राज निर्देशित’अंग्रेजीमा बनाना’ को भिडियोमा सोनिया र सुधिर(भिडियो)
News Desk
May-15 , 2021 तारिख 02:41 बिहान

गायिका एलिना चौहान तथा गायक यात्री प्रेमको स्वरको यूगल गीत ‘अंग्रेजीमा बनाना‘’ म्युजिक भिडियो सार्वजनिक भएको छ । परिवर्तन इभेन्ट हाउसले तयार पारेको उक्त गीतको म्युजिक भिडियो गायिका चौहानकै आधिकारिक यूट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । यो गीतमा गायक यात्री प्रेमकै शब्द तथा संगीत निर्देशन रहेको छ । टंक बुढाथोकीले यो गीतलाई संगीत संयोजन गरेका छन् भने उनैले गीतलाई मिक्सिङ तथा मास्टरिङ समेत गरेका हुन् ।

राज बराइलीद्वारा निर्देशन गरिएको उक्त भिडियोमा मोडल सोनिया जिआर तथा मोडल सुधिर श्रेष्ठलाई फिचर गरिएको छ । भिडियोमा पिंकी तामाङ, सुप्रिमा दर्नाल, सुलभ थापा मगर, सपन्न थापा, साङ्सो राज पाण्डेले पनि अभिनय गरेका छन् । नवराज उप्रेतीद्वारा छायांकन गरिएको उक्त भिडियोलाई पदम सुवेदीले सम्पादन गरेका छन् । भिडियोको कथा सोनिया जिआरले तयार पारेकी हुन् भने यसमा शिव बिकको कोरियोग्राफी रहेको छ ।