health
|| Rajyadainik ||

आजको समाचार

डब्ल्यूएचओले राख्यो कोरोनाका भेरियन्टहरुको नयाँ नाम, नेपालमा फैलिएको भाइरस कुन ?

स्वास्थ्य


 

काठमाडौँ । विभिन्न मुलुकमा कोरोनाभाइरसका नयाँनयाँ भेरियन्टहरु देखिन थालेपछि  विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूृएचओले) ले तिनको नामाकरण गरेको छ । बीबीसीले जनाए अनुसार अबदेखि डब्ल्यूएचओले यूके, दक्षिण अफ्रिका र भारतमा सबैभन्दा पहिला देखा परेका विभिन्न भेरियन्टलाई ग्रीक वर्णमालाका अक्षरहरूको प्रयोग गरेर नामांकरण गरेको छ ।

अब भेरियन्टका नाम के हुनेछन्?

जहाँ भेरियन्ट पहिले पत्ता लाग्यो त्यही ठाउँबाट चिन्ने गरिएको अहिलेको प्रणालीले स्थानविशेषविरुद्ध विभेदपूर्ण भावना विकसित गराएको भन्दै डब्ल्यूएचओले नयाँ प्रणाली ल्याएको हो। जसअनुसार आइन्दा यूके भेरियन्टलाई अल्फा, दक्षिण अफ्रिकी भेरियन्टलाई बिटा अनि भारतीय भेरियन्टलाई डेल्टा भनिनेछ।

यसै महिनाको सुरुमा भारतीय सरकारले त्यहाँ गत अक्टोबरमा सबैभन्दा पहिले यकिन गरिएको B.1.617.2 भेरियन्टलाई भारतीय भेरियन्ट भनिएकोमा आलोचना गरेको थियो। भारतमै फेला परेको अर्को भेरियन्ट (B.1.617.1) लाई ‘कप्पा’ नाम दिइएको छ । भारतमै फेला परेका(B.1.617.2) र (B.1.617.1) भेरियन्ट नेपालमा पनि पुष्टि भएको छ ।

त्यसैले नेपालमा फेला परेका यी भेरियन्टलाई पनि डेल्टा र कप्पा भन्नुपर्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा‍. सागर राजभण्डारीले बताए । ज्यादै संक्रामक मानिने भारतमा फेला परेको ‘डेल्टा’ भेरियन्ट विश्वका ५० भन्दा बढी देशमा फैलिएको बताइन्छ ।

भेरियन्ट निगरानी जरुरी

विश्व स्वास्थ्य सङ्गठनकी कोभिड-१९ प्राविधिक समूहकी प्रमुख मारिया भन कर्खोभले ट्वीट गर्दै “भेरियन्ट पत्ता लगाएर जानकारी दिएकोमा कुनै पनि देशलाई अप्ठेरोमा पारिनुहुन्न” भनेकी छन्। उनले सङ्क्रमण विस्तार रोक्न भेरियन्टहरूको सक्रियतापूर्वक निगरानी गर्न र वैज्ञानिक डेटा बाँड्न आवश्यक भएको बताइन्।

अब प्रयोग गरिने ग्रीक अक्षरहरूले चासोका साथ हेरिएका तथा चिन्ताका साथ हेरिएका दुवै प्रकारका भेरियन्टलाई जनाउनेछन्। तिनका नामहरूको पूर्ण विवरण डब्ल्यूएचओको वेबसाइटमा राखिएको छ।

यी ग्रीक अक्षरहरूले ती भेरियन्टको पूर्ण वैज्ञानिक नामलाई विस्थापन भने गर्ने छैनन्। कर्खोभका अनुसार यदि २४ भन्दा धेरै भेरियन्ट भेटिएको खण्डमा ग्रीक वर्णमालाका अक्षर सकिनेछ र नयाँ प्रणाली घोषणा गरिनेछ।

सोमवार यूके सरकारलाई सल्लाह दिने समूहका एक वैज्ञानिकले यूके कोभिड सङ्क्रमणको तेस्रो लहरको प्रारम्भिक चरणमा रहेको भनेका थिए। जसको एक कारण विगतमा भारतीय भेरियन्ट भन्ने गरिएको डेल्टा भेरियन्टको विस्तार रहेको उनले बताए।

डेल्टा भेरियन्ट विगतमा यूके भेरियन्ट भन्ने गरिएको अल्फा भेरियन्टभन्दा चाँडो फैलने बताइन्छ। अल्फाकै कारण जाडोयाममा यूकेमा महामारी निकै फैलिएको थियो। बीबीसीबाट

कोभिसिल्ड खोप तत्काल उपलब्ध हुने सम्भावना नभएको सरकारको जिकिर

स्वास्थ्य


काठमाडौँ — सरकारले कोरोना भाइरसविरुद्धको खोप कोभिसिल्ड तत्काल उपलब्ध गराउन नसकिने जानकारी गराएको छ । ्स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड अपडेटमा आइतबार बोल्दै मन्त्रालयका परिवार कल्याण महाशाखा प्रमुख डा तारानाथ पोखरेलले कोभिसिल्ड खोप तत्काल उपलब्ध हुने सम्भावना नरहेको बताए ।  

फागुन २३ गतेपछि कोभिसिल्डको पहिलो डोज लगाएका देशभरका ६५ वर्ष र १४ जिल्लाका ५५ वर्षमाथिका गरी साढे १३ लाख व्यक्तिले तत्काल दोस्रो डोज लगाउने मिति नजिकिए पनि नपाउने उनले बताए । विश्व स्वास्थ्य संगठनले खोपको पहिलो मात्रा लगाएको ९ देखि १२ हप्तासम्ममा दोस्रो मात्रा लगाउनुपर्ने बताएको छ ।  हालविभिन्न प्रयास गर्दासमेत उपलब्ध गराउन नसक्ने अवस्था देखिएको डा पोखरेलले बताए । ‘पहिलो डोज लगाएको अब करिब ११ हप्ता बितिसकेको छ,ु उनले भने, ुफागुन २३ भन्दा पछि खोप प्राप्त गर्नुहुने ज्येष्ठ नागरिक तथा अन्य नागरिकले खोप लगाउने मिति नजिकै आउँदा पनि तत्कालै कोभिसिल्ड खोपको दोस्रो मात्रा उपलब्ध हुने सम्भावना नदेखिएको अवस्था छ ।’


