health
|| Rajyadainik ||

आजको समाचार

हुम्ला भित्रिने मुख्य नाकामा कडाइ

स्वास्थ्य


हुम्ला - बैशाख १२

हुम्ला, जिल्ला प्रवेश गर्ने मुख्य नाका सिमकोट विमानस्थल र तीनवटा अन्य पैदलमार्गका नाकामा कडाइका साथ निगरानी बढाइने भएको छ । हुम्ला प्रवेश गर्ने मुख्य स्थान नेपालगञ्ज र सुर्खेतमा कोरोना भाइरसको प्रकोप बढेपछि जिल्लामा सावधानी अपनाउने निर्णय गरिएको हो । जिल्ला कोभिड व्यवस्थापन समितिको बैठकले कोरोना भाइरसबाट बच्नका लागि कडाइसाथ सावधानी अपनाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले जानकारी दिए ।

जिल्लास्तरका र अन्य सबै पालिकामा क्वारेन्टिन तथा आइसोलेसन स्थापना तत्काल गरिने भएको छ । कोरोना सङ्क्रमण बढिरहेका बेला जिल्ला अस्पतालमा भने तीन शय्याको आइसोलेसन रहेको र अन्य उपचारका सामग्री अभाव भएको डा टसी आङ्जुले जानकारी दिए । नेपालगञ्ज र सुर्खेतमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि हुम्लाका नागरिकलाई थप समस्या बनाएको छ । एकमात्र हवाई यातायातामार्फत निर्वाधरूपमा नेपालगञ्ज–सुर्खेतबाट यात्रु ओसारपसार तथा दैनिक उपभोग्य सामग्री ढुवानी भइरहेपछि स्थानीयवासी त्रसित भएका छन् ।

यसका लागि सिमकोट विमानस्थलमा एक चिकित्सकको नेतृत्वमा स्वास्थ्यकर्मी सम्मिलित टोलीले कडा निगरानीका साथ जाँच गर्ने गर्ने भएको छ । त्यसैगरी अन्तर प्रदेश जोड्ने ताँजाकोट गाउँपालिकाको कवाडी, सर्केगाड गाउँपालिकाको बालुकुना, अदानचुली गाउँपालिकाको भिई र चङ्खेली गाउँपालिकाको रिमीमा हेल्थ डेस्क तत्काल स्थापना गरी जाँच शुरु गरिने भएको छ ।

त्यसैगरी जिल्लामा प्रवेश गर्ने नागरिकको तीनपुस्ते विवरण, बसोबास गर्ने ठेगाना र सम्पर्क नम्बर अनिवार्यरूपमा हेल्थ हेस्कमा राखिने भएको छ । हेल्थ डेस्कमा विवरण राखिएको व्यक्तिलाई पहिलो १० दिनसम्म अनिवार्य स्वास्थ्यकर्मीको सम्पर्कमा राखिने भएको प्रजिअ आर्चायले बताए ।

नेपालगञ्ज र सुर्खेतमा कोरोना सङ्क्रमितको अवस्था हेरेर एक हप्तासम्म कडाइका साथ स्वास्थ्य सुरक्षा सावधानी अपनाएर उडान गर्न आवश्यक रहेको स्थानीयवासी हेमन्त बोहराको भनाइ छ । सिमकोट विमानस्थलमा सुरक्षा तथा स्वास्थ्य जाँच फितलो छ । सिमकोट गाउँपालिका तथा जिल्ला कोभिड व्यवस्थापन समितिले खासै चासो नदिँदा जिल्ला बाहिरबाट आउने यात्रुहरुलाई विमानस्थलमा ज्वारो जाँच गरेको आधारमा छाडिने गरेको छ ।

जिल्ला बाहिरबाट आउने यात्रुलाई कम्तीमा एक हप्तासम्म स्वास्थ्यकर्मीको निगरानीमा राख्नुपर्ने भए पनि त्यसो नभएको पाइएको छ । गत वर्ष पनि यस्तै लापरवाही तथा हेलचेक्र्याइँ गरेका कारण बाहिरबाट आउने यात्रुबाट कोरोना सङ्क्रमण हुँदा जिल्लामा भयावह स्थिति सिर्जना भएको थियो ।

