health
|| Rajyadainik ||

आजको समाचार

नेपाल चिकित्सक संघलाई ताईवान स्थित सु ची फाउन्डेसनले हस्ताण्तरण गर्‍यो ३० करोड बराबरको स्वास्थ्य सामाग्री

स्वास्थ्य


 काठमाडौं-नेपाल चिकित्सक संघलाई ताईवान स्थित सु ची फाउन्डेसनले  ३० करोड बराबरको स्वास्थ्य सामाग्री हस्ताण्तरण गरेको छ । सोमबार नेपाल चिकित्सक संघको सभा हलमा आयोजित एक कार्यक्रम माझ फाउन्डेसनका नेपाल प्रमुख मुकुन्द बिष्टले संघका अध्यक्ष डा. लोचन कार्कीलाई उक्त सामाग्री हस्ताण्तरण गरेका हुन । फाउण्डेसनद्वारा हस्ताण्तरित सामाग्रीमा अक्सिजन प्लान्ट ५  वटा, मोनिटर ४०थान , अक्सिजन कन्सनट्रेटर ५ सय ५ वटा , पिपिई २ हजार थान, भेन्टिलेटर १० वटा, मनिटर ४० वटा,सर्जिकल मास्क १६ हजार गोटा, ग्राउन ३ हजार गोटा, पञ्जा १४ हजार थान लगायतका स्वास्थ्य सामाग्रीहरु रहेका छन् ।                              

फाउण्डेसनद्वारा हस्ताण्तरित उक्त सामाग्रीहरु संघले नेपालका विभिन्न अस्पताल एवम् स्वास्थ्य संस्थालाई वितरण गर्नेछ ।  

सो अवसरमा संघका अध्यक्ष डा. लोचन कार्कीले सो सामाग्री २ सय स्वास्थ्य संस्थामा वितरण गरिने बताउदै आम चिकित्सकको सुरक्षा एवं स्वास्थ्य क्षेत्रको उन्नयन र  व्यवसायीक हितमा संघले काम गर्दै आएको स्पष्ट पारे ।  

साथै उनले स्वास्थ्यकर्मीको सुरक्षा, उपचार र नागरिकको स्वास्थ्य सेवाको क्षेत्रमा संघले महत्वपूर्ण कार्य आएको  विशेष प्रष्ट समेत पारे।’महामारीको सुरुवातदेखि नै संघको अग्रसरता र नेतृत्वमा आम चिकित्सक एवं विभिन्न स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री उपलब्ध गराउँदै आएको छ,’ डा. कार्कीले भने, ‘संघले यसबीच आइसोलेसन सेन्टर, एम्बुलेन्स सेवा, कल सेन्टर, टेलिमेडिसिनदेखि आम चिकित्सक र स्वास्थ्यकर्मीका लागि विभिन्न तालिमसमेत संचालन दिँदै आएका छौं।’

सुची फाउन्डेसन प्रतिनिधि मुकुन्द विष्टले महामारीको प्रकोपको बेलामा फाउन्डेसनले विशेष सहयोग गर्दै आएको बताउदै विगत ९० को दशक देखी नेपालमा फाउण्डेसनले वार्षिक करोडौ सहयोग उपलब्ध गराउदै आएको जनाए ।  फाउण्डेसनले स्वास्थ्य, शिक्षा, वातावरणीय क्षेत्रमा विश्वभर १६२ देशमा सहयोग मुलक कार्यक्रम गर्दै आएको पनि उनले जानकारी दिए ।  

संघका महासचिव डा. बद्रि रिजालले सामग्रीमार्फत् महामारीमा आम नागरिकको स्वास्थ्य सेवा सुनिश्तिता एवं सेवा प्रवाहमा  स्वास्थ्यकर्मीलाई सहजता हुने उल्लेख गरे ।

यी सामग्री उपलब्ध गराएर सेवा प्रवाहमा उल्लेखनीय सहयोग पुर्याउने फाउन्डेसनप्रति आभार प्रकट गर्दै आगामी दिनमा पनि सहकार्यको आशा रहेको डा. रिजालले बताए।

