lifestyle
|| Rajyadainik ||

आजको समाचार

पर्यटन साहित्यमा ‘रामकुमार’ र नविन आयाम ‘ट्रेकिङका सम्झनाहरु’

जीवनशैली

डिएन घिसिङ      

        जब मानिसले जीवनका अँध्यारा पाटाहरु छिचोल्दै अघि बढछ  उ पुग्ने गन्तब्य भनेको उज्यालोको सामिप्यतामा  नै हो ।  सायदै ति व्यक्तिहरु मध्ये कमैले मात्र असफलता हात पार्लान ।  तर यसका लागि धैर्यता, साहस र आत्मविश्वासको उत्तिकै  खाँचो रहन्छ ।सायदै ति व्यक्तिहरु मध्ये कमै मात्र असफल बनेका हुन्छन् जो समयक्रमसँगै समाजको असली नायक साबित हुन्छ।तिनै मध्येका एक सफल व्यक्तित्व हुन ट्रेकिङ् व्यवसायी रत्न कुमार तामाङ् (रामकुमार)।  बाल्यकालको सकसपुर्ण अवस्थामा नियतीसँग पैठोजोरी खेल्दै जीवनको अनगिन्ती मोडको यात्रामा प्रायश: निधारमा नाम्लो र ढाडमा बोझिलो भारी बोकेर भरियाको जीवन गुजारेका रामकुमारले हासिल गरेको मुकाम शायद धेरैका लागि प्रेरणादायी बन्न सक्छ ।  

रामकुमार उर्फ रत्न कुमार तामाङको जन्म सोलुखुम्बुको विकट गाउँ झाक्रीबासमा एक विपन्न परिवारमा भएको थियो।जीवनको छ दशकको हाराहारीमा पाइला टेक्दै गर्दा एक अध्याय उनको थप्पिएको छ लेखकको रुपमा । जीवनको भोगाई र यात्रा संस्मरणको रूपमा तयार गरिएको उनको "ट्रेकिङका सम्झनाहरु"पुस्तक सार्वजनिक भएपछी उनी थप चर्चामा आएका छन् ।  

  'रामकुमारको आशातित सपनालाई छोरीले पूरा गरिन।अस्ट्रेलियामा एमबीबीएसको अध्ययन पूरा गरेपछि उनको सपना साकार भयो ।'

रामकुमारले बाल्यकालमा औपचारिक शिक्षाको अवसर त परै जाओस पेटभरि खाना खान समेत धौधौ हुने परिस्थितीको  सामना गरे । बाध्यता निकै संकटपुर्ण वातावरणमा हुर्केका उनले आफुलाई हिम्मत र साहसले कहिल्यै निराशा हुन दिएन।युवा अवस्थामा पाखुरामा बल र छातीमा आट लिएर शहर छिरे र इमानदारीका साथ पाखा र कन्दरामा पर्यटकसँगै रमाउन थाले।विदेशी पर्यटकको आँखामा परे र विश्वासलाई कहिले पनि ढक्कमगाउन दिएनन् उनले।

       आफू औपचारिक शिक्षाबाट विमुख भएको तितो अनुभव सँगाल्दै गजबको संकल्प उनले अगाडि सारे, त्यो थियो छोरा र छोरीलाई डाक्टर पढाउने।यहि धोको बमोजिम छोरालाई प्रोत्साहन पनि गरेका थिए।तर छोराको चाहनाको सम्मान गर्दै स्व निर्णयको अधिकार दिए उनले, छोराको लाहुरे बन्ने धोको पुरा गर्न । छोरा विदेश अध्ययन गर्दागर्दै फ्रेन्च लाहुरे भर्ती भए पछी भने रामकुमारको आशातित सपनालाई छोरीले पूरा गरिन।अस्ट्रेलियामा एमबीबीएसको अध्ययन पूरा गरेपछि उनको सपना साकार भयो ।

त्यसो त सामाजिक चेतका धनी उनले शिक्षा र स्वास्थ सेवाबाट विमुख भएका दर्जनौं बालबालिकाको समेत अभिभावकत्व ग्रहण गर्दै आएका छन् । मुलतःजीवन संगीनीको साथले हरेक परिवर्तनलाई अवसरको रूपमा सिर्जना गर्न सफल भएको उनको कथन छ।

"विश्वलाई चक्कर लगाउदै जाँदा होस् वा स्वदेशमा आफ्नो कर्ममा सकृय रहदै गर्दाको क्षण थुप्रै विदेशीले आफुसँगै बस्ने गरि आफनै राष्ट्रमा बसाई सर्न आग्रह गरे, कम्तीमा एक दुई पुस्ता सुतेरै खान पुग्ने धन सम्पत्तीको मालिक बनाउने वाचा    दिए तर उनले लोभ लालचमा फसेनन् । आफ्नै जन्मभुमीलाई प्राथमिकतामा राखे, प्रलोभनका पछाडी कहिल्यै कुदेनन् ।"