कुनै दिन कोरोना सङ्क्रमित देखिएको समयमा उनीहरुलाई राख्ने क्वारेन्टिन तथा आइसोलेसनसमेत छैन । जिल्ला अस्पतालमा जम्मा तीनवटा आइसोलेसन छ भने जिल्ला बाहिरबाट आउने यात्रुलाई राख्नका लागि क्वारेन्टिन नभएर यसको पूर्वतयारीमा सम्बन्धित निकाय मौन छ । रासस

काेराेना ग्राफ : एक मिनेटमा एक संक्रमित

स्वास्थ्य


काठमाडौं - बैशाख १२

काठमाडौं, प्रत्येक मिनेटमा एक जनामा कोरोना संक्रमण देखिने गरेको पाइएको छ । गत १ देखि ११ वैशाखसम्म आधार मान्दा प्रत्येक ‘एक मिनेटमा एक जना’मा संक्रमण देखिन थालेको छ । यही गतिमा संक्रमित बढ्दै गए केही दिनमै संक्रमण नियन्त्रणबाहिर जानसक्ने जनस्वास्थ्य विज्ञले औंल्याएका छन् ।

पछिल्लो ११ दिनमै ८० हजार ९ सय ७ जनामा परीक्षणक्रममा १६ हजार ९ सय ४९ मा संक्रमण देखिएको छ । यो अवधिमा मात्रै कोरोनाबाट ७८ जनाको मृत्यु भएको छ । केही दिनयता संक्रमित मृतक संख्यासमेत उकालो लाग्दोक्रममा छ । शनिबार मात्रै तीन महिनायताकै १४ संक्रमितको मृत्यु भएको छ ।

संक्रमणदर बढ्दै गए भएका संरचना धान्न सक्ने अवस्था नभएको सरकार आफैंले बताइसकेको छ । मुख्यतः भारतमा संक्रमणदर बढ्दै जाँदा यसको प्रत्यक्ष प्रभाव नेपालमा परेको हो । हाल, भारतमा दैनिक २ लाख ५० हजारभन्दा बढीमा संक्रमण देखि“दै आएको छ । यो समाचार राजधानी दैनिकमा छ ।

कोरोना कहर : गम्भीर बिरामीलाई बचाउनै मुस्किल

स्वास्थ्य


काठमाडौं - बैशाख १२

काठमाडौं, कोरोना संक्रमणको दोस्रो लहरसँगै नेपालका बिरामीलाई उपलब्ध गराइएको औषधोपचार पद्धतिले काम नगरेको स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्रालय स्वास्थ्य विपद् व्यवस्थापन केन्द्रले जनाएको छ। हाल अस्पताल पुगेका बिरामीलाई पहिलो लहरमा प्रयोग गरिएका औषधि तथा उपचार पद्धतिहरू रेमडिसिभिर, प्लाज्मा थेरापी, अक्सिजन थेरापी कुनै पनि उपायले निको पार्न नसक्ने स्थिति सिर्जना भएको स्वास्थ्य आपत्कालीन केन्द्रका संयोजक तथा मन्त्रालयका प्रवक्ता डा।समीरकुमार अधिकारीले बताए।

अस्पतालमा भर्ना भएपछि बिरामीलाई उपचारले निको नभई धमाधम मृत्यु भइरहेको स्थितिले केन्द्र तथा मन्त्रालयलाई चिन्तित बनाएको उनले बताए। उनले शनिबार साँझ नागरिकसँग कुरा गर्दै भने, ‘अस्पताल भर्ना भएर के गर्नु रु कुनै औषधोपचार नै छैन, गम्भीर लक्षण देखिएकाहरूलाई बचाउनै मुस्किल छ।’ अहिले पनि गम्भीर लक्षण देखिएर आइसियु र भेन्टिलेटरमा पुगेकाहरूलाई सामान्य अवस्थामा फर्काउने कुरा असामान्य बनिसकेको उनले बताए। ‘गम्भीर लक्षण लिएर पुगेकाहरूलाई निको पार्ने कुरा सामान्य छैन,’ उनले भने। 