नेपाल चिकित्सक संघलाई ताईवान स्थित सु ची फाउन्डेसनले हस्ताण्तरण गर्‍यो ३० करोड बराबरको स्वास्थ्य सामाग्री 

स्वास्थ्य


 

काठमाडौं-नेपाल चिकित्सक संघलाई ताईवान स्थित सु ची फाउन्डेसनले हस्ताण्तरण गर्‍यो ३० करोड बराबरको स्वास्थ्य सामाग्री हस्ताण्तरण गरेको छ । सोमबार नेपाल चिकित्सक संघको सभा हलमा आयोजित एक कार्यक्रम माझ फाउन्डेसनका नेपाल प्रमुख मुकुन्द बिष्टले संघका अध्यक्ष डा. लोचन कार्कीलाई उक्त सामाग्री हस्ताण्तरण गरेका हुन । फाउण्डेसनद्वारा हस्ताण्तरित सामाग्रीमा अक्सिजन प्लान्ट ५  वटा, मोनिटर ४०थान , अक्सिजन कन्सनट्रेटर ५ सय ५ वटा , पिपिई २ हजार थान, भेन्टिलेटर १० वटा, मनिटर ४० वटा,सर्जिकल मास्क १६ हजार गोटा, ग्राउन ३ हजार गोटा, पञ्जा १४ हजार थान लगायतका स्वास्थ्य सामाग्रीहरु रहेका छन् ।                              

फाउण्डेसनद्वारा हस्ताण्तरित उक्त सामाग्रीहरु संघले नेपालका विभिन्न अस्पताल एवम् स्वास्थ्य संस्थालाई वितरण गर्नेछ ।  

सो अवसरमा संघका अध्यक्ष डा. लोचन कार्कीले सो सामाग्री २ सय स्वास्थ्य संस्थामा वितरण गरिने बताउदै आम चिकित्सकको सुरक्षा एवं स्वास्थ्य क्षेत्रको उन्नयन र  व्यवसायीक हितमा संघले काम गर्दै आएको स्पष्ट पारे ।  

साथै उनले स्वास्थ्यकर्मीको सुरक्षा, उपचार र नागरिकको स्वास्थ्य सेवाको क्षेत्रमा संघले महत्वपूर्ण कार्य आएको  विशेष प्रष्ट समेत पारे।’महामारीको सुरुवातदेखि नै संघको अग्रसरता र नेतृत्वमा आम चिकित्सक एवं विभिन्न स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री उपलब्ध गराउँदै आएको छ,’ डा. कार्कीले भने, ‘संघले यसबीच आइसोलेसन सेन्टर, एम्बुलेन्स सेवा, कल सेन्टर, टेलिमेडिसिनदेखि आम चिकित्सक र स्वास्थ्यकर्मीका लागि विभिन्न तालिमसमेत संचालन दिँदै आएका छौं।’

सुची फाउन्डेसन प्रतिनिधि मुकुन्द विष्टले महामारीको प्रकोपको बेलामा फाउन्डेसनले विशेष सहयोग गर्दै आएको बताउदै विगत ९० को दशक देखी नेपालमा फाउण्डेसनले वार्षिक करोडौ सहयोग उपलब्ध गराउदै आएको जनाए ।  फाउण्डेसनले स्वास्थ्य, शिक्षा, वातावरणीय क्षेत्रमा विश्वभर १६२ देशमा सहयोग मुलक कार्यक्रम गर्दै आएको पनि उनले जानकारी दिए ।  

संघका महासचिव डा. बद्रि रिजालले सामग्रीमार्फत् महामारीमा आम नागरिकको स्वास्थ्य सेवा सुनिश्तिता एवं सेवा प्रवाहमा  स्वास्थ्यकर्मीलाई सहजता हुने उल्लेख गरे ।

यी सामग्री उपलब्ध गराएर सेवा प्रवाहमा उल्लेखनीय सहयोग पुर्याउने फाउन्डेसनप्रति आभार प्रकट गर्दै आगामी दिनमा पनि सहकार्यको आशा रहेको डा. रिजालले बताए।

नेपाल चिकित्सक संघले चिकित्सक, नर्स, प्यारामेडिक्स तथा स्वस्थ्यकर्मिहरुलाई दियो बिशेष तालिम 

