sports
|| Rajyadainik ||

आजको समाचार

नयाँ युग सुरु गर्न चाहन्छ स्पेन

खेलकुद


सेभिया — जेष्ठ ३१, २०७८। 

तीनपल्टको युरोपेली च्याम्पियन स्पेन अब त्यस्तो फुटबल शक्ति रहेन, जुन केही वर्षअगाडि रहेको थियो । सन् २००८ देखि २०१२ बीच स्पेनले लगभग सबै जितेको थियो ।

अहिले त्यो पुस्ताका खेलाडी हराइसके । अब नयाँ अनुहारले टिममा प्रवेश पाइसकेको छ । त्यसैले स्पेनले युरो २०२० मा सोमबार स्विडेनको सामना गर्दा एउटा नयाँ युग सुरु गर्न चाहन्छ । पछिल्ला केही वर्ष स्पेनका लागि खासै सुखद रहेन ।

यो टिम पछिल्ला तीन ठूला प्रतियोगिताको क्वाटरफाइनल पार गर्न असफल रहेको छ । प्रशिक्षक लुइस एनरिकले यसैबीच विवादास्पद तरिकाले टिमबाट सर्जियो रामोसलाई हराएका छन्, उनको खराब फिटनेसलाई कारण देखाए । लामो समयपछि स्पेन रामोसबिना ठूलो प्रतियोगिता खेलिरहेको छ । त्यसको ठीक विपरीत टिममा नयाँ युवा खेलाडी छन्, जसलाई स्पेनी फुटबलको भविष्य भन्न सकिन्छ, जस्तो फेरान टोरेस । जर्मनीलाई नेसन्स लिगमा ६ गोलले हराएका बेला उनले ह्याट्रिक गरेका थिए ।

यो खेल बिल्बाओमा हुनुपर्ने थियो, तर कोरोना भाइरस संक्रमणबीच सेभियामा सारियो । स्पेनले लिग चरणका सबै खेल यहीं खेल्नेछ । यहीं उसको पहिलो प्रतिद्वन्द्वी बलियो स्विडन रहेको छ । संयोगले यो टिममा पनि सबैभन्दा अनुभवी खेलाडी रहेका छैनन् चोटका कारण ज्लाटन इब्राहिमोभिच टिममा छैनन् । स्विडेन आफै पनि नयाँ पुस्ताका खेलाडीमा निर्भर हुनेक्रममा छ । एलेक्जान्डर इसाक र जोर्डन लारासन त्यस्ता दुई युवा खेलाडी हुन्, जसले स्पेनमाथि दबाब सिर्जना गर्न सक्छन् ।

पोल्यान्डविरुद्ध स्लोभाकिया

सेन्ट पिटर्सबर्ग– युरो २०२० को ठीकअगाडि पोल्यान्डले एक प्रकारले लय गुमाएको छ । त्यसैले पोल्यान्डले समूह ‘ई’ को आफ्नो पहिलो खेलमा स्लोभाकियाको सामना गर्दा दबाबमा रहनेछ । स्लोभाकिया आफै उसका लागि बलियो विपक्षी टिम नहुनु सक्छ, तर दबाब चर्को छ । युरोअगाडि पोल्यान्डले कमजोर एन्डोरालाई हराउन पनि कडा संघर्ष गर्नुपरेको थियो । पोलिस प्रशिक्षक पाउलो सौसाले पनि मानेका छन्, आफू एक प्रकारले तनावमा छु भनेर ।

पोल्यान्ड टिमका मुख्य खेलाडी निर्विवाद रूपमा रोबर्ट लेवान्डोस्की रहेका छन् । पूरा टिम उनकै वरिपरि घुम्ने गरेको छ । पछिल्लो समय कम्तीमा उनी आफै भने लयमा छन् । स्लोभाकिया आफै पनि निकै उतारचढावपूर्ण लयबाट गुज्रिरहेको टिम छ । त्यसैले उसले पछिल्ला १३ खेलमध्ये दुईमा मात्र जित निकाल्न सकेको छ । यस्तोमा पोल्यान्डले जित निकाल्ने विश्वास गर्न सकिन्छ, तर स्लोभाकियाले कडा चुनौती पेस गर्ने तय छ ।

स्कटल्यान्डविरुद्ध चेक गणतन्त्र

ग्लास्गो– स्कटल्यान्डले सोमबार युरो २०२० को आफ्नो पहिलो खेलमा चेक गणतन्त्रको सामना गर्नेछ । त्यसअगाडि व्यवस्थापक स्टिभ क्लार्कले टिमको ‘जायन्ट किलर’ को पुरानो छवि कायम राख्न चाहेको बताएका छन् । स्कटल्यान्ड २३ वर्षयता पहिलोपल्ट कुनै ठूलो प्रतियोगिता खेल्दै छ । कुनै समय ठूला प्रतियोगिता नियमित खेल्ने गरेको स्कटल्यान्डले यसपल्ट भने प्लेअफको बाटो भएर युरोमा छनोट भएको हो । इतिहास पल्टाउने हो भने स्कटल्यान्डले नेदरल्यान्ड्स र स्पेनजस्ता टिमलाई हराएको छ ।