सरकारले गत फागुन २३ गतेपछि देशभरमै ६५ वर्षमाथिका ज्येष्ठ नागरिकहरुलाई कोभिसिल्ड खोप लगाउन सुरु गरेसँग १४ जिल्लामा पनि ५५ वर्षका माथिका व्यक्तिलाई खोप लगाउन थालेको थियो ।

गत माघ १४ गते कोरोना विरुद्धको खोप अभियानको शुभारम्भ गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महिनाभित्र सबै नेपालीलाई खोप उपलब्ध गराइसक्ने घोषणा गरेका थिए । उनले  ‘करिब तीन महिनाभित्र हामीले सम्पूर्ण नेपालीलाई खोप उपलब्ध गराइसक्नेछौं । निःशुल्क बिनाभेद्‌भाव प्राथमिकताका आधारमा यो खोप उपलब्ध गराउनेछौं’। भनेका थिए ।

चिकित्सक संघसँगको सहकार्यमा नेपाल चेम्बर अफ कमर्शद्वारा टेलिमेडिसिन सेण्टर स्थापना 

स्वास्थ्य


काठमाडौं, जेठ १६ – चिकित्सक संघसँगको सहकार्यमा नेपाल चेम्बर अफ कमर्शले  टेलिमेडिसिन सेण्टर स्थापना गरेको छ ।साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र ईश्वरलाल प्रतिष्ठान समेतको सहयोगमा उक्त टेलिमेडिसिन सेण्टर स्थापना गरिएको हो । नेपाल चेम्बर अफ कमर्श मुख्य प्रायोजक रहेको उक्त अभियानमा साल्ट ट्रेडिङ र ईश्वरलाल प्रतिष्ठान सह प्रायोजक रहेका छन् । 

आइतबार आयोजित एक कार्यक्रम माझ उक्त टेलिमेडिसिन सेण्टरको शुभारम्भ कार्यक्रमका प्रमुख अतिथी समेत रहेका नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्ल र नेपाल चिकित्सक संघका अध्यक्ष लोचन कार्कीले संयुक्त रुपमा गरेका छन् ।                                                                      

उक्त शुभारम्भ कार्यक्रममा प्रमूख अतिथि तथा नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले विश्वव्यापी महामारीको रुपमा फैलिएको दोश्रो चरणको कोरोनाभाइरस (कोभिड(१९) बाट प्रभाबित भएका व्यक्तिहरुले बिदेश तथा नेपालका सवै क्षेत्रबाट यस केन्द्रमार्फत्अनलाइन परामर्श प्राप्त गर्न
सकिने हुंदा महामारी व्यवस्थापनमा सहयोग पुग्ने बिश्वास गर्दै यस पुनित कार्यमा मूख्य प्रयोजन गर्न पाउदा खुशी लागेको बताए । 

‘हाल नयां भेरियण्टको कोभिड-१९ महामारीको संक्रमण तीव्र रुपमा वढि रहेको सन्दर्भमा उक्त संक्रमण रोकथाम तथा नियन्त्रणका लागि “सम्पूर्ण नेपालीको जीवन रक्षाको लागि हामी एक हौं” भन्ने नाराका साथ उक्त सेवा शुभारम्भ गरिएको हो’ अध्यक्ष मल्लले जानकारी दिदै भने ।  

देशका ७५३ वटै स्थानीय तह, जहाँ इन्टरनेटको पहुँच छ त्यस्ता ठाउँका बिरामीहरूले टेलिमेडिसिन सेवा प्राप्त गर्न सक्नेछन्,’ अध्यक्ष मल्लले भने, ‘यो सेवाका लागि हामीले संघलाई लजिस्टिक सपोर्ट गरेका छौं । समस्यामा परेका नेपाल र नेपालबाहिर समेत रहेका नेपाली नागरिकको सेवामा सहयोग गर्न पाएकोमा चेम्बर गौरवान्वित छ । यसबाट धेरै भन्दा धेरै नागरिकले सेवा प्राप्त गर्नुहुने विश्वास मैले लिएको छु ।’

उक्त अवसरमा मल्लले नेपाल चेम्वर अफ कमर्सले चेम्वर कोभिड व्यवस्थापन समिति गठन गरी विभिन्न  सरकारी अस्पतालहरुलाइ कोभिड नियन्त्रणसंग सामाग्री तथा उपकरणहरु हस्तान्तरण भइरहेको पनि जानकारी दिए ।  

त्यसैगरि नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले  टेलिमेडिसिन सेवाबाट सोझै डाक्टरहरूलाई विरामीले आफ्नो समस्या समेत भिडियो कलमार्फत देखाउन सक्ने जानकारी दिए । ‘यसबाट विरामीको बस्तुस्थिति अझै सजिलोसँग चिकित्सकले थाहा पाउने र उपचारमा सजिलो हुनेछ’ सेवा बारे प्रकाश पार्दै उनले भने  ।साथै उनले नेपाल चिकित्सक संघले केही दिनअघि मात्रै कोरोना भाइरस संक्रमणका कारण अस्पताल जान नसकेका नागरिकहरूका लागि लक्षित गर्दै कल सेन्टर पनि सञ्चालनमा ल्याईसकेको जानकारी दिए ।  

सो अवसरमा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले कोभिड १९ को कहरका कारण बिरामीहरुलाई अस्पातल जाउँआउ गर्न समस्या रहेको उल्लेख गर्दै टेलिमेडिसिन मार्फत उपलब्ध हुने स्वास्थ परामर्श सेवाले आम नागरिकलाई ठुलो राहत मिल्ने धारणा राखिन ।  साथै उनले आम नागरिकले  पिडा महशुश गरिरहेको यस घडीमा स्वास्थ्य सेवा जस्तो पुनित कार्यमा  जोडिन पाउँदा कर्पोरेशन परिवार आभारी रहेको बताईन् ।      