स्वास्थ्य


काठमाडौं-नेपाल चिकित्सक संघले विश्व स्वास्थ्य संगठन र राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रको समन्वय तथा सोसाईटी   अफ इन्टरनल मेडिसिन (सिमन) सोसाईटी अफ अनेस्थेसियोलोजिस्ट अफ नेपाल (सान) नेप्लिज सोसाईटी अफ कृटिकल क्यर मेडिसिन र क्रीटीकल क्यर नर्सेस एशोसियसन अफ नेपालको प्राविधिक सहयोगमा गत जेष्ठ १३ गतेदेखि २०७८ जेष्ठ २२ गतेसम्म " संचालित ‘कोभिड १९ क्रिटिकल क्यर ट्रेनिङ प्रोग्राम फर हेल्थ क्यर वर्कर्स तालिम भव्यताका साथ सम्पन्न भएको छ ।  

उक्त तालिममा ५ ब्याचका एघार हजार छ सय अठहत्तर जना सहभागी भएका थिए ।  जसमध्ये ४१.७८% चिकित्सक, ४२.६२% नर्स र १५.६०% प्यारामेडिक्सहरुको सहभागीता रहेको थियो । दुइ दिन गरी ५ ब्याचलाई १० दिनसम्म निरन्तर दिइएको उक्त तालिमबाट  कोभिड १९ संक्रमित  बिरामीहरुको अक्सिजन र उपचार रोकथाम तथा नियन्त्रणमा आवश्यक पर्ने विभिन्न स्वास्थ्य उपकरणहरुको उचित प्रयोग तथा निकट भविष्यमा यस महामारीको रोकथामको नियन्त्रणबाट कसरी गर्न सकिन्छ भन्ने बिषयमा बृहत छलफल भएको थियो ।  

नेपाल चिकित्सक संघले दिनरात नभनी विपतको घडीमा अग्रपंक्तिमा अहोरात्र खटिईरहनु भएका सम्पूर्ण चिकित्सक, नर्स, प्यारामेडिक्स तथा स्वस्थ्यकर्मिहरुलाई मध्यनजर गर्दै तालिम संचालनमा ल्याएको हो ।  

नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले कोभिड-१९ महामारीको दोश्रो लहरसंगै फ्रन्टलाईनमा खटिने भएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरु समेत संक्रमित भईरहेको अवस्थामा महामारीसंग जुध्नका लागि अक्सिजन र बेडले मात्र सम्भव नभई जनशक्तिको पनि तयार गर्नुपर्ने भएको हुनाले यस महामारीको समयमा बिगतका दिनमा पनि विभिन्न कार्यक्रम तथा तालिम सेवाहरु यस संघले प्रदान गरेको बताए ।  

 

चेम्वर अफ कमर्स र  चिकित्सक संघको टेली मेडिसिन सेवाबाट  दैनिक ३०० जना लाभान्वित  

स्वास्थ्य


काठमाण्डौं- नेपाल चेम्वर अफ कमर्स तथा नेपाल चिकित्सक संघद्धारा संचालित  टेली मेडिसिन सेन्टरबाट दैनिक ३०० जना लाभान्वित बनेको चेम्बरले जनाएको छ । कोभिड तथा ननकोभिड बिरामीहरुलाई  दैनिक परामर्श सेवा प्रदान गर्दे आईएको परिप्रेक्ष्यमा उक्त सेण्टरबाट स्वदेश तथा विदेशका गरी कोभिड तथा ननकोभिड बिरामीहरुले परामर्श सेवा प्राप्त गर्दै आएको चेम्वरले जानकारी दिएको हो ।

कोभिड–१९ महामारीको संक्रमण तीव्र रुपमा बढी रहेको सन्दर्भमा उक्त संक्रमण रोकथाम तथा नियन्त्रणका लागि “सम्पूर्ण नेपालीको जीवन रक्षाको लागि हामी एक हौं” भन्ने अभियानमा नेपाल चेम्वर अफ कमर्स तथा नेपाल चिकित्सक संघबाट २०७८ जेठ १६ देखि टेली मेडिसिन सेन्टर बाट परामर्श सेवा शुभारम्भ गरिएको थियो । 

  नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले दैनिक रुपमा ३०० जनाले सेवा प्राप्त गरेको बताउँदै आगामी दिनमा अन्य विरामीहरुले पनि यस सेवा बाट परामर्श प्राप्त गर्न सक्ने र अस्पतालमा जान असमर्थ बिरामीहरुले यस सेवाबाट लाभान्वित हुने बताए ।  

नेपाल चेम्वर अफ कमर्सको मुख्य प्रायोजनमा संचालित सो केन्द्रलाइृ साल्ट ट्रेडिङ कर्पोरेशन तथा ईश्वरलाल प्रतिष्ठानले सह प्रायोजन गरेका छन्  । यस केन्द्रबाट सेवा लिन इच्छुक व्यक्तीहरुले मेरो डाक्टर एप डाउनलोड गर्न सक्नेछन् । 

नेपालका लागि स्वास्थ्य सामाग्री संकलनमा इजरायल स्थित नेपाली दुतावासले देखायो सकृयता

स्वास्थ्य


 

तेल अभिभ - इजरायल स्थित नेपाली दुतावासले नेपालका लागि स्वास्थ्य सामाग्री संकलनमा आफ्नो सकृयता बढाएको छ ।  देश कोरोना महामारीको विषम परिस्थितिबाट गुज्रिरहेको र त्यससँग जुध्न नेपाल सरकारले अन्तर्राष्ट्रिय सहायता आह्वान गरेको सन्दर्भमा दूतावासले आफ्नो  सकृयता बढाएको हो ।  दुतावासले ईजरायल सरकारका साथै यहाँ  स्थित स्वास्थ्य संस्था, निजी कम्पनी/व्यवसायिक क्षेत्र लगायतसँग सहयोगको लागि अनुरोध गरेको थियो। 

सोही अनुरूप ईजरायलको प्रशिद्ध (संसारकै दशौँ उत्कृष्ट) अस्पताल - सेबा मेडिकल  सेण्टर Sheba Medical Center, ईजरायलको प्राईमरी रेस्क्यु एण्ड  रिकभरी भोलिण्टियर अर्गनाइजेसन, जाका, जेरुसेलम स्थित  Primary Rescue and Recovery Volunteer Organization - ZAKA, जेरुसेलमस्थित कम्पनी - युनाईटेड हादजला, United Hatzalah, कफर मेनाचेम Kfar Menachem स्थित कम्पनी - फण्डांङो कलेक्ससन एण्ड रिसाईक्लिङ Fandango Collection and Recycling Ltd, र येहदु Yehuda स्थित कम्पनी - कार्डोभेल Cardiovalve, काफर अभिभ Kfar Aviv स्थित कम्पनी - स्टेरिसेण्ट Sterisent, पेटाह टिक्भा Petah Tikva मा अवस्थित कम्पनी - माइ हेरिटेज My Heritage र पेटाह टिक्भा Petah Tikva मै अवस्थित कम्पनी - अरटेक इजरायल Artek Israel बाट सहायता स्वरुप कबुल भएको स्वास्थ्य सामग्री दूतावासबाट सम्बन्धित स्वास्थ्य संस्था/कम्पनीको स्थलगत भ्रमण गरी स्वीकार गरिएको दुतावासले जनाएको छ । 

सो क्रममा इजरायलका लागि नेपाली  राजदूत डा. अन्जान शाक्यले सहयोगी सम्पूर्ण संस्था/कम्पनीलाई धन्यवाद - पत्र समेत हस्तान्तरण गरिन ।  

नेपाल र ईजरायल बीच सन् १९६० जुन १ मा  कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। द्विदेशीय सम्बन्ध ६० वर्ष पूरा भई ६१ औं वर्षमा प्रवेश गरेको अवसरमा सहायता सामग्री संकलनको थालनी गरिएको दुतावासले स्पस्ट  पारेको छ ।  ईजरायल सरकारबाट प्राप्त सहायता सामग्री सहित माथि उल्लेखित सामग्रीहरू एवम् ईजरायलवासी नेपाली दिदीबहिनी तथा दाजुभाइबाट संकलित रकम मार्फत् खरिद हुने उपकरण/स्वास्थ्य सामाग्री यथाशक्य छिटो नेपाल पठाउने प्रयास भइरहेको  राजदुत शाक्यले जानकारी दिएकी छिन् ।  