   एक सन्दर्भमा पंक्तिकारसगको संवादका क्रममा जीवनको सुखानुभुती केमा मिलेको छ भन्ने प्रश्नको प्रतिउत्तरमा उनले सामाजिक हुनुका साथै समाज प्रतिको सेवाभावनाले कृयाशिल हुनुमा जति सौभाग्य अरु क्षेत्रमा नमिल्ने अर्थ्याए।रामकुमारले अधिकांश युरोपेली  र समृद्ध मुलुक घुमेका छन्  । विश्वलाई चक्कर लगाउदै जाँदा होस् वा स्वदेशमा आफ्नो कर्ममा सकृय रहदै गर्दाको क्षण थुप्रै विदेशीले आफुसँगै बस्ने गरि आफनै राष्ट्रमा बसाई सर्न आग्रह गरे, कम्तीमा एक दुई पुस्ता सुतेरै खान पुग्ने धन सम्पत्तीको मालिक बनाउने वाचा    दिए तर उनले लोभ लालचमा फसेनन् । आफ्नै जन्मभुमीलाई प्राथमिकतामा राखे, प्रलोभनका पछाडी कहिल्यै कुदेनन् । बाल्य काल देखी अंगाल्दै आएको आफनो कर्म क्षेत्रलाई न त भुल्नै सके न त छाडन । भरियाबाट शुरु भएको उनको यात्रा कुक र गाईड हुँदै ट्रेकिङ कम्पनीको मालिकसम्म पुगेको छ । जीवनको अबोध काल र अधिकांश उर्वर समय भारी  बोकेरै गुजारेका रामकुमारको मेहनत, पेशागत अब्बलता र सह्रिदयीपनाका कारण धेरैको प्रिय मात्रै भएनन् उत्कट रोजाईमा पनि परे । फलत: उनले सफलताको शिखर चुम्दै गए ।  

  ट्रेकिङका सम्झनाहरु पुस्तक उनै रामकुमारको सुख दु:खको पुन्तुरो खोल्ने एक सहारा हो । त्यसो त  यस पुस्तक संस्मरण  मात्रै नभई पर्यावरण र पर्यटनलाई जोडने, जोडाउने र हिडाउने ताकत बोकेको जीवन्त दस्तावेज पनि हो । पुस्तकले निसंदेह गरिब मजदुरका जीवनका  संघर्शका गाथाहरुलाई एकातिर समेटिएको छ भने अर्कोतिर पर्यटन यात्राको मौलिकता झल्काएको छ।

"ट्रेकिङका सम्झनाहरु पुस्तकमा  सुन्दर पदमार्गको उत्कृष्ट बयानसँगै हिमालयन पर्यावरणको मनमोहक दृश्यलाई कल्पनामा उतार्दा पाठक आफै यात्राको रोमान्चतामा लीन हुन पुगेको आवास हुन्छ। यसलाई पल्टाउदै जाँदा प्रकृतीसँग, देशको भुगोलसँग, विदेशी मनहरुसँग आँफै अन्तरङ गरे जस्तो अनुभुती  यसले दिलाउँदछ ।"  

पुस्तकको भाव, शैली र प्रस्तुति बढा गज्जबको छ । किताब खोलेर पढदै जाँदा पाठक स्वयंले देश देशावर घुमेको भान महशुश गर्ने गर्छन  भन्नेमा कुनै दुविधा छैन ।अर्थात  पुस्तकले एउटा लय समातेर बगेको छ । ट्रेकिङका सम्झनाहरु पुस्तकमा  सुन्दर पदमार्गको उत्कृष्ट बयानसँगै हिमालयन पर्यावरणको मनमोहक दृश्यलाई कल्पनामा उतार्दा पाठक आफै यात्राको रोमान्चतामा लीन हुन पुगेको आवास हुन्छ। यसलाई पल्टाउदै जाँदा प्रकृतीसँग, देशको भुगोलसँग, विदेशी मनहरुसँग आँफै अन्तरङ गरे जस्तो अनुभुती  यसले दिलाउँदछ ।  

लेखक तामाङलाई पुस्तक तयारी क्रममा कोरोना लागेसँगै    पहिलो लहरले ममतामय आमालाई सदाका लागि धर्तीबाट बिदा लिएको संन्दर्भमा उनी भावुक भएका छन्।लेखकले आफ्नो पुस्तकमा समय वशमा नभएको तर्क पेश गर्दै पुस्तक प्रकाशनमा समयले नै जोड बल गरेको खुलाएका छन् ।  

 ट्रेकिङका सम्झनामा पर्यटनक्षेत्रमा सरोकार राख्ने पर्यटन ब्याबसायि,पथ प्रदर्शक,पर्यटक तथा पर्यटन क्षेत्रप्रति चासो राख्नेहरुको लागी समेत पुस्तक अर्थपुर्ण बन्नेमा शंका गर्ने कुनै ठाउँ छैन ।  

  रत्न कुमार तामाङ (रामकुमार) कृत "ट्रेकिङका सम्झनाहरु" पर्यावरण र पर्यटन सरोकारित संदेशमुलक पुस्तक त हुँदै हो, यस बाहेक पनि लेखक स्वयंको अनुभुती र  अमुर्त यात्राको मार्ग पुस्तक पनि हो ।  पर्यटन क्षेत्रमा जीवन गुजारा गर्ने आम मजदुरहरुको साझा भावनालाई प्रतिबिम्बित गर्ने पुस्तक ‘ट्रेकिङका सम्झनाहरु’ नेपालको पर्यटक साहित्यको नविन आयाम हो भन्दा अतियुक्ती नहोला ।  

Edited by : Saroj Ojha

पर्यटक साहित्यमा ‘रामकुमार’ र नविन आयाम ‘ट्रेकिङका सम्झनाहरु’

