health
|| Rajyadainik ||

आजको समाचार

‘स्वास्थ्यका मापदण्ड पालना गर्नु आफ्नै लागि हो’

स्वास्थ्य


बझाङ - बैशाख १३

बझाङ, कोरोनाको जोखिम हुन नदिन र स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गराउन प्रहरीले जिल्लामा जनचेतनाका कार्यक्रम शुरुआत गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिइएको प्रहरी टोलीले चोकचोक र सडकमा माइकिङ गरेर सचेतना फैलाएको छ । जिल्लामा कोरोना सङ्क्रमण दर दिनानुदिन बढ्दै गएकाले समयमै जिल्लाबासीलाई सचेत बनाएको कार्यालयका प्रमुख प्रहरी निरीक्षक कमलप्रसाद चौधरीले जानकारी दिए।

प्रहरीले सदरमुकाम चैनपुरका विभिन्न क्षेत्रमा पुगेर स्वास्थ्य सुरक्षाका मापदण्डलाई अनिवार्य पालना गर्न आग्रह गरेको छ । उनले भने “कोरोना कसैलाई सोधेर लाग्दैन । रोग लाग्नुभन्दा लाग्न नदिने उपाय अवलम्बन गर्नु राम्रो हुनेछ । स्वास्थ्यका मापदण्ड पालना गर्नुअरुका लागि हैन आफ्नै लागि हो । ”

प्रहरीले घरबाहिर निस्कँदा अनिवार्य मास्कको प्रयोग गर्न, स्यानिटाइजर र साबुनपानीले राम्ररी हात धुन, २५ जनाभन्दा बढी भेला नहुन र सामाजिक तथा व्यक्तिगत दूरी कायम गरेर अघि बढ्न, सवारी साधनमा यात्रा गर्ने चालक तथा यात्रुलाई अनिवार्य माक्स लगाउन, कोरोनाको लक्षण देखिने वित्तिकै नजिकैको स्वास्थ्य संस्था, आइसोलेन बेड तथा क्वारेन्टिमा बस्नसमेत आग्रह गरेको छ ।

पछिल्लो समय जिल्ला अस्पतालको प्रयोशालामा तीन दिनमा ११५ जनाको एन्टिजेन्ट बिधिबाट परीक्षण गर्दा २८ जनामा पोजेटिभ देखिएको छ । यसैगरी एक जनाको मृत्यु भइसकेको जिल्ला अस्पताल सिमखेतका कोभिड फोकल पर्सन नारायण जोशीले जानकारी दिए । रासस

अक्सिजन प्रयोग गरिने उद्योगधन्दा बन्द गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

स्वास्थ्य


काठमाडौं - बैशाख १३

काठमाडौं, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अक्सिजन प्रयोग गरिने उद्योगधन्दा केही समयका लागि बन्द गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयले उद्योग मन्त्रालयलाई पत्र लेख्दै कोभिड–१९ का सङ्क्रमितको उपचारमा अक्सिजन अभाव हुन नदिनका लागि उद्योगधन्दा केही समय बन्द गर्न आग्रह गरेको हो । मन्त्रालयका वरिष्ठ सहायक प्रशासक डा समीरकुमार अधिकारीले भारतमा सङ्क्रमणको अवस्था खराब भई अक्सिजन नपाएर सङ्क्रमितको मृत्यु भइरहेकाले नेपालमा पनि त्यस्तो अवस्था नआओस् भन्नाका लागि त्यस्ता उद्योगधन्दा केही समय बन्द गर्न मन्त्रालयलाई आज पत्राचार गरिएको जानकारी दिए ।