ईश्वरलाल प्रतिष्ठानकी सदस्य डा. रमिला श्रेष्ठ (मास्के)ले  नेपाल चेम्बर अफ कमर्श र साल्ट ट्रेडिङ कर्पोरेशनले उक्त टेलिमेडिसिन सञ्चालन गर्न चाहिने सम्पूर्ण सामग्री (लजिस्टिक सपोर्ट) र ईश्वरलाल प्रतिष्ठानले अन्य पूर्वाधारका काममा सहयोग गरेको जानकारी दिइन् ।

टेलिमेडिसिन सेवाबाट निषेधाज्ञाका कारण घरमै बस्न बाध्य बिमारीहरूलाई भिडियो कलमार्फत विशेषज्ञ चिकित्सकहरूबाट परामर्श दिइनेछ ।  आइतबार शुभारम्भ भएको टेलिमेडिसिन सेण्टर मार्फत सोमबार जेठ १७ गतेबाट सेवा आरम्भ हुनेछ । यो सेवा हाललाई प्रत्येक दिन बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालन गरिने छ । सेण्टर संचालनमा मिडास टेक्नोलोजिजले प्राविधिक सहयोग गर्नेछ ।

इन्टरनेट र मोबाइल तथा कम्युटर डिभाइस मार्फत मेरो डाक्टर डटकमबाट यो सेवा लिन सकिनेछ ।  मेरो डाक्टर एप मार्फत पनि यो सेवा लिन सकिनेछ ।  इन्टरनेट र मोबाइल तथा कम्युटर डिभाइसको पहुँच नहुनेले आफुलाई पायक पर्ने नजिकैको फार्मेसी, क्लिनिक वा स्वास्थ्य चौकी पुगेर यो सेवा लिन सक्नेछन् । 

यो Telemedicine सेवा कसरी लिने? सेवा कसरी लिने?

- विरामीहरुले मोबाइल अथवा ल्याप–टप मार्फत् कुनै पनि समय र स्थानबाट यो
सेवा लिन सक्नेछन्।
-यदि एन्ड्रोइड फोन प्रयोगकर्ता भएमा गुगल प्ले स्टोरबाट Mero Doctor  एप
डाउनलोड गर्न सकिन्छ । आइओएस फोन प्रयोगकर्ता भएमा एप्पल स्टोरमा गएर Mero Doctor’ एप डाउनलोड गर्न सक्नेछन् ।

- ल्याप–टप वा डेस्क–टपबाट यो सेवा लिन चाहेमा ‘www.merodoctor.com
टाइप गरेर यो सेवा लिन सकिनेछ ।

-कुनै पनि ग्याजेट तथा इन्टरनेट सुविधा उपलब्ध नभएमा आफुलाई पायक पर्ने नजिकैको
फार्मेसी, क्लिनिक तथा स्वास्थ्य चौकीमा पुगेर यो सेवा लिन सकिनेछ।

- मेरो डाक्टर एप कसरी प्रयोग गर्ने भन्ने सम्बन्धमा www.merodoctor.com/help
ले तपाइँलाई थप मद्दत गर्नेछ । तपाइँहरूको सजिलोका लागि यो लिंकमा भिडियो
म्यानुअल राखिएको छ ।
- वा निम्न फोन नम्बरहरूमा सम्पर्क गर्न सक्नुहुन्छ ।9847691129, 9823012581, 9847393153, 9847396536

चेम्बर अफ कमर्श, साल्ट ट्रेडिङ, ईश्वरलाल प्रतिष्ठान र मिडासको सहयोगमा चिकित्सक संघको टेलिमेडिसिन सेण्टर स्थापना

स्वास्थ्य


काठमाडौं, जेठ १६ – नेपाल चेम्बर अफ कमर्शको मुख्य प्रायोजन, साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र ईश्वरलाल प्रतिष्ठानको सह प्रायोजन  तथा मिडास टेक्नोलोजिजको प्राविधिक सहयोगमा नेपाल मेडिकल एसोसिएशनले टेलिमेडिसिन सेण्टर स्थापना गरेको छ । हाल नयां भेरियण्टको कोभिड-१९ महामारीको संक्रमण तीव्र रुपमा वढि रहेको सन्दर्भमा उक्त संक्रमण रोकथाम तथा नियन्त्रणका लागि “सम्पूर्ण नेपालीको जीवन रक्षाको लागि हामी एक हौं” भन्ने नाराका साथ उक्त सेवा शुभारम्भ गरिएको हो ।  

नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लको प्रमूख आतिथ्यतामा आईतबारआयोजित एक कार्यक्रम माझ उक्त टेलिमेडिसिन सेण्टरको शुभारम्भ नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्ल र नेपाल चिकित्सक संघका अध्यक्ष लोचन कार्कीले संयुक्त रुपमा गरेका छन् ।                                 उक्त शुभारम्भ कार्यक्रममा प्रमूख अतिथि तथा नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले विश्वव्यापी महामारीको रुपमा फैलिएको दोश्रो चरणको कोरोनाभाइरस (कोभिड(१९) बाट प्रभाबित भएका व्यक्तिहरुले बिदेश तथा नेपालका सवै क्षेत्रबाट यस केन्द्रबाट अनलाइन परामर्श प्राप्त गर्न सक्ने हुंदा महामारी व्यवस्थापनमा सहयोग पुग्ने बिश्वास गर्दै यस पुनित कार्यमा मूख्य प्रयोजन गर्न पाउदा खुशी लागेको बताए । 

उक्त अवसरमा मल्लले नेपाल चेम्वर अफ कमर्सले चेम्वर कोभिड व्यवस्थापन समिति गठन गरी विभिन्न  सरकारी अस्पतालहरुलाइ कोभिड नियन्त्रणसंग सामाग्री तथा उपकरणहरु हस्तान्तरण भइ रहेको पनि जानकारी दिए ।  

देशका ७५३ वटै स्थानीय तह, जहाँ इन्टरनेटको पहुँच छ त्यस्ता ठाउँका बिरामीहरूले टेलिमेडिसिन सेवा प्राप्त गर्न सक्नेछन्,’ अध्यक्ष मल्लले भने, ‘यो सेवाका लागि हामीले संघलाई लजिस्टिक सपोर्ट गरेका छौं । समस्यामा परेका नेपाल र नेपालबाहिर समेत रहेका नेपाली नागरिकको सेवामा सहयोग गर्न पाएकोमा चेम्बर गौरवान्वित छ । यसबाट धेरै भन्दा धेरै नागरिकले सेवा प्राप्त गर्नुहुने विश्वास मैले लिएको छु ।’

