माता  गुमाएको तेस्रो हप्तामै महासंघ उपाध्यक्ष दिनेश श्रेष्ठलाई पितृ शोक 
News Desk
Jun-09 , 2021 तारिख 04:42 बेलुका

काठमाडौं-नेपाल उद्योग वाणिज्य महासंघका जिल्ला नगर उपाध्यक्ष दिनेश श्रेष्ठलाई पितृ शोक परेको छ । उपाध्यक्ष श्रेष्ठका पिता ओमकार श्रेष्ठको मंगलबार ८१ बर्षको उमेरमा निधन भएको हो । गत जेष्ठ ७ गते मात्रै उनकी माता रम्भा देवि श्रेष्ठको ७९ बर्षको उमेरमा निधन भएको थियो ।  उपाध्यक्ष श्रेष्ठले माता  गुमाएको १८ दिनको अन्तरमा पिताजी पनि गुमाएका हुन ।