मन भनेको केन्द्रित गर्नु पर्छ

जीवनशैली

डा.डिआर उपाध्याय,

मलाई धेरैले सोध्ने गरेको प्रश्न भनेको तपाईको एक दिन कसरी बित्छ सर ? मैले यो बारे बताएको थिएन । बताउने कोसिस गदै छु । पत्रकारसाथीहरुले पनि कुनै अन्तरबर्ताका क्रममा यो प्रश्न सोध्दै आउनु पनि भएको छ । तर मैले बिस्तृत रुपमा भने अहिले सम्म बताएको छैन । आज बताउँदै छु । म चावहिलमा बस्छु । घाम पानी ओतने घर छ । घरको नजिक अफिस छ । मेरो एक दिन व्यस्तताले नै बित्छ । म बिहान ५ बजे उठि सकेको हुन्छु । उठि सके पछि फ्रेस हुन्छु । त्यस पछि केहि समय योगा र कसरतमा बिताउँछु । घर वरी परि बिहानको ताजा हावामा घुमफिर गर्छु । हात मुख धोएर मन तातो एक किलास पानी पिउँछु ।

त्यस पछि पत्र पत्रिका र बिभिन्न सामाजिक सञ्जालमा व्यस्त हुन्छु । लेख्न पढन पनि मलाई बिहान नै रुचि लाग्छ । राजनीतिक , आर्थिक , सामाजिक लगायतका बिषय बस्तुहरुमा मैले जे देख्यो त्यही लेख्ने गरेको पनि छु । प्रयाय जसो बिहान पख केहिन केही लेखेर फेसबुकमा पोष्ट गर्ने गर्छु । त्यसैको आधारमा मेरा लेख रचनाहरु केहि समय पछि बिभिन्न सञ्चार माध्यमका साथै अनलाइन पत्रपत्रिकाहरुमा प्रकासित हुदै आएका छन । यसमा खुसि छु । म अलि लेख्न रुचि राख्ने मान्छे हुँ । मूलधारका राष्टिय दैनिक बिभिन्न पत्रपत्रिकाहरुमा लामो समय देखि लेख रचना लेखदै आएको छु । यो प्रयाय जसोलाई थाहा भएको कुरा हो । आज भोली अलि बढि व्यस्त छु । मैले गित पनि लेख्दै आएको छु । एकान्त ठाउँमा बसेको बेला आफैले लेखेको गित गुन्गुनाउँछु । जीवन भनेको अमूल्य प्रकृतिको सुन्दर उपहार हो ।

त्यसैले बिना अर्थ समय बिताउन मेरो मनले मान्दैन । केहि न केही नयाँ काम गर्ने मन लाग्छ । मैले बिभिन्न बिधामा बिश्व रेर्कड कायम गर्न सफल भएको छु । मान्छेको जीवन छोटो छ , तर गर्नु पर्ने काम धेरै छन । मैले थुप्रै लेख रचना, गीत, उपन्यास लेखि सकेको छु । र थप लेख्दै छु । यो कसरी सम्भव भयो भन्ने जिज्ञासा धेरैलाई हुन सक्छ । सबै भन्दा ठूलो कुरा समय व्यवस्थापन हो । मैले हर दिन समयको व्यवस्थापन गर्ने कोसिस गर्छु । यही कारणले नै मैले सोचेका धेरै काम पुरा भएका छन । काम गर्ने भने पछि काम पुरा गरेरै छोडने मेरो बानी छ । मेरो अफिस र घर नजिक छ । त्यसैले म प्राय जसो बिहान ११ बजे खाना खाई सकेको हुन्छु । खानामा दाल भात तरकारी मन पर्छ । समय भएको बेला बाहिर घुम फिर गर्ने मन लाग्छ ।

एकै ठाउँ बसि रहन मन लाग्दैन । बसेको बेला केहि न केहि लेख्ने बानी छ । सके सम्म सरल भाषामा सवैले बुझने गरी आफना बिचार ब्यक्त गर्ने कोसिस गर्छु । मेरो कमजोरी भनेको मान्छेलाई छिटो बिश्वास गर्छु । दिन भरी म प्राय जसो समय आफनो अफिसमा बिताउने गर्छु । केही न केही काम गरेर बसेको हुन्छु । समय बितेकोमा चिन्ता लाग्छ । हरेक मान्छेको आ आफनो स्वभाव हुन्छ । स्वभावले काम गर्ने हो । स्वभाव र रुचि अनुसारका काम गर्ने हो । रुचि बिनाको काम अधुरो हुन्छ । आफनो रुचि जेमा छ त्यसैमा केन्द्रित भए सफल भैन्छ । यो सत्य कुरा हो । मन धेरै तिर बाँडनु हुदैन । मन भनेको केन्द्रित गर्नु पर्छ । त्यो नै सफलताको कडी हो । म अफिस बाट प्राय घरमा ७ बजे पुग्छु । बेलुकाको खाना खाए पछि केहि समय सामाजिक सञ्जालमा भुल्छु । दिन भरीका समाचारमा अपडेट हुन्छु । प्राय ११ बजे सुत्छु । र बिहान उठे पछि त्यसै गरी एक दिन बिताउँछु ।

गोक्यो रि म्युजिक भिडियो मार्फत पाँच नेपालीले राखे बिश्व कृतिमान

जीवनशैली

नेपाली कलाकार टोलीसहित विश्वको अग्लो स्थान (गोक्यो ४८१३ मिटरको उचाई)मा अडियो तथा भिडियो छायांकन गरी गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम दर्ज गराएका हुन् ।पहिलो पटक कलाकारहरुले लाईभ बाजासहित विश्वको सवैभन्दा अग्लो स्थानमा गोक्यो री नामक लाईभ अडियो र भिडियो छायांकन गरिएको थियो ।