त्यसैगरि नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले  टेलिमेडिसिन सेवाबाट सोझै डाक्टरहरूलाई विरामीले आफ्नो समस्या समेत भिडियो कलमार्फत देखाउन सक्ने जानकारी दिए । ‘यसबाट विरामीको बस्तुस्थिति अझै सजिलोसँग चिकित्सकले थाहा पाउने र उपचारमा सजिलो हुनेछ’ सेवा बारे प्रकाश पार्दै उनले भने  ।साथै उनले नेपाल चिकित्सक संघले केही दिनअघि मात्रै कोरोना भाइरस संक्रमणका कारण अस्पताल जान नसकेका नागरिकहरूका लागि लक्षित गर्दै कल सेन्टर पनि सञ्चालनमा ल्याईसकेको जानकारी दिए ।  

सो अवसरमा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले कोभिड १९ को कहरका कारण बिरामीहरुलाई अस्पातल जाउँ आउ गर्न समस्या रहेको उल्लेख गर्दै टेलिमेडिसिन मार्फत उपलब्ध हुने स्वास्थ परामर्श सेवाले आम नागरिकलाई ठुलो राहत मिल्ने धारणा राखिन ।  साथै उनले आम नागरिकले  पिडा महशुश गरिरहेको यस घडीमा स्वास्थ्य सेवा जस्तो पुनित कार्यमा  जोडिन पाउँदा कर्पोरेशन परिवार आभारी रहेको बताईन् ।      

ईश्वरलाल प्रतिष्ठानकी सदस्य डा. रमिला श्रेष्ठ (मास्के)ले  नेपाल चेम्बर अफ कमर्श र साल्ट ट्रेडिङ कर्पोरेशनले उक्त टेलिमेडिसिन सञ्चालन गर्न चाहिने सम्पूर्ण सामग्री (लजिस्टिक सपोर्ट) र ईश्वरलाल प्रतिष्ठानले अन्य पूर्वाधारका काममा सहयोग गरेको जानकारी दिइन् ।

टेलिमेडिसिन सेवाबाट निषेधाज्ञाका कारण घरमै बस्न बाध्य बिमारीहरूलाई भिडियो कलमार्फत विशेषज्ञ चिकित्सकहरूबाट परामर्श दिइने छ । आज आइतबार शुभारम्भ भएको टेलिमेडिसिन सेण्टर मार्फत सोमबार जेठ १७ गतेबाट सेवा आरम्भ हुनेछ । यो सेवा हाललाई प्रत्येक दिन बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालन गरिने छ ।

इन्टरनेट र मोबाइल तथा कम्युटर डिभाइस मार्फत मेरो डाक्टर डटकमबाट यो सेवा लिन सकिनेछ ।  मेरो डाक्टर एप मार्फत पनि यो सेवा लिन सकिनेछ ।  इन्टरनेट र मोबाइल तथा कम्युटर डिभाइसको पहुँच नहुनेले आफुलाई पायक पर्ने नजिकैको फार्मेसी, क्लिनिक वा स्वास्थ्य चौकी पुगेर यो सेवा लिन सक्नेछन् । 

 

डब्ल्यूएचओ प्रतिनिधि पाण्डव र एकीकृत केन्द्रीय अस्पतालका प्रमुख गौतम बीच छलफल 

स्वास्थ्य


 

काठमाडौं-नेपालका लागि डब्ल्यूएचओका प्रतिनिधि डा. राजेश संभाजीराव पाण्डवले शुक्रबार एकीकृत केन्द्रीय अस्पतालको भ्रमण गरि प्रमुख प्रशासकिय अधिकृत  डा.जगेश्वर गौतमसँग छलफल गरेका छन्  । उनीहरु बीच  सहयोगको विवरण बारे छलफल भएको हो ।  

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को नेपाल कन्ट्रि अफिसले वीर अस्पतालमा कोभिड १९ को लागि भर्खरै स्थापना गरिएको एकीकृत केन्द्रीय अस्पताललाई सहयोग उपलब्ध गराएको थियो ।  

अस्पतालको यो एकीकृत कमाण्ड सेन्टर देशभरका अस्पतालहरूमा समन्वय र संसाधनको बृद्धि गर्न महत्वपूर्ण हुने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को विश्वास छ ।  

मोरङ स्थित ७ पालिका र स्वास्थ्य संस्थालाई भरतमोहन अधिकारी स्मृति फाउन्डेसनको राहत 

स्वास्थ्य


मोरङ - पुर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको स्मृतिमा स्थापित संस्था भरतमोहन अधिकारी स्मृति फाउन्डेसनले मोरङ जिल्ला स्थित विभिन्न पालिका क्षेत्र र स्वास्थ्य संस्थालाई स्वास्थ्य सामाग्री वितरण गरेको छ । फाउन्डेसनले जिल्ला स्थित पथरी शनिश्चरे नगरपालिका ,सुन्दर हरैचा नगरपालिका ,केरावारी गाउँपालिका ,मिक्लाजुङ्ग गाउँपालिका, कानेपोखरी गाउँपालिका,हसनदह कोभिड अस्पताल लगाएतलाई राहत स्वरुप  स्वास्थ्य सामाग्री वितरण गरेको हो ।  

कोभिड १९ बाट संक्रमित स्थानियको  स्वास्थ उपचारको लागि अति अवश्यक पर्ने स्वस्थ्य सामाग्रीहरु तथा त्यसको संक्रमण फैलन नदिन प्रयोग गरिने सामग्रीहरु फाउण्डेसनले उपलब्ध गराएको छ । जस अन्तर्गत १५० सेट पिपिई, ८० सेट अक्सिमिटर, ५००० गोटा साधारण माक्स, १५० गोटा एन एक्स माक्स, ५० जोडि बुट, ८० लिटर सेनिटाईजर, २० बक्सा साधारण पन्जा, ८० लिटर सोडियम हाईपोक्लोराईड, ५० थान फेस सिल्ड रहेका छन् ।  

