entertainment
|| Rajyadainik ||

आजको समाचार

“अनलाईन एक्टिङ कम्पिटिसन,२०२१” आयोजना हुँदै

मनोरञ्जन


काठमाडौँ — जेष्ठ ३१, २०७८। 

कला प्रेमीहरुको लागि खुशीको खबर र अवसर आएको छ । ग्रेट भिजन मिडियाको प्रस्तुतिमा “अनलाईन एक्टिङ कम्पिटिसन,२०२१” को आयोजना हुने भएको छ । 

आयोजक संस्था ग्रेट भिजन मिडियाका अध्यक्ष केडी भट्टराईले दिएको जानकारी अनुसार असार १ गतेबाट प्रतियोगिताको आवेदन फाराम खुल्ला रहने छ ।

विश्वव्यापीरुपमा फैलिएको कोरोना भाईरसको त्रास र खतराको बीचमा पनि मनोरंजन दिने र नया प्रतिभा बाहिर लिएर आउने हेतुले “अनलाईन एक्टिङ कम्पिटिसन,२०२१” को आयोजन गरिएको हो ।  आयोजक पक्षले दिएको जानकारी अनुसार यस प्रतियोगितामा भाग लिनको लागि प्रतिस्पर्धीहरुले २ देखि ५ मिनेट सम्मको भिडियो आफ्नै आवाजमा रेकर्ड गराएर पठाउनु पर्ने छ।  

प्रतियोगिताको निर्णायकको रुपमा निर्देशक गोबिन्द राई, वरिष्ठ अभिनेत्री मौषमी मल्ल र मोडल तथा एक्टर एसराज गराच रहेका छन । सम्पूर्ण अभिनय प्रेमीहरुलाई लकडाउनको समय सदुपयोग गर्दै प्रतियोगितामा भाग लिन निर्णायकहरुले आव्हान समेत गरेका छन्। 

निर्णायकहरुको निर्णयसंगै ग्लोवल अनलाईन पे मार्फत संचालन हुने अनलाईन भोटिङ मार्फत विजेताको छनौट गरिने छ । प्रतियोगिताका विजेताले नगद पुरस्कार, अवार्ड, ट्रफीको साथै म्युजिक भिडियो, सर्ट मुभि र वेभ सिरिजमा अभिनय गर्ने मौका समेत प्राप्त गर्नेछन। 

कोरोना कहरको अवस्था रहेपनि प्रतियोगितालाई मनोरन्जनात्मक र सफल बनाउन भरपुर कोशिश रहने प्रतिबद्धता आयोजक संस्थाका म्यानेजिङ डिरेक्टर राहुल जयसवालले व्यक्त गरेका छन् । कोरोना कहरको यस्तो अवस्थामा यस किसिमको कार्यक्रम गर्नु र नेपाली कला संस्कृतिलाई जोगाउन गरेका प्रयासले छुट्टै सकारात्मक संदेश पैदा गर्ने उनको भनाई छ। 

नयाँ शैलिको संगित मन पर्नेले सुन्नै पर्ने गीत "म हेरिमा रहनेछु जब तिमी आकाशमा हुनेछौ"

मनोरञ्जन


"म हेरिमा रहनेछु जब तिमी आकाशमा हुनेछौ" अहिलेको समयमा युवा पुस्तामा रुचाइने संगित "आर एण्ड बि" शैलिको गीत हो । हालै मात्र सामाजिक सञ्जाल तथा युट्युब मा सार्बजनिक भएको लिरिकल भिडियो सहित संगितको नयाँ स्वाद पस्किने कोसिस इटहरी निवासी कवी राईले गरेका छन्, उन्लाई सार्बजनिक रुपमा भाईपरको उपनामले पनि चिन्ने गर्दछन । लामो समय देखी भाईपर मनोरञ्जन क्षेत्रमा आफ्नो पहिचान बनाउन संघर्षरत छन । गीत संगितसंगै भाईपर अरु धेरै प्रतिभाका पनि धनी छन ।उनी बिट बक्सिङ, लिरिकल हिप अप डान्स, बिबोईङ डान्समा नि निकै पोख्त छन ।

स्थानिय लगाएत देशका अन्य धेरै शहरहरुमा उनले आफ्नो प्रतिभा प्रदर्शन गरिसकेका छन भने उन्को प्रस्तुती धेरै रुचाईने पनि गरिएको छ । जस्को कारण उनि प्राय यस्ता कार्यक्रममा आयोजकको रोजाइमा पर्ने गरेकाछन ।बिगत ७ बर्ष भन्दा बढी समय देखी निरन्तर यस क्षेत्र लागिरहेका भाईपरसँग दर्जनौं स्टेज कार्यक्रमको अनुभब पनि रहेकोछ । हाल सार्बजनिक गीत भाईपरको पहिलो गीत भने हैन, उनिले यस्ता दर्जन भन्दा बढी गीतहरु तयार रहेको पनि बताएका छन र ति गीतहरु भबिस्यमा बिस्तारै सार्बजनिक गर्दै जाने योजना रहेको पनि बताए ।