गोक्यी री गीत  नेपालको पर्यटन क्षेत्रलाई लक्षित गरि पर्यटन ब्यबसायी समेत रहेका निर्माता सन्च बहादुर राई, कार्यक्रमका संयोजक तथा तीन पटकसम्म विश्व कीर्तिमान गर्न सफल पुष्कर नेपाल, मिडिया व्यावसायि  तथा सिनेमाटोग्राफर राजन खरेल, व्यावसायी तथा समाजसेवी लक्ष्मण कार्की, र चर्चित कार्यक्रम ईन्द्रेणी कार्यक्रमका बासुरी बाधक पावल राईले  निर्माण गरेका हुन् ।

प्राप्त जानकारीअनुसार गिनिज बुकले पाँच जना निर्माता टोलीलाई रेकर्ड होल्डरको प्रमाणपत्र उपलब्ध गराउने छ भने बाँकी सबैलाई वर्ल्ड रेकर्ड पार्टिसिपेट सर्टिफिकेट उपलब्ध गराउने छ ।

म्युजिक भिडियोको छायांकन तथा सम्पादन ईशक जबेगुले गरेका हुन् भने दुर्गा प्रसाद राईले सहयोगी छायांकनको भूमिका निर्वाह थिए । त्यस्तै लाईभ बाद्यबादनअन्तर्गत बिक्रम राईले मादल, राजिब बैजुले गिटार, बिक्रम गुरुङले अक्टाप्याड र पावल राईले बासुरी बजाएका हुन् ।

उक्त गीतको गीतकार मिलन किराँती, स्वर बबिना राई, संगीत बिक्रम राई, संगीत संयोजन फनिन्द्र राई र अडियो रेकर्डिङ वरिष्ठ साउन्ड ईन्जिनियर छिरिङ भोटेले गरेका हुन् । दुर्लभ जन्तरे (बुद्धिराज राई )को निर्देशनमा बनेको भिडियोमा गायिका तथा मोडेल बबिना किराँती, मोडल अनिश सिङ्जाली मगरसँगै बाल कलाकार १० वर्षीय रायल राईलाई देख्न सकिनेछ ।

गोविन्द कंडेल सम्पादित ‘प्रेमको लालपुर्जा’लोकार्पण तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न

जीवनशैली

उपन्यासकार दिलु सिप्तुङ्खा राईद्वारा लिखित उपन्यास ‘प्रेमको लालपुर्जा’ को नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति उप्रेतीले लोकार्पण गर्नु भएको छ । समारोहमा हास्य अभिनेता गोपाल ढकाल छन्दे तथा सञ्चारकर्मी भगवती तिमल्सिनालाई कुलपति उप्रेतीले कदरपत्रद्वारा विशिष्ट सम्मान प्रदान गर्नु भएको छ ।

उक्त अवसरमा उपन्यासकार दिलु सिप्तुङ्खा राईलाई पनि उप्रेतीद्वारा सम्मान समेत गरिएको छ । कार्यक्रम सहयात्री दर्पण नेपालका अध्यक्ष गोबिन्द कँडेल आँसुको अध्यक्षतामा सप्पन्न भएको थियो ।

लोकार्पित कृतिको सम्पादन पनि कँडेलले नै गर्नु भएको हो । कार्यक्रममा समालोचक तर्कना शर्माले प्रेमको लालपुर्जामाथि समीक्षात्मक मन्तव्य राख्नु भएको थियो ।

राष्ट्रियसभाका सांसद अगम वान्तवा, राधेश्याम लेकाली, डा। देवी दुलाल, पदम राई, उपन्यासकार दिलु सिप्तुङ्खा राई र सञ्चारकर्मी मनुका कुँवरले आ–आफ्नो मन्तव्य राख्नु भएको थियो ।
उपन्यासकार दिलु सिप्तुङ्खा राईद्वारा लिखित उपन्यास ‘प्रेमको लालपुर्जा’ को नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति उप्रेतीले लोकार्पण गर्नु भएको छ ।

समारोहमा हास्य अभिनेता गोपाल ढकाल छन्दे तथा सञ्चारकर्मी भगवती तिमल्सिनालाई कुलपति उप्रेतीले कदरपत्रद्वारा विशिष्ट सम्मान प्रदान गर्नु भएको छ । उक्त अवसरमा उपन्यासकार दिलु सिप्तुङ्खा राईलाई पनि उप्रेतीद्वारा सम्मान समेत गरिएको छ ।

कार्यक्रम सहयात्री दर्पण नेपालका अध्यक्ष गोबिन्द कँडेल आँसुको अध्यक्षतामा सप्पन्न भएको थियो । लोकार्पित कृतिको सम्पादन पनि कँडेलले नै गर्नु भएको हो ।

कार्यक्रममा समालोचक तर्कना शर्माले प्रेमको लालपुर्जामाथि समीक्षात्मक मन्तव्य राख्नु भएको थियो । राष्ट्रियसभाका सांसद अगम वान्तवा, राधेश्याम लेकाली, डा. देवी दुलाल, पदम राई, उपन्यासकार दिलु सिप्तुङ्खा राई र सञ्चारकर्मी मनुका कुँवरले आ–आफ्नो मन्तव्य राख्नु भएको थियो ।
मेरो सम्पादन र प्रकाशनमा दिलु सिप्तुङ्खा राई द्वारा लिखित प्रेमको लालपुर्जा उपन्यास एक भव्य अनि सब्य कार्यक्रमको आयोजनामा लोकार्पण भएको छ। नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति गङ्गा प्रसाद उप्रेती ज्यूको प्रमुख आतिथ्यको साथमा समालोचक तर्कना शर्मा ज्यू अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्व अध्यक्ष राधेश्याम लेकाली राष्ट्रियसभाका सांसद अगन वान्तवा लगायत धेरै साहित्यकार , पत्रकार र साहित्य अनुरागीहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको छ।