पत्रमा “अक्सिजनसहित अक्सिजन सिलिण्डरको कालोबजारी, विदेश पैठारी भई स्वदेशमा अप्ठयारो हुने अवस्थाको सिर्जना हुन नदिन, नेपाली बजारमा प्रशस्त अक्सिजन र अक्सिजन सिलिण्डरको व्यवस्था गरिदिनुहुन तथा अस्पतालमा उपचारका लागि प्रयोग हुने अक्सिजन उद्योगधन्दामा केही समयका लागि प्रयोग बन्द गर्न वा बन्द गर्न नसकिने अवस्थामा निकै कम खपत गर्न” उल्लेख गरिएको छ । आइतबार एकै दिन २८ सङ्क्रमितको निधन हुनाका साथै तीन हजार १२२ नयाँ बिरामी भेटिएका थिए । नेपालमा अहिलेसम्म तीन लाख ११९ सङ्क्रमित, दुई लाख ७७ हजार ५७३ निको र तीन हजार १६४ को निधन भइसकेको छ । रासस

बर्दियामा एक साताका लागि निषेधाज्ञा जारी

स्वास्थ्य


बर्दिया - बैशाख १३

बर्दिया, छिमेकी जिल्ला बाँकेमा कोरोना भाइरसको सङ्क्रमण दिनहुँ बढ्दै गएपछि जोखिम कम गर्न एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले कोरोना भाइरसको जोखिम कम गर्न आज राति १२ बजेदेखि लागु हुने गरी यही वैशाख १९ गतेसम्म निषेधाज्ञा जारी गरेको हो ।

निषेधाज्ञा अवधिभर स्वास्थ्यका मापदण्ड पालना गरी अत्यावश्यक सेवा तथा विकासनिर्माणबाहेक सम्पूर्ण सेवा र कार्यमा प्रतिबन्ध लगाइएको प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले बताए । रासस

सुर्खेतमा एक साता निषेधाज्ञा जारी

स्वास्थ्य


सुर्खेत - बैशाख १३

सुर्खेत, दोस्रो चरणको कोरोना सङ्क्रमणको अवस्था भयावह बन्न थालेपछि कर्णाली प्रदेशको राजधानी सुर्खेतमा एक सातासम्म निषेधाज्ञा जारी हुने भएको छ । यही वैशाख १४ गते राति १२ः०० बजेदेखि एक हप्तासम्म निषेधाज्ञा जारी हुनेछ । नागरिकको भीड कम गरी सङ्क्रमण फैलन नदिन निषेधाज्ञा जारी गरिएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताए। अत्यावश्यकीय सेवा प्रवाहका लागि खानेपानी, विद्युत्, बंक तथा वित्तिय क्षेत्रमा सुरक्षा मापदण्ड पालना गर्दै सेवा प्रवाह गर्न प्रशासनले निर्देशन दिएको छ ।

कोरोना सङ्क्रमण तीव्र बन्दै गएका अवस्थालाई ध्यानमा राखी जिल्ला कोभिड–१९ विपद् व्यवस्थापन केन्द्रको आज बसेको बैठकले एक साताका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । यही वैशाख १४ गते राति १२ः०० बजेदेखि एक हप्तासम्म निषेधाज्ञा जारी हुनेछ । नागरिकको भीड कम गरी सङ्क्रमण फैलन नदिन निषेधाज्ञा जारी गरिएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताए। अत्यावश्यकीय सेवा प्रवाहका लागि खानेपानी, विद्युत्, बंक तथा वित्तिय क्षेत्रमा सुरक्षा मापदण्ड पालना गर्दै सेवा प्रवाह गर्न प्रशासनले निर्देशन दिएको छ ।

सङ्क्रमितको शीघ्र उपचारका लागि प्रदेश अस्पताललाई तयारी हुन निर्देशन दिइएको र सुर्खेतमा आइसोलेशन निर्माणको पहल भइरहेको छ । भारतबाट आउने कर्णालीका नागरिकलाई सीमा नाकामा जाँच गर्ने र गम्भीर खालका सङ्क्रमितलाई बाँकेमै उपचार गर्ने गरी पहल भइरहेको सहायक प्रजिअ रोमबहादुर महतले जानकारी दिए । रासस