अस्पतालमा भर्ना भएका बिरामी निको हुने अवधि लम्बिँदै गएको सशस्त्र प्रहरी बल बलम्बुका कोभिड उपचार संयोजक डा। प्रवीण नेपालले बताए। ‘१०दिनदेखि यता हवात्तै आएका बिरामीको छिटो निको हुन सकेको छैन,’ उनले भने। उनले अस्पतालमा गम्भीर बिरामीको संख्या बढेको कारण पुगेका जति सबैले राम्रो उपचार पाउने स्थिति नरहेको बताए। ‘धेरै संक्रमित हुनु भनेको गम्भीर बिरामीको संख्या बढ्नु पनि हो, गम्भीर हुनु भनेको मृत्यु संख्या बढ्नु पनि हो,’ उनले भने।  यो समाचार नागरिक दैनिकमा छ ।

‘हटस्पट’ बाट अझै निर्बाध प्रवेश

स्वास्थ्य


काठमाडौं - बैशाख १२

काठमाडौं, कोरोना महामारीको ‘हटस्पट’ बनेको भारतबाट स्थलमार्ग हुँदै सर्वसाधारण निर्बाध रूपमा नेपाल प्रवेश गरिरहेका छन् । त्यसलाई रोक्न सरकारी प्रयास अझै प्रभावकारी बन्न सकेको छैन । नेपालमा कोरोना संक्रमित दुई जना हुँदा २०७६ चैत १० गतेबाट भारत र चीनतर्फका सबै अन्तर्राष्ट्रिय सीमा बन्द गरी आवागमन निषेध गरिएको थियो ।

पछिल्लो समय दोस्रो लहरको संक्रमण द्रुत गतिमा फैलिइरहे पनि न सीमा सिल गरिएको छ, न आवागमन गर्नेको स्वास्थ्य परीक्षण नै व्यवस्थित छ । वै​शाख १ यता मात्रै भारतबाट नेपाल छिरेका ६ सय ७० जनामा संक्रमण देखिएको छ । नेपाल प्रवेश गरेका धेरैको परीक्षण नै भएको छैन ।

वैशाखयता भारतबाट करिब १ लाख जना नेपाल प्रवेश गरेकामा ५ हजार ९ सय ७१ को एन्टिजेन र पीसीआर परीक्षण गरिएको थियो । त्यसमध्ये करिब १२ प्रतिशतमा संक्रमण देखियो । यो आँकडाअनुसार सीमाबाट प्रवेश नरोके स्थिति नियन्त्रणबाहिर जाने जोखिम छ ।

बिनापरीक्षण प्रवेश गर्दा भारतमा द्रुत गतिमा फैलिएको महामारी नेपालमा पनि सोही वेगमा सर्न सक्ने जनस्वास्थ्यविद् बताउँछन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेढ साताअघि नै उपत्यका र तराई–मधेसका गरी १४ जिल्लालाई संक्रमणको उच्च जोखिममा राखेको थियो । तर, त्यसअनुसार सावधानी अपनाइएको छैन । यो समाचार कान्तिपुर दैनिकमा छ ।

हालसम्म २३ हजार १३७ जना बालबालिकामा कोरोना सङ्क्रमण पुष्टि, ४० जनाको मृत्यु

स्वास्थ्य


काठमाडौं - बैशाख १२

काठमाडौं, नेपालमा दोस्रो चरणको कोरोना प्रवेश गरेसँगै बालबालिका कोरोना भाइरस (कोभिड–१९)को उच्च जोखिममा रहेका छन् । बालबालिकालाई घरमै सुरक्षित राखेर कोरोनाबाट जोगाउनुपर्ने चिकित्सकको सुझाव छ ।

देशका कतिपय विद्यालयमा समेत कोरोना सङ्क्रमित हुने बालबालिकाको सङ्ख्या धेरै रहेको छ । बागलुङ, धादिङ, काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेलगायतका जिल्लामा बालबालिका कोरोनाको उच्च जोखिममा छन् । शुक्रबार धादिङको नेत्रावती गाउँपालिका–४ मा १६ जनालाई परीक्षण गर्दा १४ जनामा कोरोना पुष्टि भएको थियो भने १४ जनामध्ये १० जना विद्यार्थी रहेको बताइएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार वैशाख १० गते १८ वर्षमुनिका २२६ जना बालबालिका सङ्क्रमित भएका छन् । यस्तै वैशाख ९ मा १९६, वैशाख ८ मा २४९, वैशाख ७ गते १६७, वैशाख ६ मा ९१, वैशाख ५ मा १००, वैशाख ४ मा ८२, वैशाख ३ मा ७०, वैशाख २ मा ४५, वैशाख १ गते ६४ जना बालबालिकामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार गत वर्षदेखि हालसम्म २३ हजार १३७ जना बालबालिकामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । सहप्रवक्ता डा. अधिकारीले १८ वर्षमुनिका ४० जना बालबालिकाको मृत्यु भइसकेको जानकारी दिए।

