन जरुरी देखिन्छ ।

पछिल्लो चरणमा बाक्लो बस्ती भएका गाउँ, काठमाडौं सहर लगायत मुख्य सहर र छिमेकी देश भारतसँग सीमा जोडिएका सहर बढी प्रभावित छन् । तर, पनि कोरोनाको दोस्रो लहरको संक्रमणबाट दूरदराजका गाउँसमेत बच्न सकेका छैनन् ।

यो अवस्था भयावह अवस्था नै हो । सबै मिलेर यसको सामाना गर्ने बाटोमा लागौं । सरकारको मात्र एकल प्रयासले यो माहामारी नियन्त्रमा ल्याउन सम्भव छैन । सवै नागरिक एक जुट भएर लागौं । अहिले यो पार्टी र उ पार्टी भनेर गाईजात्रा देखाउने बेला होइन ।

जनताले यो पटक्कै मन पराएका छैनन् । अहिले नेताहरुमा देखिएको जुन किसिमको सत्ता स्वार्थको झुण्ड छ , त्यो नेपाली जनतालाई मन परेको छैन । अहिले यो माहामारीका बेला राजनीति गर्ने होइन, माहामारी बिरुद्ध एक ढिक्का हुने बेला हो ।

धेरै पढिएको