उक्त राहत समाग्रीहरु सुन्दरहरैचाका मेयर शिव ढकाल तथा बडा अध्यक्ष राजेश थापा, केरावारी कि उपमेयर शान्तिकुमारी लिम्बू तथा बडा अध्यक्षहरु, मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष देबी आचार्य, कानेपोखरी गाउँपालिकाका अध्यक्ष तारा काफ्ले,उपाध्यक्ष तथा वडा अध्यक्षहरु, पथरी शनिश्चरे स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्यले ग्रहण गरेका थिए ।

उक्त राहत सामाग्रीहरु फाउन्डेसनको तर्फबाट सचिव महेश आचार्य, सदस्य चण्डी राई र शुभाष आचार्यले वितरण गरेका थिए । कार्यक्रममा फाउन्डेसनका शुभचिन्तकहरु राजेश थापा, सुरेश कुमार श्रेष्ठ लगायतको प्रत्यक्ष सहभागीता रहेको थियो । 

फाउन्डेसनकी संस्थापक तथा भरतमोहन अधिकारीको छोरी लिमा अधिकारीको संयोजनमा फाउण्डेसनले राष्ट्रव्यापी रुपमा राहत वितरण गर्दै आएको छ । 

सो सामाग्रीहरु हस्तान्तरण बारे प्रकाश पार्दै संस्थापक अधिकारी भन्छिन्  ‘श्रद्ध्य पिताजी भरतमोहन अधिकारीमा  गाउँ प्रति र ग्रामीण जनता प्रति धेरै स्नेहभाव थियो भन्ने भन्ने कुरा उहाँको कार्यक्रमहरु बाटै प्रष्ट हुन्छ,  त्यसैले पनि उहाँको संझनामा उहाँले राष्ट्रिय राजनीतिमा प्रतिनिधित्व गर्नु भएको जिल्ला मोरङ लगाएतका विभिन्न ठाउँहरुमा सहयोग गर्नु पर्छ भनेर आज यहाँ कार्यक्रम गरेका हौ ‘ ।  

फाउन्डेसनले कोभिडसँग लड्ने स्वास्थ्यकर्मी, कर्मचारीहरु तथा जनप्रतिनिधिहरुको उच्च कदर गर्दै सम्मानपत्र सहित राहत वितरण गरेको थियो ।  

त्यस क्रममा सबै पालिकाका प्रतिनिधिहरुले आवश्यक मात्रामा महत्त्वपूर्ण सामाग्रीहरु पाउन मुस्किल परिरहेको स्थितीमा अधिकारीको स्‍मृतिमा स्थापित संस्थाबाट राहत पाउँदा विगतमा भरतमोहन अधिकारीले गर्नु भएको योगदानको स्मरण गर्दै उनको व्यक्तित्व बारे प्रकाश समेत पारेका थिए । त्यसै गरि केहीले हाल स्वास्थ्य सामाग्रीहरु पाईहाले पनि उच्च मुल्य भुक्तान गर्नु परेको दुखेसो गर्दै यी समाग्रीहरु प्राप्त भई दिदा ठुलो राहत मिलेको भन्दै फाउन्डेसन परिवारलाई धन्यवाद ज्ञापन गरेका थिए ।  

फाउण्डेसनले स्रोतले भ्याएसम्म स्वास्थ्यकर्मी एवम् नागरिकहरुको जीवन रक्षाका लागि आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने फाउण्डेसनकी  अध्यक्ष सविता अधिकारीले जानकारी दिइन ।

नेपाललाई कोभिसिल्डको विकल्पमा अर्को खोप रोज्न आग्रह

स्वास्थ्य


काठमाडौं, १२ जेठ -कोरोना खोप वितरणको एक विश्वव्यापी अभियान कोभ्याक्सले नेपाललाई कोभिसिल्डको विकल्पमा अर्को खोप रोज्न आग्रह गरेको छ ।

भारतको सेरम इन्स्टिच्यूट अफ इन्डियाले अझै एक वर्ष कोभिसिल्ड खोप दिन नसक्ने भनेको हवाला दिदै कोभ्याक्सले त्यसको विकल्पमा अर्को उपयुक्त खोप रोज्न नेपाललाई आग्रह गरेको स्वास्थ्य सेवा विभाग अन्तर्गत खोप महाशाखाका प्रमुख डा। झलक शर्मा गौतमले जानकारी दिए ।

कोभ्याक्सले सन् २०२१ को मे महिनासम्म नेपालमा १९ लाख २० हजार डोज खोप ९कुल जनसंख्याको २० प्रतिशतलाई पुग्ने० खोप पठाउने प्रतिवद्धता जनाएको थियो । सोही प्रतिवद्धता अनुसार गत फागुन २३ गते पहिलो चरणमा ३ लाख ४८ हजार डोज कोभिसिल्ड खोप नेपाल पठाएको थियो । तर सेरमले कोभ्याक्स कार्यक्रमलाई पनि कोभिसिल्ड दिन नसक्ने जनाएपछि कोभ्याक्सले नेपाललाई अर्को खोप रोज्न आग्रह गरेको हो ।

‘हामीले भर्खरै कोभ्याक्सको पत्र प्राप्त गरेका छौं छलफलपछि हामी जुन १ सम्म जवाफ पठाउँछौं’ डा। गौतमले भने, ‘कोभ्याक्सिन, जोनसन एण्ड जोनसन, स्पुतनिक भी, भेरोसेललगायतका खोप हाम्रो भण्डारण सिस्टमलाई उपयुक्त हुने भएकाले यीमध्ये एउटालाई छान्छौं ।’

कोभ्याक्सलाई जवाफ पठाउनुअघि खोप समिति र स्वास्थ्य मन्त्रालयमा छलफल गरेर निर्णय गर्ने गौतमले बताए । ‘हाम्रो पत्रपछि कोभ्याक्सले खोप पठाउने मिति र पठाउन सक्ने डोज घोषणा गर्छ’ डा। गौतमले भने ।