रासस उत्कष्ट फोटो पत्रकारिता पुरस्कार वन्तलाई

जीवनशैली

काठमाडौँ, ७ फागुन (रासस) ः राष्ट्रिय समाचार समिति (रासस) का वरिष्ठ फोटो पत्रकार प्रदीपराज वन्तलाई यसवर्षको ‘उत्कृष्ट राष्ट्रिय फोटो पत्रकारिता पुरस्कार’ प्रदान गरिएको छ ।

राससको ६० औँ वार्षिकोत्सव तथा हीरक वर्षको अवसरमा आयोजित समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङको प्रमुख आतिथ्यमा सन्चार सचिव हरिप्रसाद वस्यालले फोटोपत्रकार वन्तलाई नगद रु पन्द्र हजार सहित सो पुरस्कार प्रदान गर्नुभयो ।

फोटो पत्रकार वन्तलाई कोभिड–१९ समयमा जोखिमका बीच अहोरात्र फोटो सङ्कलन गरी फोटो पत्रकारितामा योगदान पु¥याएबापत सो पुरस्कार प्रदान गरिएको हो । पत्रकार वन्तले यसअघि पनि ५ वर्ष अघि राससबाट उत्कृष्ट फोटो पत्रकारिता पुरस्कार प्राप्त गरिसक्नुभएको छ ।

फोटो पत्रकार वन्त विगत नौ वर्षदेखि राससमा फोटो पत्रकारका रुपमा काम गर्दै आउनुभएको छ । पत्रकार वन्तले रासस र देशका विभिन्न स्थानमा रहेका पत्रकारलाई फोटोसम्बन्धी तालीम तथा प्रशिक्षण दिँदै आउनुभएको छ ।

फोटो पत्रकार समूह (एनएफपीजे) नेपालका महासचिवसमेत रहनुभएका पत्रकार वन्तले यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीबाट ‘प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार’ प्राप्त गर्नुभएको थियो । पत्रकार वन्तले विगत लामो समयदेखि फोटो पत्रकारको अधिकारको निम्ति आवाज उठाउँदै आउनुभएको छ ।

हीरक वर्ष शुभारम्भका अवसरमा राससमा अविच्छिन्न २० वर्ष स्थायी सेवा गर्नुभएका १२ जना कर्मचारीलाई दीर्घ सेवा पदकसहित समाचार, आलेख र फोटोमा उत्कृष्ट योगदान गर्ने कर्मचारीलाई समेत सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।

 भलिबल खेलको सैद्धान्तिक र ऎतिहासिक सन्दर्भ

जीवनशैली

डिएन घिसिङ

"भलि" र "बल" दुई शब्दहरूको संयोजनबाट भलिबल शब्द निर्माण भएको हो।भलिबल दुई समुहबीच खेलिने एक लोकप्रिय खेल हो।यस खेल निश्चित मैदानमा खेलिन्छ।दुई समुह बिचलाई मैदानको मध्यभागमा बार जालले बिभाजन गरेको हुन्छ।हावा रहित बललाई भुइँमा खस्न नदिई एकै समुहका सदस्य बीच तालमेल गरेर विपक्षी समुहको खेल रक्षण क्षेत्रभित्र बल अवतरण गराउनु यस खेलको मुल सैद्धान्तिक पक्ष हो।अंकभार प्राप्तीका लागि विपक्षी टिमको उचित स्थानमा बल फ्याक्दै हरेक समुहका सदस्य खेलाडीले कौशल प्रयास जारी राखेका हुन्छन।यस खेलको अर्को सुन्दर पक्षमा विपक्षी समुहको मैदान भित्र बललाई अवतरण गराउन बल र बुद्धीको कलात्मक प्रस्तुतीलाई लिने गरिन्छ।त्यसो त,यस खेललाई रणनीतिक कौशलता र मनोरञ्जनात्मकताको कसीबाट हेर्ने गरिन्छ ।समुहमा सदस्यहरु जोडिने भएकाले सामुहिक भावना यस खेलको मुल मर्म हो। हलभित्र वा खुल्ला हावामा पनि खेल्न सकिने र अधिक गुणात्मक संख्यामा खेलाडीहरूले भाग लिन सकुन भनेर वातावरणलाई प्रमुखताका साथ हेरिएको छ।बललाई हावाको माध्यमबाट निश्चित आकार प्रदान गरिन्छ।बलको आकार गोलो,बाहिरी भागमा छाला वा सेन्थेटिकले बनेको तथा वा तेस्तै पदार्थले बनेको ब्लाडर हुन्छ।अन्य बलको तुलनामा भलिबलको बनावट करिब-करिब मिल्दो जुल्दो देखिएता पनि हुबहु समानता हुँदैन।अर्थात भलिबलअन्य बलको तुलनामा तौल र आकारमा भिन्न हुन्छ।रबरको आन्तरिक ट्यूबको साथ एउटा निश्चित परिधिको बनावट प्रयुक्त रहन्छ,भलिबल।बल एकै प्रकारको उज्यालो रंग वा मिश्रित रंगको हुन्छ।जालमा ठोक्काउनु भन्ने अर्थबोधका साथ भलिबल शब्दको प्रादुर्भाव भएको देखिन्छ।भलिबल खेलमा समावेशीकरण, विश्वसनीयता, सहकार्यता र समानताको सिद्धान्तको पालनामा जोड दिने गरेको पाईन्छ।