अहिलेको गीतमा कस्तो दर्शक श्रोताको कस्तो प्रतिकृया आउँछ त्यही अनिरुप आफु अगाडीका प्रस्तुतिहरु पस्किने उनको सोच रहेको छ । तत्कालालाई भने छिट्टै अर्को एउटा गीत सार्बजनिक गर्ने तयारिमा आफु रहेको र सो गीत भने म्युजिक भिडियो सहित सार्बजनिक गर्न लागिएको पनि उनले बताए । सोको लागी भने अहिलेको महामारिको परिस्थिती अलि सहज हुने समय सम्म कुर्न पर्ने भाईपरले जानकारी गराए । भिडिओ हेर्न यो लिंक क्लिक गर्नु होला ।

https://youtube.com/watch?v=329Ux2ukdLw&feature=share

XMA Header Image

Viper - Ma Herimaa Rahanexu (official audio)

youtube.com

कुष्ण काफ्ले को कुष्ण तिमी आउ गितको म्युजिक भिडियो सार्वजनिक

मनोरञ्जन


काठमाडौं - देखन चम्फा, पर्खपर्ख मायालु, मैले ठाँटेको छैन, चाखुम चाखुम जस्ता दर्जनौ हिट गीतका गायक कृष्ण काफ्लेको स्वरमा कृष्ण अब तिमी आउ बोलको पुकार गीत युट्युव मार्फत सार्वजनिक भएको छ । 

यो पुकार लाई गीतकार सुदन डोटेलले लेखेका हुन् । यो भन्दा अगाडी थुप्रै आधुनिक गीत र गजल लेखिसकेका सुदन डोटेलको माहामारिलाई लक्षीत गरिएको यो पहिलो पुकार गीत हो । मानिसले आफुलाई अजंम्बरी र अहंकारी सोचेर कुकर्म गरेको कारणले विभिन्न खालका विपत्ती आएका छन् ।

हामी सबैले गल्ती गरेका छौ । तथापी कृष्ण अब तिमी आउ र यो हाहाकार को स्थितीबाट विश्वका मानिसहरुलाई मुक्त गराउ भन्ने पुकार गीतमा गरिएको गीतकारले जनाएका छन् ।

कृष्ण काफ्लेको स्वर रहेको यो गीतमा सरोज प्याकुरेलको संगीत र मनोहर सुनामको संगीत संयोजन रहेको छ । पुकार गीतको भिडियोमा कुवेर केशीको अभिनय रहेको छ । सुरेन्द्र श्रेष्ठको छायांकन तथा सम्पादन रहेको यो भिडियोलाई सरोज प्याकुरेलले निर्देशन गरेका छन् ।

गिनिज क्युट फोटो कन्टेस्ट हुने

मनोरञ्जन


काठमाडौं, २२ जेठ-गिनिज Cute kids फोटो प्रतियोगिता संचालन हुने भएको छ । गिनिज स्कूल घर्मस्थलीले पहिलो पटक गिनिज Cute kids फोटो कन्टेस्ट गर्न लागेको हो । प्रतियोगिता जेठको अन्तिम साताबाट सुरु हुने विद्यालयले जनाएको छ । उक्त प्रतियोगितामा सहभागीताका लागि अभिभावकले आफ्नो बालबालिका (विद्यार्थी) को नाम ठेगाना सहित आकर्षक नयाँ फोटो, पठाउनु पर्नेछ ।

यस प्रतियोगितामा सोही विद्यालयमा कक्षा नर्सरीदेखि कक्षा दशसम्म अध्ययनरत इच्छुक बिद्यार्थीले सहभागीता जनाउन सकिने विद्यालयका कार्यवाहक प्रन्सिपल रामेश्वर सिंखडाले बताए । उक्त प्रतियोगितामा उत्कृष्ट ३ जनालाई विशेष पुरस्कारको व्यवस्था गरिएको विद्यालयले जनाएको छ । उत्कृष्ट हुनका लागि लाइक र सेयरलाई आधार मानिने सिंखडाले जानकारी दिए । इच्छुक बिद्यार्थीले आफ्नो फोटो जेठ २३ गते आइतबारदेखि जेठ २८ गते शुक्रबारसम्म पठाउन सकिने ब्यवस्था गरिएको छ ।

बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण लकडाउनको समयमा बिद्यार्थीको मनोबल बढाउन, अतिरिक्त कृयाकलापसहित प्रबिधिमा निपुर्ण गराउन उक्त प्रतियोगिता आयोजना गरिएको कार्यवाहक प्रिन्सिपल  सिंखडाले बताए ।

रवि ओडको ‘राजा रानी’मा कविता श्रेष्ठ (भिडियो)

मनोरञ्जन


काठमाडाैं, जेठ १८ : गायक रवि ओडले नयाँ गीत ‘राजा रानी’ बजारमा ल्याएका छन्। नेपाल आइडल सिजन २का विजेता रविलााई गीतमा स्मिता दाहालले साथ दिएकी छिन्।

गीतमा शब्द/संगीत भीम बिसीको रहेको छ भने एरेन्ज रिकेश गुरुङले गरेका छन्।

दिनेश विष्टले दिर्नेशन गरेको भिडियोडमा कविता श्रेष्ठ, रवि ओड, प्रियंका सिवाकोटी र दिनेश विष्टले अभिनय गरेका छन्। भिडियो दिनपरी क्रियशनको युट्युब च्यालनबाट सार्वजनिक भएको हो।

हेर्नुस् भिडियाे :

रेस्क्यू क्रियशनको आयोजनामा ‘रेस्क्यू म्युजिक अवार्ड’ आयोजना हुँदै

मनोरञ्जन


रेस्क्यू क्रियशनको आयोजनामा निकट भविष्यमै राजधानीमा ‘रेस्क्यू म्युजिक अवार्ड’ हुने भएको छ । विगत एक दशकदेखि म्यूजिक भिडियो निर्माणमा सक्रिय यो संस्थाले पहिलोपटक अवार्ड आयोजना गर्न लागेको हो । भिडियो निर्देशनमा ख्याती कमाएका संस्थाका निर्देशक समन अधिकारीले दशकौंको म्युजिक भिडियो निर्माणको अनुभव पछि वास्तविक स्रष्टाको उच्च कदर गर्दै विभिन्न विधामा सम्मान गर्ने हेतुले अवार्ड आयोजना गर्न लागेको बताए । ‘अहिले कोभिड संक्रमण अवस्था भएकोले यस समयमा हामी यसको तयारीमा जुटेका छौं ।

विश्वभरी छरिएर रहेका नेपाली गीत संगीतलाई माया गर्ने सबैलाई अवार्डमा समेट्ने प्रयास गर्नेछौं’, उनले भने । समनका अनुसार अवार्ड यो वर्षको अन्त्यमा नेपालको एक पाँचतारे होटलमा र अर्को वर्ष युरोपमा हुनेछ । प्रारम्भिक चरणमा अवार्डमा नेपाली आधुनिक गीत, लोक दोहोरी र फिल्म गरेर १५ वटा विधामा अवार्ड गरिनेछ ।‘सबै विधा विदेशमा बस्ने नेपालीको नाममा हुनेछ । हामी लाइफटाइम अचिभमेन्ट अवार्ड देशबाहिर रहेर नेपाली संगीतमा योगदान पु¥याउनेलाई दिनेछौं’, समनले भने ।

नेपाल कल्चरल इन्टरनेसनल फिल्म फेस्टिभलको तेस्रो संस्करण हुने

मनोरञ्जन


नेपाल कल्चरल इन्टरनेसनल फिल्म फेस्टिभलले तेस्रो संस्करण आयोजना गर्ने जनाउँदै फिल्मकर्मीलाई सहभागिताका लागि फिल्म बुझाउन आग्रह गरेको छ । फेस्टिभलका संस्थापक सन्तोष सुवेदीले देशी र विदेशी फिल्म समावेश फेस्टिभलमा सहभागिता जनाउनका लागि जुलाई १ सम्मको समय सीमा तोकिएको जानकारी गराएका छन् ।

इच्छुक फिल्मकर्मीले फिल्म फ्रिवेमार्फत् फेस्टिभलमा बुझाउन सक्नेछन् । सुवेदीले पहिलो र दोस्रो संस्करणको सफलतासँगै तेस्रो संस्करणको आयोजना लागि तयारीमा लागेको बताएका छन् । 

उनले भर्खरै खुलेको आवेदनमा पनि २७ देशका ७२ वटा फिल्म आइसकेको बताए । उनले अझै दुई महिना बढी फिल्म पठाउने समय सीमा रहेकाले प्रशस्त फिल्म सहभागी हुने अपेक्षा रहेको बताए ।  