पछिल्लो केही दिनयता बालबालिकामा कोरोना सङ्क्रमण दर उच्च रहेको छ । गत महिना चैत २८ मा ३३७ जनामा कोरोना सङ्क्रमण पुष्टि हुँदा ५२ जना १८ वर्षमुनिका थिए । यस्तै चैत २७ मा २८८ जनामा कोरोना सङ्क्रमण देखिएकोमा ३४ जना बालबालिका थिए । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीका अनुसार कोरोनाको दोस्रो लहरसँगै धेरैजसो बालबालिका सङ्क्रमित हुन पुगेका छन् । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

कोरोनाको उच्च जोखिममा बालबालिका

स्वास्थ्य


काठमाडौं - बैशाख १२

काठमाडौं, नेपालमा दोस्रो चरणको कोरोना प्रवेश गरेसँंगै बालबालिका कोरोना भाइरस (कोभिड–१९)को उच्च जोखिममा रहेका छन् । बालबालिकालाई घरमै सुरक्षित राखेर कोरोनाबाट जोगाउनुपर्ने चिकित्सकको सुझाव छ ।

देशका कतिपय विद्यालयमा समेत कोरोना सङ्क्रमित हुने बालबालिकाको सङ्ख्या धेरै रहेको छ । बागलुङ, धादिङ, काठमाडौँ, भक्तपुर, ललितपुर, काभ्रेलगायतका जिल्लामा बालबालिका कोरोनाको उच्च जोखिममा छन् । शुक्रबार धादिङको नेत्रावती गाउँपालिका–४ मा १६ जनालाई परीक्षण गर्दा १४ जनामा कोरोना पुष्टि भएको थियो भने १४ जनामध्ये १० जना विद्यार्थी रहेको वताइएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार वैशाख १० गते १८ वर्षमुनिका २२६ जना बालबालिका सङ्क्रमित भएका छन् । यस्तै वैशाख ९ मा १९६, वैशाख ८ मा २४९, वैशाख ७ गते १६७, वैशाख ६ मा ९१, वैशाख ५ मा १००, वैशाख ४ मा ८२, वैशाख ३ मा ७०, वैशाख २ मा ४५, वैशाख १ गते ६४ जना बालबालिकामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार गत वर्षदेखि हालसम्म २३ हजार १३७ जना बालबालिकामा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । सहप्रवक्ता डा अधिकारीले १८ वर्षमुनिका ४० जना बालबालिकाको मृत्यु भइसकेको जानकारी दिए । पछिल्लो केही दिनयता बालबालिकामा कोरोना सङ्क्रमण दर उच्च रहेको छ । गत महिना चैत २८ मा ३३७ जनामा कोरोना सङ्क्रमण पुष्टि हुँदा ५२ जना १८ वर्षमुनिका थिए ।

यस्तै चैत २७ मा २८८ जनामा कोरोना सङ्क्रमण देखिएकोमा ३४ जना बालबालिका थिए । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा अधिकारीका अनुसार कोरोनाको दोस्रो लहरसँंगै धेरैजसो बालबालिका सङ्क्रमित हुन पुगेका छन् । गोरखापत्र दैनिकबाट

सहुलियतमा विदेशबाट अक्सिजन सिलिन्डर किन्न बाटो खुला

स्वास्थ्य


काठमाडौं - बैशाख १२

काठमाडौं, छिमेकी मुलुक भारतमा अक्सिजनको अभावका कारण ठूलो संख्यामा कोभिडका बिरामीले ज्यान गुमाइरहेका बेला नेपालमा त्यस्तै अवस्था आउन सक्ने आँकलन गर्दै सरकारले यसको जोहो गर्ने तयारी थालेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार दैनिक २५ सयभन्दा बढी कोभिडका बिरामी थपिँदै गएको र अक्सिजनको अभाव हुने खतरा बढेपछि २० हजार थान अक्सिजन सिलिन्डर जोहो गर्न लागिएको हो । त्यस्ता सिलिन्डर निजी कम्पनीहरूलाई सहुलियतमा विदेशबाट किन्नका लागि सरकारले बाटो खुला गरिदिने भएको छ ।