भलिबल:दुई टोलीहरूद्वारा खेलिने भएकाले सामान्यतया एक पक्षले आफ्ना समुहका बीचमा बढीमा ३पटक एक-आपसमा खेल्न र रचनात्मक तयारी गर्न सक्छन।प्रतिद्वन्दी माथि प्रहार गर्दा बार जालको माथिबाट निश्चित क्षेत्रमा बल खसाल्नुपर्ने हुन्छ।प्रतिरक्षाको लागी विपक्षी समूहले तत्परता वा छेक्ने प्रयास गरेका हुन्छ। बल छेक्दा वा फाल्दा कुनै पक्षले हातले बार जालमा छुन वा तान्न पाइदैन। भलिबल खेलको प्रतियोगिता अवधीका लागी नियमन गर्न एक निर्णायक समुह खडा गरिएको हुन्छ।जसको उदेश्य निस्पक्ष दृश्य अवलोकन गर्दै स्तरियता कायम गराउनु रहन्छ।अनुशासन,ब्यक्तिगत क्षमता ,समुहको भावना लगायतलाई ध्यानमा राखी खेलको नतिजा निर्धारण गरिन्छ । भलिबल खेललाई गतिशील बनाउन मुख्यतःप्राविधिक पक्षको महत्वपूर्ण हात रहन्छ।प्राविधिक पक्षको गहिरो ज्ञान वा सुझबुझपूर्ण व्यवहारले भलिबल खेल गतिविधिलाई विवादरहित र रचनात्मक बनाउन टेवा पुर्याराखेको हुन्छ।यसले खेल कौशललाई प्रबर्द्धन गर्न पनि अहम भुमिका निभाएको हुन्छ। यसर्थ, सम्बन्ध र मार्गमा भिन्नता भएता पनि खेलाडी,प्रशिक्षक र निर्णायकको भुमिकाको अवस्थालाई खेलको भावना र मान्यतासँग जोडेर हेरिने गरिन्छ।परिधिमा नियमन वा सूत्रधार हरेक खेलको पहिचान हो।जसले मौलिकता र आधुनिकता अनुरुप आ-आफ्नो खेलको परिचायक बोकेको हुन्छ।भलिबल खेलमा खेलाडीले प्रत्यक्ष र परोक्ष तबरले सहभागीता जनाउने वा संग्लग्न रहने हुदाँ भावनात्मक रुपमा मनोरञ्जन,सुखानुभुती वा दु:खबोध गराएका हुन्छन्।आधुनिक खेल संचालकले भलिबल खेलको बौद्धिक सम्पत्तिलाई उपकरण मार्फत परिणाममुखी बनाउन हैंसे थपेको छ।जसले सामाजिक र आर्थिक महत्व बोक्ने गरेको पाईन्छ । भलिबल खेल मार्फत सामाजिकरण गतिविधिमा संलग्न ब्यक्तिको प्राथमिकता पहिचान हुने गर्दछ। सामान्यतया,खेलले व्यक्तिको चरित्र,सम्बन्ध,विचार र भावनाहरूलाई मात्र हैन संस्कृती र सामाजिकरण गर्ने कुरामा समेत महत्व बोक्ने गर्दछ।आधुनिक भलिबल खेल गतिविधिले अन्तरदेशिय सु-सम्बन्ध स्थापित गर्न र संस्कार- संस्कृती अदली बदली गर्नमा भूमिका खेल्ने गरेको पाईन्छ । भलिबल खेलको लोकप्रियतासँगै क्षेत्रियता र अन्तर्राष्ट्रिय संगठन समेत स्थापित भएका छ्न।खेलको विकाससँगै भलिबल खेलको राष्ट्रिय,क्षेत्रीय र विश्व स्तरीय प्रतियोगिताहरु नियमित हुँदै आएका छन्।गृस्मकालिन ओलम्पिक खेलमा समावेश भलिबल खेलले आधुनिक खेलजगतलाई उपलब्धीमुलक बनाएको छ। भलिबल खेलको प्रादुर्भाव भलिबल खेल सन १८९५ फेब्रुअरी ९ मा संयुक्त राज्य अमेरिका स्थीत होलीक,म्यासाचुसेट्समा पहिलो पटक आयोजना भएको थियो।