फेस्टिभलमा ७ नेपाली र ७ विदेशी गरी १४ फिल्मलाई पुरस्कृत गरिनेछ । फेस्टिभलमा विदेशतर्फ उत्कृष्ट फिचर फिल्म, उत्कृष्ट सर्ट फिल्म, उत्कृष्ट डकुमेन्ट्री फिल्म, उत्कृष्ट ह्युमन राइट्स फिल्म, उत्कृष्ट चिल्ड्रेन फिल्म, उत्कृष्ट वुमन फिल्म र उत्कृष्ट एनिमेटेड फिल्म गरी ७ विधामा अवार्ड बाँडिनेछ । यसमा उत्कृष्ट हुने फिचर फिल्मले ट्रफीसँग ५ सय अमेरिकी डलर प्राप्त गर्नेछन् भने बाँकी सबै विधाका विजेताले २ सय ५० डलर प्राप्त गर्नेछन् । 

अर्जुन गौतम निर्देशित ‘बर वर आशु’ सार्वजनिक

मनोरञ्जन


काठमाडौं, अर्जुन गौतमको निर्देशनमा तयार भएको ’बर वर आशु’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । उक्त म्युजिक भिडियो युटुब मार्फत सार्वजनिक गरिएको हो । यस गीतका संगितकार,सर्जक एवम् गायक मिनप्रकाश ओली हुन । थर्डआई ईन्टरटेनमेन्टको प्रस्तुती रहेको सो म्युजिक भिडियोको पोस्ट प्रोडक्सनमा वजस फिमिल स्टुडियो रहेको छ । म्युजिक भिडियो नरोत्तम पाण्डेको सम्पादन र समीर राईको छायाँकनमा तयार पारिएको हो ।

निर्देशक गौतमका अनुसार कोरोनाको माहामारीलाई समेटेर आम मानिसको वेदनालाई भिडियोमा उतारिएको छ ।

https://www.youtube.com/watch?v=qE54WmL428g

अन्जु पन्त तथा योगेश काजीको स्वरमा ‘पिरतीको झरी’सार्वजनिक(भिडियो)

मनोरञ्जन


अन्जु पन्त तथा योगेश काजीको स्वरमा पिरतीको झरी को भिडियो सार्वजनिक भएको छ । वाईटिएच यूट्यूब च्यानल मार्फत सार्वजनिक भिडियोको गीतलाई पुरुषोत्तम ढुंगेलले शव्द रचना गरेका हुन भने संगित तथा ऐरेन्ज पनि स्वयं योगेशले नै गरेका छन । भिडियोमा मोडल गरिमा शर्मा र बिक्रम पोखरेल फिचर्ड रहेका छन ।

मोहन कुमार खत्री कार्यकारी निर्माता तथा सन्तोष पराजुली निर्माता रहेको भिडियोलाई भुपेन्द्र गुरुङ्गले कोरियोग्राफी तथा निर्देशन र उमेश थापाले सहनिर्देशन गरेका छन । बन्दे प्रसादले सम्पादन गरेको भिडियोलाई रोनिष तामाङ्गले छायांकन गरेका हुन ।
पछिल्लो पटक लगातार एक माथी एक चर्चित गीतहरु सार्वजनिक भएका गायक योगेश

राज निर्देशित’अंग्रेजीमा बनाना’ को भिडियोमा सोनिया र सुधिर(भिडियो)

मनोरञ्जन


गायिका एलिना चौहान तथा गायक यात्री प्रेमको स्वरको यूगल गीत ‘अंग्रेजीमा बनाना‘’ म्युजिक भिडियो सार्वजनिक भएको छ । परिवर्तन इभेन्ट हाउसले तयार पारेको उक्त गीतको म्युजिक भिडियो गायिका चौहानकै आधिकारिक यूट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । यो गीतमा गायक यात्री प्रेमकै शब्द तथा संगीत निर्देशन रहेको छ । टंक बुढाथोकीले यो गीतलाई संगीत संयोजन गरेका छन् भने उनैले गीतलाई मिक्सिङ तथा मास्टरिङ समेत गरेका हुन् ।

राज बराइलीद्वारा निर्देशन गरिएको उक्त भिडियोमा मोडल सोनिया जिआर तथा मोडल सुधिर श्रेष्ठलाई फिचर गरिएको छ । भिडियोमा पिंकी तामाङ, सुप्रिमा दर्नाल, सुलभ थापा मगर, सपन्न थापा, साङ्सो राज पाण्डेले पनि अभिनय गरेका छन् । नवराज उप्रेतीद्वारा छायांकन गरिएको उक्त भिडियोलाई पदम सुवेदीले सम्पादन गरेका छन् । भिडियोको कथा सोनिया जिआरले तयार पारेकी हुन् भने यसमा शिव बिकको कोरियोग्राफी रहेको छ ।