सुरक्षित रहँदै व्यापार व्यवसाय सञ्चालन गर्न वाणिज्य सङ्घको आग्रह

स्वास्थ्य


पोखरा - बैशाख १३

पोखरा, पोखरा उद्योग वाणिज्य सङ्घले स्वास्थ्य सुरक्षाका सम्पूर्ण प्रबन्धसहित व्यापार व्यवसाय सञ्चालन गर्न व्यवसायीसँग आग्रह गरको छ । कोभिड–१९ को दोस्रो लहरले जनजीवन असहज बनेको समयमा सङ्घले आइतबार विज्ञप्ति जारी गर्दै दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति तथा ढुवानी कार्यलाई पारदर्शी, सरल र प्रभावकारी बनाउन तथा आम उपभोक्ता तथा नागरिकसँग सामान किनमेल गर्दा आवश्यक दूरी कायम गर्न, अनावश्यक भीडभाड नगर्न एवं अनिवार्य मास्कको प्रयोग गर्न अनुरोध गरेको हो ।

सङ्घका महासचिव सुरेन्द्रमान बिजुक्छेद्वारा जारी विज्ञप्तिमा कोभिड–१९ को दोस्रो लहरले ल्याएको विपत्तिबाट नागरिकलाई जोगाउन स्वास्थ्य सुरक्षाको यथोचित प्रबन्ध गर्न र सरकारबाट प्रदान हुने स्वास्थ्य सेवाप्रति जनतालाई आश्वस्त बनाउन तीनवटै सरकार तथा सरोकारवाला निकायसँग माग गरिएको छ ।

सङ्घले उद्योग÷व्यवसाय लयमा फर्कँदै गर्दा पुनः ‘मिनी लकडाउन’को अवस्था आउनु निजी क्षेत्रका लागि दुर्भाग्यपूर्ण अवस्था भएको ठहर गरेको छ । “सरकारबाट घोषित राहतका प्याकेजको पर्खाइको क्षणमा आएको यो विपत्तिले हामीलाई कहाँ पु¥याउँछ थाहा छैन तर कोभिडको दोस्रो लहर भित्रिएको पुष्टि भइसकेको वर्तमान अवस्थामा नेपाल सरकार स्वास्थ्य मन्त्रालयले तोकेका मापदण्ड पालना गर्नु हामी सबैको दायित्व र कर्तव्य हो”, विज्ञप्तिमा भनिएको छ ।

सङ्कटका बेला उद्योगी÷व्यवसायीमाथि दायित्व थपिने उल्लेख गर्दै सङ्घले सुरक्षित रहँदै बजारलाई गतिशील बनाउने तथा एक वर्ष थलिएर ऋणात्मक बनेको अर्थतन्त्रलाई उकास्ने सरकारी नीतिअनुरूप तयार हुनु पनि निजी क्षेत्रको कर्तव्य भएको उल्लेख गरेको छ । रासस

स्वास्थ्य मापदण्ड अटेर गर्नेबाट साढे तीन लाख राजश्व सङ्कलन

स्वास्थ्य


सर्लाही - बैशाख १३

सर्लाही, विश्वव्यापी महामारीको रुपमा फैलिएकोे (कोरोना भाइरस) रोकथाम तथा नियन्त्रण अभियान शुरु गरेको प्रदेश नं २ प्रहरी कार्यालय जनकपुरले हालसम्म रु तीन लाख ५२ हजार ४०० राजश्व सङ्कलन गरिसकेको छ । नेपाल सरकारले तय गरेको स्वास्थ्यसम्बन्धी मापदण्ड पालना नगरेको भन्दै सङ्क्रामक रोग निवारण ऐन २०२० बमोजिम तीन हजार ५२४ जनालाई कारवाही गरी हालसम्म उक्त रकम राजश्व सङ्कलन गरेको प्रदेश प्रहरी कार्यालय जनकपुरका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक कृष्ण प्रसाृईले जानकारी दिए ।

