१० तह मध्ये ५ मा एमाले, ३ मा काँग्रेस र २ मा एकीकृत समाजवादी विजयी
News Desk
May-14 , 2022 तारिख 09:15 बिहान


काठमाडौं ।  हालसम्म १० वटा स्थानीय तहको मतपरिणाम आइसकेको छ। स्थानीय तह निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ ।  अहिलेसम्म १० वटा स्थानीय तहको मतपरिणाम आइसकेको छ। जसमध्ये सबैभन्दा धेरै नेकपा एमालेले ५ वटा स्थानीय तहमा जित हात पारेको छ।
त्यस्तै नेपाली कांग्रेसले ३ र नेकपा एकीकृत समाजवादीले २ वटामा जित हात पारेको छ।

जारी मतगणनामा एमाले ९४ स्थानीय तहमा अगाडी छ भने नेपाली कांग्रेस १०५ वटामा अगाडि छ। त्यस्तै नेकपा एस २ र नेकपा माओवादी केन्द १४ वटामा अगाडि छ। अन्य दल तथा स्वतन्त्र उम्मेदवार १५ स्थानमा अगाडि छन्।

नेकपा एमालेले विजय प्राप्त गरेका पालिकाहरु: 
मनाङको मनाङ ङिस्याङ गाउँपालिका : अध्यक्ष-कान्छा घले 
मनाङको चामे गाउँपालिका : अध्यक्ष- लोकेन्द्रबहादुर घले 
डोल्पाको से फोक्सुण्डो गाउँपालिका : अध्यक्ष -धावा सम्डुङ गुरुङ 
मुस्ताङको घेकर दामोदरकुण्ड गाउँपालिका : अध्यक्ष-लोप्साङ छोम्पेल विष्ट 
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका : अध्यक्ष -रिङजिन नामगेल गुरुङ 


नेपाली कांग्रेसले विजय प्राप्त गरेका पालिका 
मनाङको नार्पा भूमी गाँउपालिका : अध्यक्ष -तेन्जीङ लामा 
मनाङको नासोँ गाउँपालिका : अध्यक्ष -धनबहादुर गुरुङ 
मुस्ताङको घरपोझङ गाउँपालिका :  अध्यक्ष -मोहनसिंह लालचन 


नेकपा एकीकृत समाजवादीले विजय प्राप्त गरेका पालिका
डोल्पाको छार्का साङतोङ गाउँपालिका : अध्यक्ष -सेनाङ गुरुङ
डोल्पाको काइके गाउँपालिका : अध्यक्ष - अंगदकुमार राना

धेरै पढिएको