मानवीय सहायताको भावनाले ओतप्रोत भई यस पुनीत कार्यमा दूतावासलाई ईजरायलीहरू Mr. Nadav Ben Yehuda, Mr. Raviv Byron, Ms. Anat Bernstein तथा Ms. Nirit Ofir ले निरन्तर सहयोग गरेको भन्दै दूतावास परिवार कृतकृत्य रहेको उल्लेख गरिएको छ ।  

नेपालमा नयाँ भेरियन्ट फेला परेको छैन विश्व स्वास्थ्य संगठन

स्वास्थ्य


विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले  नेपालमा कुनै नयाँ भेरियन्ट हालसम्म पुष्टि नभएको बताएको छ । डब्लुएचओको नेपालस्थित कार्यालयले नेपालमा नयाँ भेरियन्ट फेला परेकोबारे ‘अवगत नभएको’ जनाएको हो । ‘नेपालमा सार्स कोभिड–२ को नयाँ भेरियन्ट फेला परेको भन्ने कुरामा विश्व स्वास्थ्य संगठन अवगत छैन । नेपालमा रहेका भेरियन्टहरू अल्फा ९बी।१।१।७०, डेल्टा ९बी।१।६१७।२० र काप्पा ९बी।१।६१७।१० हुन् । यी तीनमध्ये नेपालमा हाल सक्रिय रहेको भेरियन्ट डेल्टा हो,’ डब्लुएचओ नेपाल प्रमुख डा। राजेश साम्भाजीराव पाण्डवले जनाए ।

बेलायतको पत्रिका डेली मेलले नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएको भन्दै समाचार प्रकाशित गरेको lyof] . 
डेली मेलको समाचारमा लेखिएको छ, ‘नेपालको नयाँ भेरियन्ट युरोपमा पनि फैलिसकेको छ । यसले बेलायतको बिदालाई असर पार\को छ । यो भाइरसमा कोभिड खोपहरूले काम गर्न नसक्ने वैज्ञानिकहरूको आशंका छ ।’ pQm ;dfrf/sf] v08g ub नेपाल सरकारले klg आपत्ति प्रकट गरेको छ । स्वास्थ्य मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै नेपालमा कोभिडको छुट्टै नयाँ भेरियन्ट फैलिएको भन्ने समाचारमा कुनै सत्यता नभएको स्पष्ट पारेको xf] ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.कृष्ण पौडेलले नेपालमा कुनै नयाँ भेरियन्ट नदेखिएको बताए । ‘अहिलेसम्म नेपालमा नयाँ भेरियन्ट देखिएको छैन,’ उनले भने, ‘बुधबारसम्म बेलायतले हामीलाई उपलब्ध गराएको सूचनाअनुसार त्यस्तो केही छैन ।’ पौडेलका अनुसार नेपालबाट विदेश गएका नेपालीहरूको कोभिड परीक्षण विभिन्न देशमा भइरहेको छ । तर, कुनै पनि देशमा नयाँ भेरिएन्ट देखिएको जानकारी नआएको उनको भनाइ छ ।

नेपालले भारतस्थित प्रयोगशालामा गराएको जीन सिक्वन्सिङको पछिल्लो नतिजा ४ जेठमा सार्वजनिक गरेको थियो । त्यसैबाट भारतमा देखिएका डेल्टा तथा काप्पा भेरियन्ट पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको थियो । 
 

नेपालमा नयाँ भेरियन्ट फेला परेको छैन विश्व स्वास्थ्य संगठन 

स्वास्थ्य


 


विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० ले  नेपालमा कुनै नयाँ भेरियन्ट हालसम्म पुष्टि नभएको बताएको छ । डब्लुएचओको नेपालस्थित कार्यालयले नेपालमा नयाँ भेरियन्ट फेला परेकोबारे ‘अवगत नभएको’ जनाएको हो । ‘नेपालमा सार्स कोभिड–२ को नयाँ भेरियन्ट फेला परेको भन्ने कुरामा विश्व स्वास्थ्य संगठन अवगत छैन । नेपालमा रहेका भेरियन्टहरू अल्फा ९बी।१।१।७०, डेल्टा ९बी।१।६१७।२० र काप्पा ९बी।१।६१७।१० हुन् । यी तीनमध्ये नेपालमा हाल सक्रिय रहेको भेरियन्ट डेल्टा हो,’ डब्लुएचओ नेपाल प्रमुख डा। राजेश साम्भाजीराव पाण्डवले जनाए ।

बेलायतको पत्रिका डेली मेलले नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएको भन्दै समाचार प्रकाशित गरेको lyof] . 
डेली मेलको समाचारमा लेखिएको छ, ‘नेपालको नयाँ भेरियन्ट युरोपमा पनि फैलिसकेको छ । यसले बेलायतको बिदालाई असर पार\को छ । यो भाइरसमा कोभिड खोपहरूले काम गर्न नसक्ने वैज्ञानिकहरूको आशंका छ ।’ pQm ;dfrf/sf] v08g ub नेपाल सरकारले klg आपत्ति प्रकट गरेको छ । स्वास्थ्य मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै नेपालमा कोभिडको छुट्टै नयाँ भेरियन्ट फैलिएको भन्ने समाचारमा कुनै सत्यता नभएको स्पष्ट पारेको xf] ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.कृष्ण पौडेलले नेपालमा कुनै नयाँ भेरियन्ट नदेखिएको बताए । ‘अहिलेसम्म नेपालमा नयाँ भेरियन्ट देखिएको छैन,’ उनले भने, ‘बुधबारसम्म बेलायतले हामीलाई उपलब्ध गराएको सूचनाअनुसार त्यस्तो केही छैन ।’ पौडेलका अनुसार नेपालबाट विदेश गएका नेपालीहरूको कोभिड परीक्षण विभिन्न देशमा भइरहेको छ । तर, कुनै पनि देशमा नयाँ भेरिएन्ट देखिएको जानकारी नआएको उनको भनाइ छ ।


नेपालले भारतस्थित प्रयोगशालामा गराएको जीन सिक्वन्सिङको पछिल्लो नतिजा ४ जेठमा सार्वजनिक गरेको थियो । त्यसैबाट भारतमा देखिएका डेल्टा तथा काप्पा भेरियन्ट पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको थियो । 
 

रसुवामा ठुलो परिमाणमा हेल्पिङ एजुकेसन फाउन्डेसनले गर्यो स्वास्थ सामाग्री सहयोग

स्वास्थ्य


डि एन घिसिङ 

काठमाडौं-रसुवा जिल्ला स्थित नौकुण्ड गाउँपालिकामा नेपाल हेल्पिङ एजुकेसन फाउण्डेसन अफ नेपालले ठूलो परिमाणमा स्वास्थ सामाग्री हस्ताण्तरण  गरेको छ। फाउण्डेसनले कोभिड महामारीलाई लक्षित गरि करिब ६लाख बराबरको स्वास्थ्य उपकरण सहित सहयोग हस्तान्तरण गरेको हो । कार्यक्रममा   नौकुन्ड गाउँपालिकाका अध्यक्ष नोर्बु साङ्बो घले,गाउँपालिका वडान५का अध्यक्ष गोन्ते ग्याम्तान र वडा नं ६ का अध्यक्ष धर्म बहादुर थोकर समेतको उपस्थिती रहेको थियो ।

हेल्पिङ एजुकेसन फाउन्डेसन अफ नेपालका कार्यक्रम संयोजक रत्न कुमार तामाङले स्टाफ नर्स, स्वयंसेविका लगायतका स्वास्थ्यकर्मीका लागि भनेर उक्त राहत सामाग्री  उपलब्ध गराएको जानकारी दिए ।  

कोभिड उपचारलाई सहज बनाउन आफू आवद्ध संस्थाले सहयोग गरेको संयोजक तामाङले बताए।हेल्पिङ एजुकेसन फाउन्डेसन अफ नेपालको पहलमा जर्मनीको जेओटेक सगको आर्थिक सहकार्यमा निर्माण गरेको नौकुन्ड गाउँपालिका वडान ५र ६ मा अवस्थित आधुनिक स्वस्थ चौकी भवनलाई केभिड उपचार केन्द्र बनाउने निर्णय गरेको फाउन्डेसनले जनाएको छ।