विलियम जी मोर्गन भलिबल खेलको आविष्कारकको रूपमा इतिहासमा आएका छन। जसलाई उनले शुरुआतमा "मिन्टनेट" भन्ने नाम दिएका थिए। यस खेलका संस्थापक मोर्गन अमेरिकाको न्युयोर्क स्थित व्यायामशाला वाईएमसीए संस्थामा शारीरिक शिक्षा निर्देशकको रूपमा कार्यरत रहदा बास्केटबल, ह्यान्डबल टेनिस,ब्याडमिन्टनबाट निकै प्रभावित थिए। वाईएमसीएमा रहदा सबैका लागि उपयुक्त नयाँ खेल सिर्जना गर्ने होडका बीच मोर्गनले भलिबल खेलको रचना गरेका थिए। विशेषत:आ-आफ्नो समुहमा रहेर कसरी खेल कौशलता प्रस्तुत गर्ने,खेल प्रदर्शनलाई कसरी रोमाञ्चक बनाउने भन्नेमा मोर्गनले छलफल गरेर खेलको ढाचा तयार पारेका थिए।बास्केटबल खेलका संस्थापक जेम्स नामिस्टसँग सैद्धान्तिक बहस गरिसकेपछी मोर्गनले भलिबल खेलको प्राविधिक पक्षको मौलिकपन तयार गरेका हुन। भलिबललाई शुरुवाती दिनहरुमा मिन्टनेट भनेर चिनिथ्यो।ब्याडमिन्टन खेल बराबर क्षेत्रफल र एकपक्षीय टिम जस्ता समानता देखिएकाले नामको बिषयमा मोर्गानले छलफल शुभारम्भ गरेका थिए।यद्यपि,अल्फ्रेड हल्स्टेडले पछि यसलाई सैद्धान्तिक र प्राविधिक गुणसँग निहित हुनका साथै उच्चारणमा समेत सहजता देखिएकाले स्थापनाको एक बर्ष नपुग्दै "मिन्टनेट"को नाम परिवर्तन गरेर "भलीबल" घोषणा गरे। भलिबल खेलमा एक उच्च जालबाट अर्को पक्षको जमिन अवतरण गराउनु मोर्गनको खेल प्रेरित उदेश्य थियो ।भलिबल खेलमा प्रदर्शनमा रौंनकता र रोचकताको आकर्षणले उत्साह पुर्ण स्विकार गरेका छन। शुरुवातमा कमजोर युवा पुरुषहरू,गैर-एथलेटिक वयस्कहरू,बुढा वयस्कहरू र महिलाहरुको सहभागीतामा खेल सुचारु गरेको थियो।तर उनीहरु मात्रको सहभागीताले भलिबल खेलमा उत्साह महशुस नहुने बोध गरेकाले संस्थापक मोर्गनले खेलको बारेमा ब्यापक रूपमा अनुसन्धान जारी राखे र उमेर वा शारीरिक क्षमताले फरक नपार्ने गरि व्यवहारिक -प्राविधिक स्तरिय खेल निर्माणको आधारशिला तयार पारे । विविधतायुक्त भलिबल खेल।

क) भलिबल खेल(Regular Vollyball)

ख)बिच भलिबल खेल(Beach Vollyball)

ग)पार्क भलिबल खेल(Park Vollyball)

घ) हिउ भलिबल खेल(Snow Vollyball)

भलिबल खेलमा मनोरञ्जनात्मक साथै बाताबर्णिय अनुकूलनमा खेलाडीको संख्यात्मक आधारमा कौशलता र क्षमतालाई मध्यनजर राख्दै भलिबल खेलको विकास भएको देखिन्छ।ऎतिहासिक,सास्कृतिक र वातावरणीय पक्ष सग भलिबल खेललाई रोमान्चक र आकर्षण बढाउन भलिबल खेलको नवीनतम बिकास भएका छन।

फेसियल हाउसको १३ औं वार्षिक उत्सव सम्पन्न

जीवनशैली

काठमाडौं, १० पौष – नेपालको अग्रणी ब्यूटी सैलुन फेसियल हाउसले आफ्नो १३ औं वार्षिक उत्सव मनाएको छ । शुक्रबार राजधानी स्थित जमलमा फेसियल हाउसकी प्रबन्ध निर्देशक सुस्मा महराको सभापतित्व माझ आयोजित सो कार्यक्रम सभासद शान्ता चौधरीको प्रमुख आतिथ्यता र नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठको विशेष आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघकी कार्यकारीणी सदस्य एवम रत्न तथा आभुसण संघकी अध्यक्ष ज्योत्सना श्रेष्ठ, नेपाल व्युटिसियन संघकी अध्यक्ष भगवती खडका नेपाल सौन्दर्य कला व्यवसायी संघकी अध्यक्ष कमला श्रेष्ठ वरिस्ठ सौन्दर्यविद प्रा. डा. राजश्री श्रेष्ठ लयायतको उपस्थिती रहेको थियो । कार्यक्रमा स्वागत मन्तब्य व्यक्त गर्दै फेसियल हाउसका संरक्षक तथा कर्पोरेट मिडिया ग्रुपका अध्यक्ष उज्वलजंग शाहले नेपालमा लगानीको सुरक्षा नहुँदा व्यवसायी बन्न गार्हो बन्ने गरेको आफुले महशुश गर्ने गरेको बताएका थिए । सोही अवसर माझ वरिस्ठ सौन्दर्यविदद्व्य प्रा. डा. राजश्री श्रेष्ठ र कमला श्रेष्ठलाई फेसियल हाउस सम्मान २०२० बाट सम्मानित गरिएको थियो । कार्यक्रम माझ प्रमुख अतिथीको आसनबाट बोल्दै नेकपाकी सचेतक शान्ता चौधरीले फेसियल हाउसले प्रवाह गर्दै आएको सेवाको तारिफ गर्नुका साथै महिला उद्यमशिलताको क्षेत्रमा विशिस्ठ योगदान पुर्याउदै आएको उल्लेख गरिन ।

कार्यक्रममा बिशेष अतिथीको आसनबाट बोल्दै नेपाल महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले कोरोना महामारीका कारण महिला उद्यमीहरु बढी प्रभावित बनेको उल्लेख गर्दै कोरोनाको महामारी अझै नसकिएको हुँदा सुरक्षित भएर व्यवसाय गर्नुपर्ने बताईन । अध्यक्ष श्रेष्ठले फेसियल हाउसले आगामी दिनमा अझ सशक्त ढंगले अगाडि बढन सकोस भन्दै शुभकामना समेत व्यक्त गरिन । कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघकी कार्यकारीणी सदस्य एवम रत्न तथा आभुसण संघकी अध्यक्ष ज्योत्सना श्रेष्ठले फेसियल हाउसको सफलताको कामना गर्दै सौन्दर्यको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल भएको बताईन । त्यसैगरी नेपाल व्युटिसियन संघकी अध्यक्ष भगवती खडकाले कोरोनाका कारण व्युटिसियनहरुले पेशाबाट हात धुनु परेको बताउदै सौन्दर्य पेशामा लाग्नेहरुलाई राज्यले उपेक्षा गरेको उल्लेख गरिन ।