कार्यक्रमको शुरुवाती यही वैशाख १ गतेदेखि ४ गतेसम्म ४७० पटक व्यापक मात्रामा प्रचारप्रसार/माइकिङ/जिङ्गलसमेत बजाई सचेतना गराइएको प्रहरीले वैशाख ४ गतेबाट ११ गतेसम्म क्रमशःतीन घण्टा होल्डिङ गरी ४४ हजार ४५१ जनालाई सम्झाएर छाडिएको जनाइएको छ ।

त्यसैगरी १६ हजार ९६९ व्यक्तिलाई होल्डिङ्ग गरी मास्क वितरण गरी छाडिएको र हालसम्म तीन हजार ५२४ जनालाई सङ्क्रामक रोग निवारण ऐन बमोजिम सम्बन्धित जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी प्रतिव्यक्ति रू १०० का दरले जरिवाना गरी राजश्व सङ्कलन गरिएको प्रहरी उपरीक्षक प्रसाईँले बताए। रासस

अस्पतालमा प्लान्ट नहुँदा अक्सिजन बाहिरबाट किन्ने बाध्यता

स्वास्थ्य


वीरगञ्ज - बैशाख १३

वीरगञ्ज, नारायणी अस्पतालमा अक्सिजन प्लान्ट नभएकाले अहिले अर्कै जिल्लाबाट किन्नुपर्ने बाध्यता रहेको छ । नारायणी अस्पतालमा अक्सिजनका १०० सिलिन्डर मौज्दात अवस्थामा रहे पनि कुनैपनि बेला अभाव हुनसक्ने भएकाले यहाँ अक्सिजन प्लान्ट अति आवश्यक रहेको अस्पताल विकास समितिका सदस्य सुरेन्द्र गुप्ताले बताए ।

दोश्रो चरणको कोरोनाको प्रकोप यहाँ ह्वात्तै बढेपछि अक्सिजन प्लान्ट राख्नुपर्ने आवाज उठिरहेको छ । पर्सा क्षेत्र नम्बर–२ का सांसद बिमल श्रीवास्तावले आफ्नो संसदीय विकास कोषबाट अक्सिजन प्लान्ट राख्न रु दुई करोड वीरगञ्ज महानगरपालिकालाई दिए पनि हालसम्म सो प्लान्ट स्थापना हुन नसकेकाले जुनसुकै बेला समस्या आउनसक्ने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सञ्जयकुमार ठाकुरले बताए।

मुख्य अक्सिजन सप्लायर्स भाजुरत्नले सप्लाई दिन नसकेको खण्डमा समस्या आउने जनाउँदै मेसु ठाकुरले अस्पतालले आफ्नो खर्च अक्सिजन प्लान्ट राख्ने सोच बनाएको बताए । सप्लार्यसले प्रत्येक दुई घण्टामा मागअनुसारको अक्सिजन सिलिन्डर पठाउने गरेकाले हाल सोको अभाव देखिएको छैन ।

कोरोना सङ्क्रमित बिरामीलाई होम आइसोलेसनमा जान भने पनि उनीहरु घर जान नमान्दा त्यस्ता बिरामीलाई पनि अक्सिजन दिनुपर्ने भएकाले अक्सिजनको बढी दुरुपयोग हुने गरेको बताइएको छ ।अस्पतालको प्रयोशालामा शुक्रबार गरिएको परीक्षणमा ८६ जनामा सङ्क्रमण पुष्टि भएको थियो । एक सय ३९ जनाको पिसिआर परीक्षण गर्दा ६३ पुरुष र २३ महिला गरी ८६ जनामा सङ्क्रमण देखिएको अस्पतालका कोभिड संयोजक डा सरोजरोशन दासले जानकारी दिए। हालसम्म सो अस्पतालमा उपचारका क्रममा चैत यता आठ जनाको मृत्यु भइसकेको डा दासले बताए ।