२०७५सालमा करिब ८०लाख लगानीमा निर्माण गरिएको उक्त  भवन रसुवा जिल्लाकै आधुनिक उपकरणयुक्त स्वास्थ्य चौकी रहेको संयोजक तामाङले बताए।उक्त स्वास्थ्य  चौकी व्यवस्थापन गर्न गाउँ घर क्लिनिक संचालन तथा व्यवस्थापन समिति समेत गठन गरेको उनले जानकारी गराएका छन् ।                                             

यसै माझ नौकुन्ड गाउँपालिकाका अध्यक्ष नोर्बु साङ्बो घलेको उपस्थितीमा स्वास्थ्य सामाग्री तथा स्वास्थकर्मीको लागी  सुबिधा सम्बन्धी सम्झौता कार्यक्रम समेत सम्पन्न भएको छ।

 

अग्रपंतिमा रहेर काम गर्ने स्वास्थ्यकर्मीहरुलाई तनाव व्यवस्थापन तालिम

स्वास्थ्य


काठमाडौं-नेपाल मेडिकल एसोसिएशन (एनएमए)  ले साइकाइट्रिस्ट एसोसिएसन अफ नेपालसँगको साझेदारी र विश्व स्वास्थ्य संगठनसँगको सहकार्यमा अग्रपंतिमा रहेर काम गर्ने स्वास्थ्यकर्मीहरुलाई तनाव व्यवस्थापन तालिम आयोजना गरेका को छ ।  

कोभिड १९ को बखत तनाव व्यवस्थापनले स्वास्थ्यकर्मीहरूको मानसिक स्वास्थ्य चुस्त राख्न  र स्वास्थ्यको समस्यालाई सम्बोधन गर्न सघाउ पुग्ने विश्वासका साथ कार्यक्रम आयोजनामा आएको हो ।  

प्रोफेसर डा. एस एन प्रधानको सभापतित्व माझ आयोजित सो कार्यक्रम स्वास्थ्य मन्त्रालयका प्रमुख विज्ञ डा. रोशन पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । सो अवसरमा एनपिएच विश्व स्वास्थ्य संगठनमा कार्यरत मनोरोग विशेषज्ञ  डा. केदार मरहठठाले वक्ताका रुपमा  प्रस्तुती दिएका थिए भने स्वास्थ्य मन्त्रालयका पुर्व सचिव किरण रेग्मीले प्यानलिस्ट भूमिका निर्वाह गरेका थिए ।कार्यक्रममा डा. सरोज ओझाले सह सभापतिको भूमिका निभाएका थिए ।                                                   

 

चीनले दिएको ८ लाख डोज खोप नेपाल आइपुग्यो

स्वास्थ्य


 

काठमाडौँ- चीनले अनुदानमा उपलब्ध गराएको कोभिड–१९ विरुद्धको १० लाख डोज खोपमध्ये ८ लाख डोज खोप आज काठमाडौँ आइपुगेको छ ।

नेपाल वायुसेवा निगमको वाइडबडी विमानले बेइजिङबाट उक्त परिमाणको खोप काठमाडौँ ल्याइपुर्‍याएको हो ।

खोप ल्याएको उक्त जहाज दिउँसो १ बजेर ४८ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। निगमको जहाज खोप लिन सोमबार राति ११ बजे बेइजिङ प्रस्थान गरेको थियो ।

आजै, चीनको स्वायत्त क्षेत्र तिब्बतले प्रदान गर्ने २ लाखमध्ये पहिलो लटको १ लाख डोज खोप चीनको कुन्मिङबाट हिमालयन एयरलाइन्सको विमानले काठमाडौं ल्याउँदैछ ।

बुधबार पनि कुन्मिङबाट हिमालयन एयरलाइन्सको जहाजले बाँकी १ लाख डोज खोप ल्याउने बताइएको छ । चीनले सिनोफार्म कम्पनीले विकास गरेको भेरोसेल खोप उपलब्ध गराएको हो ।