अर्थ मन्त्रालयमा स्वास्थ्य मन्त्रालयले उक्त परिमाणको सिलिन्डर भित्र्याउन कर छुटको प्रस्ताव पठाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले अक्सिजनको अभाव हुन नदिन निजीक्षेत्रबाट सिलिन्डर किन्नका लागि आयातमा लाग्दै आएको भन्सार छूट दिन अर्थमा प्रस्ताव पठाइएको र छिट्टै निर्णय भएर आउने बताए । ‘अर्थबाट सकारात्मक जवाफ पाएका छौं, निर्णय भएर आउनेबित्तिकै निजीक्षेत्रले किन्न बाटो खुल्नेछ,’ उनले भने ।

व्यवसायीहरूले भने सिलिन्डर किन्न कठिन भएको बताएका छन् । उनीहरूका अनुसार चीन, भारतबाटै सिलिन्डर आउने हो, सिलिन्डर किन्न ती मुलुकमै महामारी कायमै छ । चीनबाट ल्याउन त्यति सहज छैन भने भारतमा सिलिन्डरको हाहाकार नै छ । आर्थिक अभियान दैनिकबाट

अस्पतालमा भर्ना भएका कोरोना संक्रमितको धमाधम मृत्यु, स्वास्थ्य मन्त्रालय चिन्तित

स्वास्थ्य


काठमाडौं - बैशाख १२

काठमाडौं, कोरोना संक्रमणको दोस्रो लहरसँगै नेपालका बिरामीलाई उपलब्ध गराइएको औषधोपचार पद्धतिले काम नगरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हाल अस्पताल पुगेका बिरामीलाई पहिलो लहरमा प्रयोग गरिएका औषधि तथा उपचार पद्धतिहरू रेमडिसिभिर, प्लाज्मा थेरापी, अक्सिजन थेरापी कुनै पनि उपायले निको पार्न नसक्ने स्थिति सिर्जना भएको स्वास्थ्य आपत्कालीन केन्द्रका संयोजक तथा मन्त्रालयका प्रवक्ता डा समीरकुमार अधिकारीले बताए ।

अस्पतालमा भर्ना भएपछि बिरामीलाई उपचारले निको नभइ धमाधम मृत्यु भइरहेको स्थितिले केन्द्र तथा मन्त्रालयलाई चिन्तित बनाएको उनले बताए । उनले भने, ‘अस्पताल भर्ना भएर के गर्नु रु कुनै औषधोपचार नै छैन, गम्भीर लक्षण देखिएकाहरुलाई बचाउनै मुस्किल छ ।’ अहिले पनि गम्भीर लक्षण देखिएर आईसीयू र भेन्टिलेटरमा पुगेकाहरूलाई सामान्य अवस्थामा फर्काउने कुरा असामान्य बनिसकेको उनले बताए । नागरिक दैनिकबाट

२० हजार थान अक्सिजन सिलिन्डर जोहो गरिँदै

स्वास्थ्य


काठमाडौं - बैशाख १२

काठमाडौं, छिमेकी मुलुक भारतमा अक्सिजनको अभावका कारण ठूलो संख्यामा कोभिडका बिरामीले ज्यान गुमाइरहेका बेला नेपालमा त्यस्तै अवस्था आउन सक्ने आकलन गर्दै सरकारले यसको जोहो गर्ने तयारी थालेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार दैनिक २५ सयभन्दा बढी कोभिडका बिरामी थपिँदै गएको र अक्सिजनको अभाव हुने खतरा बढेपछि २० हजार थान अक्सिजन सिलिन्डर जोहो गर्न लागिएको हो । त्यस्ता सिलिन्डर निजी कम्पनीहरूलाई सहुलियतमा विदेशबाट किन्नका लागि सरकारले बाटो खुला गरिदिने भएको छ ।