निजि अस्पतालमा सङ्घीय सरकारले कोरोना सङ्क्रमितको उपचारका लागि थप्ने भनेर रकम पठाइए पनि केही अस्पतालले श्यया नथपेकाले नारायणी अस्पतालमा यस्ता बिरामीको चाप बढ्दै गएको छ । अहिले नारयणी अस्पतालमा बिरामीको उपचार गर्न ४० श्यया छुट्टाइएको छ । चालीसमध्ये ३१ श्ययामा कोरोना सङ्क्रमित बिरामी उपचाररत रहेको अस्पतालका मेसु डा ठाकुरले जानकारी दिए । रासस

बबई गाउँपालिकामा आजदेखि लकडाउन

स्वास्थ्य


काठमाडौं - बैशाख १३

बबई, बबई गाउँपालिकामा आज बिहानदेखि लागू हुने गरी लकडाउन गरिएको छ । गाउँपालिकामा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या १९ पुगेको छ भने दुई जनाको मृत्यु भएको छ । स्थानीय प्रशासन, उद्योगी, व्यापारीसँग समन्वय गरेर गाउँपालिकाले लकडाउन गरेको प्रेस संयोजक प्रेमबहादुर राम्जाले जानकारी दिए ।

गाउँपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या र मृत्युदर बढ्न थालेपछि अर्को सूचना प्रकाशित नहुँदासम्मका लागि लकडाउन गरिएको गाउँपालिकाका प्रेस संयोजक  राम्जाले जानकारी दिए । रासस

कमाइ गर्न भारत गएका सर्वसाधारण सुरक्षा मापदण्ड पूरा नगरी सिधै घर

स्वास्थ्य


जाजरकोट - बैशाख १३

जाजरकोट, कमाइ गर्न भारत गएका सर्वसाधारण सुरक्षाका कुनै मापदण्ड पूरा नगरी सिधै घर पुगेका छन् । सीमा नाकामा कुनै पनि जाँच नगरी उनीहरुलाई घर पठाइएको छ । मास्क सबैले लगाउन उर्दी जारी गरी सबैलाई सिधै घर पठाइएको हो । सयौँको सङ्ख्यामा भारतबाट सर्वसाधारण जाजरकोट पुगेका छन् । प्रहरीले सदरमुकाममा ‘कोरोनाबाट बच्न मास्क लगाऔँ’ जस्ता नारा लगाएर बजार परिक्रमा गरे पनि अन्य कुनै पनि निकायले सतर्कता अपनाएको देखिँदैन ।

जिल्ला अस्पतालमा समेत दुई शय्याको आइसोलेसनबाहेक अन्य कुनै पनि व्यवस्थापन गरिएको छैन । ठाउँको अभावमा आइसोलेसन बनाउन नसकिएको अस्पताल प्रशासनले जनाएको छ । नयाँ अस्पतालको भवन बन्दै गरेकाले पुराना अधिकांश भवन भत्काउँदा व्यवस्थापनमा समस्या भएको हो । अक्सिजन प्लान्ट खरिदका लागि बोलपत्र आह्वान गरे पनि अहिलेसम्म खरिद भएको छैन । दुइ वर्षदेखि एम्बुलेन्स नहुँदा जिल्ला अस्पतालमा बिरामी ल्याउन र लैजान समस्या हुँदै आएको छ । रासस

जाजरकोटमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै

स्वास्थ्य


जाजरकोट - बैशाख १३

जाजरकोट, जाजरकोटमा विगत दुई दिनमा कोरोना सङ्क्रमितको सङ्ख्या बढेको छ । कोरोना जाँचका लागि आएकामध्ये ८० प्रतिशतलाई कोरोना देखिएको छ । स्वास्थ्य सेवा कार्यालयले दिएको जानकारीअनुसार पछिल्लो दुई दिनमा मात्र सङ्क्रमितको २० नाघेको छ ।

भारत तथा अन्य ठाउँबाट आएका सयौँ सर्वसाधारणको जाँच गर्न बाँकी रहेकाले अझै ठूलो सङ्ख्यामा कोरोना सङ्क्रमित भएको हुनसक्ने कार्यालयले जानकारी दिएको छ । रासस