कार्यक्रम माझ समाजसेवी अन्जु शाह सिंहले फेसियल हाउसलाई वार्षिक उत्सबको शुभकामना व्यक्त गर्दै नारीहरुलाई आत्मनिर्भर बनाउन योगदान पुर्याउदै आएको धारणा राखिन । कार्यक्रमको अन्त्यमा सभापतिको आसनबाट बोल्दै संस्थाकी प्रबन्ध निर्देशक सुस्मा महराले कोभिड पस्चात महिला दिदी बहिनीलाई व्यवसाय संचालन गर्न असहज भैरहेको उल्लेख गर्दै राज्यले सेवा सुविधा दिनु पर्ने माग राखि. । कार्यक्रम माझ फेसियल हाउसबाट सौन्दर्य कला तालिम लिने प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो ।

'टिकटक’ ले उदांगिँदै गोपनीयता

जीवनशैली

काठमाडौं - मंसिर ३०

नेपालमा भिडियो सेयरिङ प्लेटफर्म टिकटक (सामाजिक सञ्जाल) का प्रयोगकर्ता बढेसँगै यसको दुरूपयोग पनि बाक्लिएको पाइएको छ। रमाइलो गर्ने र भाइरल हुने बहानामा केही व्यक्तिले जथाभाबी भिडियो बनाएर ‘अपलोड’ गर्दा व्यक्तिगत र संगठनात्मक गोपनीयता उदांगो भइरहेको प्रहरीको ठहर छ। नेपाल प्रहरीको साइबर ब्युरोका अनुसार कार्यालयभित्रै भिडियो बनाउने, बैंकका कर्मचारीले फाइल, पैसा र डकुमेन्टजस्ता सामग्री भिडियोमार्फत सार्वजनिक गर्ने, प्रहरी र नेपाली सेनाको बर्दीको प्रयोग गर्ने, ड्युटीमै भिडियो बनाउने, चित्त नबुझेका व्यक्तिको अश्लील भिडियो अपलोड गरिदिने प्रवृत्ति बढेको छ।

ब्युरोका एसपी पशुपति रायका अनुसार साइबर अपराधमा आगो थप्ने काम टिकटकले पनि गरिरहेको छ। सरकारले सामाजिक सञ्जाल र युट्युब च्यानललाई व्यस्थित गर्न सकिने आवश्यक कानुन निर्माण नगरेका कारण प्रहरीको टाउको दुखेको छ। एसपी रायले टिकटकबाटै गोपनीयता भंगमात्र होइन, ठगीसमेत हुन थालेपछि प्रहरीले प्रयोगकर्तामाथि निगरानी बढाएको बताए। उनले कोहीप्रति प्रतिशोध राखी वा जानाजान चारित्रिक ठेस पु¥याउनेलाई प्रहरीले कारबाही गरेको जानकारी दिए। ‘जानेर वा नजानेर प्रयोगकर्ताले यसको दुरूपयोग गरेका छन्,’ उनले भने, ‘बाटोमै पनि अभद्र व्यवहार गर्ने, रेकर्डेड कुरा बाहिर ल्याउने, चरित्र हत्या गर्ने, गोप्य कुराको खुलासा गरिदिने, टिकटक बनाउनकै लागि अनावश्यक उटपट्याङ गर्नेजस्ता गलत प्रयोग भएको तथ्य हामीले फेला पारेका छौं।’

टिकटकबाटै हिंसा भइरहेको भन्दै ब्युरोमा उजुरी दिन पुग्ने महिलाको संख्या पनि बढेको छ। सामाजिक सञ्जालको जन्जालमा फस्दा केही व्यक्तिलाई आर्थिक, सामाजिक र व्यक्तिगत रूपमा चोट पुग्ने गरेको छ। सामाजिक सञ्जालबाट ठगिएकाबाट एक सातामा ५० वटाको हाराहारीमा उजुरी ब्युरोमा दर्ता हुन्छन्। उजुरीका आधारमा प्रहरीले कारबाही प्रक्रिया अघि बढाउने तथा व्यक्तिको आइडी ब्लक गरिदिनेजस्ता उपचार गर्दै आएको छ।  

एसपी रायका अनुसार सरकारी कर्मचारीले समेत कार्यालयमा काम गर्दैगर्दा टिकटक बनाउने प्रवृत्ति बढेको छ। प्रयोगकर्ताले लामो भिडियो वा अडियोलाई इडिट तथा ‘कट’ गरी टिकटकमा अपलोड गर्छन्। कतिपयले एकथरी भिडियोमा अर्को अडियो प्रयोग गर्ने गरेको प्रहरीको निष्कर्ष छ। ड्युटीमै अनाश्यक भिडियो बनाएको जानकारीका आधारमा १० जनाभन्दा बढी प्रहरी कर्मचारीलाई कारबाही गरेको ब्युरोले जनाएको छ। त्यस्तै नेपाली सेनाले पनि पोसाकको दुरूपयोग नगर्न लिखित निर्देशन दिइसकेको छ। यो समाचार आजको नागरिक दैनिकमा शिवहरि घिमिरेले लेखेका छन् ।