अर्थ मन्त्रालयमा स्वास्थ्य मन्त्रालयले उक्त परिमाणको सिलिन्डर भित्र्याउन कर छूटको प्रस्ताव पठाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले अक्सिजनको अभाव हुन नदिन निजीक्षेत्रबाटै सिलिन्डर किन्नका लागि आयातमा लाग्दै आएको भन्सार छूट दिन अर्थमा प्रस्ताव पठाइएको र छिट्ट निर्णय भएर आउने बताए । ‘अर्थबाट सकारात्मक जवाफ पाएका छौं, निर्णय भएर आउनेबित्तिकै निजीक्षेत्रले किन्न बाटो खुल्नेछ,’ उनले भने ।

व्यवसायीहरूले भने सिलिन्डर किन्न कठिन भएको बताएका छन् । उनीहरूका अनुसार चीन, भारतबाटै सिलिन्डर आउने हो, सिलिन्डर किन्र्न ती मुलुकमै महामारी कायमै छ । चीनबाट ल्याउन त्यति सहज छैन भने भारतमा सिलिन्डरको हाहाकार नै छ ।

अहिले नेपालभित्र करीब २ लाखको हाराहारीमा अक्सिजन सिलिन्डर रहेको व्यवसायीको अनुमान छ । एभरेष्ट अक्सिजनका सञ्चालकसमेत रहेका उद्योगी शिवप्रसाद घिमिरेका अनुसार कोभिड अघिसम्म कतिपय अस्पतालले माग नभएका कारण खर्चिलो अक्सिजन प्लान्ट चलाएका थिएनन् भने सिलिन्डरमा उपलब्ध गराउने उद्योगहरू पनि करीब ४० प्रतिशत सञ्चालनमा थिएनन् ।

तर, अहिले अस्पतालले पनि अक्सिजन प्लान्ट चलाउन थालिसकेका छन् र उद्योगहरू पनि पूर्णरूपमा सञ्चालनमा आउने क्रम छ । त्यसैले अक्सिजनको अभाव नहुने आकलन उनको छ । संक्रमणले उग्र रूप लिएमा भने अहिलेको सिलिन्डरले माग धान्न कठिन हुन सक्ने उनले बताए । आर्थिक अभियान दैनिकबाट

कोरोना हटस्पट बन्दै वीरगन्ज, पर्सामा ११ को मृत्यु

स्वास्थ्य


वीरगन्ज - बैशाख १२

वीरगन्ज, कोरोना दोस्रो लहर बढ्दै गर्दा वीरगन्ज, पर्सा र बारामा ११ जनाको मृत्यु भइसकेको छ । उनीहरूको १५ दिनभित्र मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डा सरोज रोशन दासले जानकारी दिए । मृतकमध्ये एकको शनिबार गण्डक अस्पतालमा मृत्यु भएको हो । शुक्रबारसम्म १० जनाको कोरोनाकै कारण निधन भइसकेको छ । शनिबारसहित मृतक संख्या ११ पुगेको छ ।

शनिबार मृत्यु भएका वीरगन्ज–१३ का ५३ वर्षीय रहेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । पर्साका पुरुषको सुरुमा भरतपुरमा उपचारक्रममा मृत्यु भएको थियो । त्यसको १२ दिन बित्न नपाउँदै बाराका दुई र बाँकी सबै पर्साका संक्रमितको निधन भएको छ ।

पहिलेजस्तो संक्रमितमा रुघाखोकी लाग्ने, ज्वरो आउने लक्षण नभएर अहिले सिधैं फोक्सोमै कडाखाले निमोनिया हुने गरेको लक्षण देखिएको छ । यस्तो लक्षण देखिएकाको उपचारमा कठिन भइरहेको छ ।

नारयाणी अस्पतालमा ४० संक्रमित भर्ना भएका छन् । तीमध्ये ८ जना गम्भीर छन् । ‘मानिस किन यति हेलचेक्र्याईँ गर्छन् रु बुझ्नै सकिएन,’ डा। दासले भने, ‘दोस्रो फेजको कोरोना पहिलेजस्तो सामान्य होइन ।’

सामान्य अवस्था भएका संक्रमितलाई भने अस्पताल भर्ना नगरी स्थानीय प्रशासन र पालिकाको समन्वयमा होम आइसोलेसनमा राखिएको पर्साका प्रमुख जिल्ला अधिकारी पीताम्बर घिमिरेले बताए । संक्रमित संख्या शनिबार थप भएका ९० जनासहित १ हजार नाघेको छ । राजधानी दैनिकबाट