यही स्कटल्यान्डले सन् १९९९ मा अन्तिम पटक इंग्ल्यान्डलाई हराएको थियो । अहिले स्कटिस टिमका कप्तान छन्, लिभरपुलका एन्डी रोबर्टसन । व्यवस्थापक क्लार्कले भनेका छन्, ‘केही वर्षअगाडि स्कटल्यान्डले जसरी खेल्ने गर्थ्यो, फेरि त्यस्तै खेल्ने रणनीति छ । हामी ठूला टिममाथि स्तब्धपूर्ण नतिजा निकाल्न सक्षम छौं । विश्वास गरौं, यसपल्टको प्रतियोगिता यस्तै हुनेछ ।’ चेकविरुद्धका पछिल्ला तीन खेलमा स्कटल्यान्ड विजयी रहेको छ । त्यसैले समूह ‘डी’ को खेलअगाडि स्कटल्यान्ड निकै उत्साहित रहनेछ ।

प्लेयर्स टु वाच

आयमेरिक लापोर्ट (स्पेन)

पछिल्लो तीन सिजनको तथ्यांक हेर्ने हो भने विश्व फुटबलका सबैभन्दा स्तरीय सेन्टर ब्याक हुन् आयमेरिक लापोर्ट । उच्च लयमा हुँदाहुँदै पनि फ्रान्सेली टिमबाट पटक पटक बेवास्ता भएपछि उनले राष्ट्रियता परिवर्तन गर्ने निर्णय गर्दै पुगे स्पेन ।

इंग्लिस प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीका यी पर्खालले युरो २०२० को केही समयअघि मात्र स्पेनबाट खेल्न पाउने योग्यता पाएका थिए । प्रशिक्षक लुइस इनरिक स्पेनिस सरकारको त्यही निर्णयको पर्खाइमा थिए । किनभने खराब लय र चोटग्रस्त कप्तान सर्जियो रामोसको भूमिकालाई न्याय गर्न सक्ने लापोर्टमात्र थिए । चतुर्‍याइँपूर्ण ट्याकल र हेडरमा अब्बल लापोर्टले लामो पासमा पनि दक्षता राख्छन् । २७ वर्षीय लापोर्टले क्लबस्तरमा स्पेनिस प्रशिक्षकलाई निकै प्रभावित पारेका छन् । राष्ट्रिय टोलीबाट उनको परीक्षण हुन बाँकी छ ।

रोबर्ट लेवान्डोस्की (पोल्यान्ड)

कोरोना महामारीका कारण बालोन डी’अर रद्द नभएको भए बायर्न म्युनिकका स्ट्राइकर लेवान्डोस्की निश्चित रूपमा त्यो उपाधिका हकदार हुन्थे । उनी विश्व फुटबलकै मुख्स स्टार हुन् । सन् २०१९/२० को सिजनमा बायर्नका लागि लेवान्डोस्कीले ४७ खेलमा ५५ गोलको सानदार प्रदर्शन गरे । एक क्यालेन्डर वर्षमा यो तथ्यांक अहिलेसम्म क्रिस्टियानो रोनाल्डो र लियोनल मेसीले मात्र हासिल गर्न सकेका थिए ।

२०२०/२१ को सिजनमा विगतभन्दा कम गोल गरे पनि उनले एकै सिजन ४० गोल गर्ने गर्ड मुलरको कीर्तिमान तोडे । यो सफलता उनले २९ खेलमा पाएका हुन् । आधुनिक फुटबलको पछिल्ला वर्षमा उनलाई उत्कृष्ट ‘नम्बर नाइन’ स्ट्राइकर मानिन्छ । लेवान्डोस्कीले देशका लागि भने अहिलेसम्म उच्च सफलता पाएका छैनन् । उनकै प्रदर्शनमा युरोको अघिल्लो संस्करणमा पोल्यान्ड क्वाटरफाइनल पुगेको थियो । चौथोपल्ट युरो खेल्न लागेको पोल्यान्डको त्यो नै उत्कृष्ट नतिजा हो । ३२ वर्षीय लेवान्डोस्कीले पोल्यान्डबाट १ सय १९ खेलमा ६६ गोल गरेका छन् ।

(एजेन्सी/कान्तिपुर दैनिक)

युक्रेनमाथी नेदरल्यान्ड्सको रोमान्चक जित

खेलकुद


काठमाडौँ — जेष्ठ ३१, २०७८। 

नेदरल्यान्ड्सले १६ औं संस्करणको युरोकप फुटबलमा विजयी सुरुवात गरेको छ । गयराति भएको खेलमा युक्रेनलाई ३-२ गोल अन्तरले पराजित गर्दै नेदरल्यान्ड्सले सुखद सुरुवात गरेको हो ।