कोभ्याक्सले यही मे महिनासम्म नेपालको २० प्रतिशत जनसंख्यालाई पुग्ने खोप पठाउने प्रतिवद्धता जनाएकाले छिट्टै खोप पठाउने आशा रहेको उनले बताए ।

नेपाललाई खोप दिन अमेरिकी र रसियन कम्पनी सकारात्मक

सरकारले खोप खरिदका लागि प्रस्ताव गरेका तीन कम्पनीमध्ये दुईवटाले सकारात्मक जवाफ पठाएका छन् । स्वास्थ्य सेवा विभागले नेपालमा आपतकालीन प्रयोगको अनुमति पएका अमेरिकाको मोडेर्ना, जोन्सन एण्ड जोन्सन र रसियाको स्पुतनिक भीसँग खोप खरिदका लागि प्रस्ताव गरेको थियो ।

त्यसमध्ये अमेरिकाको जोन्सन एण्ड जोन्सन र रसियाको स्पुतनिक भीले खोप पठाउन सकारात्मक रहेको प्रतिउत्तर दिएको विभागको आपूर्ति व्यवस्थापन महाशाखा प्रमुख डा। भीमसिंह तिकंरी बताउँछन् ।

उनका अनुसार यी दुई कम्पनीले अन्तर्राष्ट्रिय मूल्यमा नेपालमा खोप पठाउन सकारात्मक रहेको भन्दै आवश्यक छलफल गर्न तयार रहेको जवाफ दिएका छन् । त्यसैगरी अमेरिकाको मोडेर्नाले भने एक वर्ष खोप दिन नसकिने प्रतिक्रिया दिएको छ । तिंकरीले भने, ‘दुई कम्पनीले खोप खरीदको लागि छलफल गर्न प्रतिनिधि समेत पठाउने जवाफ दिएका छन् ।’

भारतको सेरम इन्ष्टिच्युटले कोभिसिल्ड खोप नदिएपछि नेपालले अरु कम्पनीसँग खोप खरिदका लागि प्रस्ताव गरेको थियो । दुई कम्पनीको सकारात्मक जवाफ आएपछि खोप खरिदमा आशा पलाएको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा। दीपेन्द्ररमण सिंहले बताए ।

उनका अनुसार आन्तरिक छलफलपछि यी २ कम्पनीलाई विभागले फेरि पत्राचार गर्नेछ । ‘खरिदको लागि हाम्रो सबै निकायबाट पहल भइरहेको छ, अबको केही दिनमा सकारात्मक नतिजा निस्कने विश्वास छ’ महानिर्देशक सिंहले भने ।
 

‘पाकभ्याक' कोभिड खोप ल्याउने तयारीमा पाकिस्तान

स्वास्थ्य


काठमाडौं-पाकिस्तानले 'पाकभ्याक' कोभिड खोप ल्याउने तयारी गरेको छ । चिनियाँ विज्ञको सहयोगमा कोरोनाभाइरस खोप सफल परिक्षण गरे पस्चात उक्त घरेलु खोप ल्याउन लागिएको हो । गत महिना यो खोपको कच्चा पदार्थ इस्लामाबाद ल्याएपछि पाकिस्तानले चिनियाँ विज्ञको सहयोगमा कोरोनाभाइरस खोप सफल परिक्षण गरेको  थियो । 

एनआईएचका अनुसार चीनको पहिलो डच क्यानसिनो कोभिड १९  भ्याक्सिन यस महिनाको अन्त्यसम्म सबै नागरिकहरूलाई उपलब्ध गराइनेछ। चीनको समर्थनमा कुल १२४,००० क्यानसिनो ज्याबहरू उत्पादन गरिएको छ र तिनीहरूलाई स्थानीय प्याकेजिङमा रोल आउट गरिएको छ । स्थानीय रूपमा बनाइएको कोविड १९ चिनियाँ खोपलाई पाकवाक नाम दिइएको  छ ।  

ट्विटरमा SAPM हेल्थ डा. फैसल सुल्तानले NIH पाक टोली र यसको नेतृत्वलाई "क्यान्स्नो खोपको सफल भरण / समाप्त (ध्यान केन्द्रितबाट) "का लागि बधाई दिएका छन्। “एनआईएच पाक टोली र यसको नेतृत्वलाई क्यान्सिनो बायो इंकको सहयोगमा क्यान्सिनो खोपको सफलता पूर्वक उत्पादन गर्न (ध्यान केन्द्रित गर्न) कोमा बधाई छ।" उनले बधाई   दिदै भनेका छन् । अप्रिलमा, एनआईएच अधिकारीहरूले  मे २०२१ मा क्यानसिनोबायोको कोरोनाभाइरस खोपको स्थानीय उत्पादन सुरु गर्ने बताएका थिए। 

एनआईएच अधिकारीका अनुसार, खोपका लागि कच्चा पदार्थ मेको शुरुमा पाकिस्तानमा पुगेपछि यो खोप उत्पादन तुरुन्तै सुरु गरिएको थियो। 

नेपाल उद्योग वाणिज्य महासंघको स्वास्थ्य सहायता अभियानबाट धेरैलाई राहत पुगेको महासंघको दाबी

स्वास्थ्य


काठमाण्डौं-नेपाल उद्योग वाणिज्य महासंघले कोभिड संक्रमित विरामीहरूको सहयोगका लागि संचालन गरेको हेल्लो डाक्टर स्वास्थ्य परामर्श र कोभिड १९ सहायता केन्द्र (FNCCI COVID-19 Help Desk) बाट हालसम्म निकै धेरै राहत पुग्न गएको दाबी गरेको छ ।  धेरैसंख्यामा विरामीहरूले स्वास्थ्य परामर्श र आवश्यक स्वास्थ्य सहायता लिएको महासंघले बताएको हो ।'महासंघले संचालन गरेको स्वास्थ्य अभियानबाट संक्रमित विरामी, तिनका परिवार र आफन्तहरू सहित धेरैलाई राहत पुग्न गएको छ' महासंघले आफनो आधिकारिक बेब साईटमा उल्लेख गरेकोछ । 


 महासंघका अनुसार जेष्ठ ६ गतेसम्मको तथ्यांक अनुसार हेल्लो डाक्टर स्वास्थ्य परामर्श कार्यक्रमबाट साँढे ५ सय भन्दा बढी कोभिड संक्रमित विरामीहरूले डाक्टरहरूबाट स्वास्थ्य परामर्श र सहायता केन्द्रबाट करिव २ सय ५० जनाले आवश्यक स्वास्थ्य सहायता लिएका छन् । वैशाख २६ बाट शुरू भएको हेल्लो डाक्टर मार्फत भाइवरको सहकार्यमा डाक्टर अन कलका चिकित्सकहरूले विरामीहरूलाई स्वास्थ्य परामर्श दिइरहेका छन् ।

कोभिड सहायता केन्द्रबाट गम्भीर प्रकृतिका विरामीहरूदेखि भर्खर कोभिड संक्रमण भएकासम्मले सहयोगका लागि आग्रह गर्ने गरेका छन् । केन्द्रकातर्फबाट हालसम्म डेढ वर्षको बच्चा देखि ८९ वर्षसम्मका जेष्ठ नागरिकलाई सेवा दिइएको छ ।    

सहायता केन्द्रले वैशाख २४ गतेबाट काम थालेको थियो । केन्द्रमा दैनिक सरदर १६/१७ जनाले सहयोगका लागि आग्रह गर्ने गरेका छन् । केन्द्रमा मुलुकका सबै भागबाट सहयोगका लागि आग्रह भई आएको छ । 

मुलुकमा बढदो कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रण गरी आम सर्वसाधारणको जीवन रक्षामा सहयोग पुर्‍याउने उद्देश्यले हेल्लो डाक्टर र कोभिड सहायता केन्द्र स्थापना गरिएको हो । सहायता केन्द्रबाट अस्पताल/आइशोलेशन केन्द्र सहजीकरण, अक्सिजन सिलण्डिर, अस्पताल, एम्बुलेन्स, हवाई तथा यातायात व्यवस्थापन लगायतमा सहयोग/समन्वय भैरहेको छ । 

कोभिड संक्रमण जटिल हुंदै गई अस्पताल जान समस्या परेकालाई नजिकको अस्पतालसम्म पुरयाउन, अस्पतालमा अक्सिजन सहितको आइसियू, भेन्टिलेटर बेड पाउन समस्या परेका, अक्सिन सिलिण्डर भर्न समस्या परेका, अक्सिजन सहितको सिलिण्डर, आइशोलेशन केन्द्र, रेमडेसिभर लगायतका अत्यावश्यक औषधि नपाएका र डाक्टरको परामर्श खोजिरहेकाहरूलाई केन्द्रबाट सहयोगको पहल भएको छ ।

एम्वुलेन्स सहयोग खोज्नेका लागि व्यवस्थापन गरिदिने, अस्पतालमा भेन्टिलेटर, आइसियू सहितको बेड नपाउनेहरूका लागि सकभर नजिकको अस्पतालमा व्यवस्थापन गरिदिने, प्लाज्माको लागि पहल गरिदिने, अक्सिजन नपाएकालाई अक्सिजनको प्रवन्ध गरिदिने, रेमडेसिभर लगायतका अत्यावश्यक औषधि खोजेकालाई सकभर नजिकको स्थानबाट त्यस प्रकारका औषधि किन्ने प्रवन्ध मिलाई दिने, कोभिड संक्रमण भई घरमा वस्ने ठाउं नपाएका निम्न आय भएका परिवारका सदस्यलाई खानपान र औषधिको उचित व्यवस्था सहितको आइशोलेशन केन्द्र मिलाई दिने, डाक्टरहरूसंग स्वास्थ्य परामर्शको उचित व्यवस्थापन गरिदिने लगायतको कार्यमा सहायता केन्द्र जुटिरहेको छ ।  

आइशोलेशन नपाएकाहरूलाई महासंघले आफैले क्षेत्रपाटी र कमलपोखरीमा संचालन गरेको आइशोलेशन केन्द्रमा राख्ने प्रवन्ध मिलाई रहेको छ भने स्वास्थ्य परामर्शका लागि महासंघ आफैले संचालनमा ल्याएको हेल्लो डाक्टर मार्फत स्वास्थ्य परामर्श दिइरहेको छ । महासंघले संचालन गरेको आइशोलेशनका लागि महासंघका वर्तमान तथा पूर्व पदाधिकारीहरू, कार्यकारिणी समिति सदस्यहरू, उद्यमी व्यवसायीहरूले औषधि, स्वास्थ्य उपकरण/सामग्रीहरू सहयोग गरेका छन् ।  

कोभिडको दोस्रो लहरको संक्रमण अत्याधिक बढ्न जांदा मुलुकको स्वास्थ्य प्रणालीले नै थेग्न नसक्ने भएपछि आम सर्वसाधारणको स्वास्थ्य सुरक्षामा केही सहयोग गर्न सकियोस भनेर महासंघले कोभिड सहायता केन्द्र स्थापना गरेको हो । 

महासंघका अध्यक्ष शेखर गोल्छाको अध्यक्षतामा सहायता केन्द्रको समन्वय महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले गरिरहनु भएको छ । कोभिड १९ सहायता केन्द्रलाई प्रभावकारी रूपमा अगाडि बढाउन जिम्मेवारी पनि बाँडफाँड गरिएको छ । 

जस अनुसार अक्सिजन सिलिण्डर व्यवस्थापनतर्फ महासंघका उपाध्यक्ष रामचन्द्र संघई र कार्यकारिणी समिति सदस्य शौरभ ज्योति, अस्पताल आइशोलेशन केन्द्र सहजीकरणतर्फ कार्यकारिणी समिति सदस्य हेमराज ढकाल, पूर्व कास रविन श्रेष्ठ, अस्पताल व्यवस्थापनतर्फ कार्यकारिणी समिति सदस्य ई. देश बन्धु वस्नेत(अजित), बाबुकाजी कार्की, डा. केयुर गौतम र एम्बुलेन्स व्यवस्थापनतर्फ कार्यकारिणी समिति सदस्य रंजितराज आचार्यले समन्वय गरिरहनु भएको छ । 

त्यसैगरी औषधि मेडिकल उपकरणतर्फ कार्यकारिणी समिति सदस्यहरू प्रवलजंग पाण्डे र भक्त बहादुर हमाल, होटल, हवाई तथा यातायात व्यवस्थापनतर्फ कार्यकारिणी समिति सदस्य ज्योत्सना श्रेष्ठ, होटल संघ नेपालका प्रथम उपाध्यक्ष विनायक शाह, पर्यटन समितिका सदस्य विनोद सापकोटाले समन्वय गरिरहनु भएको छ । सचिवालयकातर्फबाट अधिकृतद्धय हरि पौड्याल र रिंकु घिमिरेले सहयोग गरिरहनु भएको छ । 

मुलुक संकटमा पर्दा महासंघले संस्थागत सामाजिक उत्तरदायित्व (Corporate Social Responsibility-CSR) लाई मनन गरी हरेक पटक सहयोग पुर्‍याउंदै आएको छ । मुलुकले कहिल्यै भोग्नु नपरेको कोभिड महामारी कहिले नियन्त्रणमा आउने हो यकिन छैन । महामारिको बढ्दो संक्रमणलाई नियन्त्रण गरी आम सर्वसाधारणको स्वास्थ्य सुरक्षा गर्नु यतिबेला सबैको परम कर्तव्य भएकाले आ–आफ्नो ठाउंबाट सकेको सहयोग गर्न र अधिकतम स्वास्थ्य सचेतना अपनाउन महासंघले सबैमा गम्भीर आग्रह गरेको छ । 

महासंघले संचालन गरेको स्वास्थ्य अभियानप्रति विभिन्न माध्यममार्फत व्यक्त केहि महत्वपूर्ण धारणाहरूः

संदेश श्रेष्ठ, व्यवसायी
“सामाजिक रूपमा पनि सकारात्मक संदेश जानुकोसाथै सामाजिक उत्तरदायित्व पनि निभाउन सकेकोमा जिल्ला उद्योग वाणिज्य संघहरू र उद्यमी व्यवसायीहरूले गर्वको महशुस गरेका छौं ।”

अखिल चापागाँई, पूर्व कार्यकारिणी समिति सदस्य,नेउवामहासंघ
“महासंघको यस अभियानको ह्रृदयदेखिनै प्रशंसा गर्दछु । वास्तवमै यो अभियानबाट समस्यामा परेकाहरूले निकै ठूलो राहतको महशुस गरेका छन् ।”

अशोककुमार टेमानी, पूर्व कार्यकारिणी समिति सदस्य,नेउवामहासंघ
“उत्कृष्ट सहकार्य । यो वस्तवमै उद्धार हो । महान कार्यका लागि आभार । महासंघ टीमलाई बधाई । ”

राजन श्रेष्ठ, कार्यकारिणी समिति सदस्य
“अतिनै सराहनीय कार्य, निजी क्षेत्र सधै नाफामुखीमात्र हुंदैन । हरेक सामाजिक अभियानमा पनि सदैव अग्रसर रहने गरेको छ भन्ने दह्रिलो उदाहरण हो यो ।”

उमेशलाल श्रेष्ठ, निवर्तमान उपाध्यक्ष, नेउवामहासंघ
“यो महानकार्यमा लागिरहेको सिंगो टिमनै बधाईका पात्र हुनुहुन्छ । सामूहिक प्रयासबाट गरिएको काम सधै सफल हुन्छ । तपाईहरूको सुरक्षालाई ध्यानमा राखेर सहयोगका हात अगाडि बढाउनुहोस ।”

भवानी राणा, निवर्तमान अध्यक्ष, नेउवामहासंघ
“महासंघले थालेको अभियानको जहांतही हरेकले उच्च प्रशंसा गरेका छन् । यसमा लग्नुहुने महासंघको नेतृत्व र यसमा सहभागी सवै बधाईका पात्र हुनुहुन्छ ।” 

शेखर गोल्छा, अध्यक्ष, नेउवामहासंघ
“वरिष्ठ उपाध्यक्षको नेतृत्वमा रहेको यो टिमको कार्य देखेर मलाई गर्व महशुस हुन्छ । तपाईहरूको प्रयास यसरीनै अन्तिमसम्म पनि जारी रहोस् - मेरो तर्फबाट पूर्ण सहयोग र साथ रहने छ ।” 

पाँचथरका लागि कन्सन्ट्रेटर र अक्सिजन सिलिण्डर खरिदमा बाँस्कोटाको सहयोग

स्वास्थ्य


 काठमाडौ, ६ जेठ- पाँचथर उद्योग वाणिज्य संघलाई कन्सन्ट्रेटर र अक्सिजन सिलिण्डर खरिदका लागि महिला उद्यमी शान्ता बाँस्कोटाले सहयोग गरेकी छिन । पाँचथर उद्योग वाणिज्य संघद्धारा संचालित २० थान अक्सिजन कन्सन्ट्रेटर मेसिन र ५० थान अक्सिजन सिलिण्डर व्यवस्थापन गर्ने अभियानमा शान्ता बास्कोटा कोईरालाले २० हजार नगद सहयोग गरेकी हुन ।

त्यसो त उक्त अभियानलाई सफल पार्न बाँस्कोटाले रकम संकलनमा समेत सघाउने भएकी छिन । त्यसका लागि स्वदेश र विदेशमा रहने आफन्तजन लगायत शुभेच्छुकजनसँग अभियानमा जोडिएर काम गर्न आफुले आग्रह गर्ने गरेको उनले बताईन् ।

फिदिम नगरपालिका वडा नं ७ मा जन्मिएकी बाँस्कोटा हाल काठमाडौंमा बसोबास गर्छिन् । उनी नेपाल घरेलु तथा साना उद्योग महासंघ अन्तर्गत केन्द्रिय महिला कार्य समितीकी सचिव समेत हुन ।

त्यसैगरि फिदिम २ स्थित श्री लक्ष्मी ट्रेड एंड इन्टरप्राइजेज प्रा लि का संचालकद्वय गौरी प्रसाद भण्डारी र टासी शेर्पाले एक थान अक्सिजन सिलिन्डर बापतको रु १५००० सहयोग गरेका छन् ।