आम्स्टरडामस्थित जोहन क्रुफ एरिनामा नेदरल्यान्ड्सलाई जित दिलाउन जर्जिनियो विनाल्डम, वाउट वेगहोर्स्ट र डेन्जल डम्फ्राइजले एक एक गोल गरे । युक्रेनका एन्ड्री यार्मोलेन्को र रोमन यारेमचुकले एक एक गोल फर्काए । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा नेदरल्यान्ड्सले सुरुवाती अग्रता बनाएको थियो ।

खेलको ५२ औं मिनेटमा कप्तान विनाल्डमले गोल गर्दै नेदरल्यान्ड्सलाई सुरुवाती अग्रता दिलाएका थिए । ५९ औं मिनेटमा वेगहोर्स्टले गोल गर्दै नेदरल्यान्ड्सलाई २-० को अग्रता दिलाए । दुई गोलले पछि परेपनि युक्रेनले उत्कृष्ट पुनरागमन गर्यो । खेलको ७५ औं मिनेटमा यार्मोलेन्कोले गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए ।

खेलको ७९ औं मिनेटमा युक्रेनका रोमनले गोल गरेपछि खेल २-२ को बराबरीमा पुग्यो । तर, खेलको ८५ औं मिनेटमा डम्फ्राइजले गोल गर्दै नेदरल्यान्ड्सलाई ३-२ को जित दिलाए ।

यस जितसँगै समूह ‘सी’ को नेदरल्यान्ड्सले महत्वपूर्ण ३ अंक जोडेको छ । नेदरल्यान्ड्स समूहको दोस्रो स्थानमा रहेको छ । ३ अंक जोडेको अष्ट्रिया शीर्ष स्थानमा रहेको छ ।

चाइनिज ताइपेइविरुद्ध नेपालको शानदार जीत

खेलकुद


 

काठमाडौं -नेपालले विश्वकप तथा एएफसी एसियन कपको संयुक्त छनोटमा चाइनिज ताइपेइ विरुद्ध शानदार जीत हासिल गरेको छ । हिजो् भएको ताइपेइ विरुद्धको खेलमा अञ्जन विष्ट र नवयुग श्रेष्ठको गोल मद्दतमा २-० को नतिजा निकाल्दै नेपालले आफनो जीत शुनिश्चित गरेको हो । 

जाबेर अल अहमद रंगशालामा भएको खेलको चौथो मिनेटमा अञ्जनले पेनाल्टीमार्फत गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । सन्तोष तामाङले प्रहार गरेको फ्रिकिकमा विपक्षी टोलीका खेलाडीले पेनाल्टी एरिया भित्र  ह्यान्ड गरेसँगै नेपालले पेनाल्टीको अवसर पाएको थियो ।

सोही अवसरको सदुपयोग गर्दै अञ्जनने नेपाललाई सुरुआतमै अग्रता दिलाए ।अञ्जनको गोलसँगै पहिलो हाफमा १-० अग्रता लिएको नेपाल दोस्रो हाफमा केही डिफेन्सिभ भएको देखिन्थ्यो ।

निर्धारित ९० मिनेटको खेल सकिन १० मिनेट बाँकी रहँदा बायाँतर्फबाट सुमन अर्यालले दिएको क्रसमा नवयुगले ट्यापइन फिनिस गर्दै नेपालको अग्रता दोब्बर पारे। ताइपेइले भने एक गोल पनि फर्काउन सकेन ।

 जितसँगै नेपालले विश्वकप तथा एसियन कप छनोटका ६ खेलबाट ६ अंक जोडेको छ ।

नेपाल र ईजरायल बीचको ६० औं कूटनीतिक दिवसका अवसरमा खेल प्रतियोगिता

खेलकुद


तेल अभिभ -नेपाल र ईजरायल बीच कूटनीतिक सम्बन्ध स्थापना भएको ६० औं वर्षगाँठको अवसर पारेर क्याचबल प्रतियोगिता आयोजना गरिएको छ । ईजरायल स्थित नेपाली दूतावासले शनिवार ईजरायली संस्था मामानेतसँगको सहकार्यमा नेपाली र ईजरायली टिम बीच मैत्रीपूर्ण मामानेत - क्याचबल प्रतियोगिता आयोजना गरेको हो ।  प्रतियोगिता ३ नेपाली र ३ ईजरायली गरी जम्मा ६ टिम सहभागी थिए। छोटो समयको अभ्यासका बाबजुद ३ वटै नेपाली टिमबाट सन्तोषजनक खेल प्रदर्शन भएको थियो।

उक्त प्रतियोगिताको उद्‍घाटन सत्रमा ईजरायलको गानेइ टिक्भा नगरपालिकाकी (प्रतियोगितास्थल) की मेयर लिजी डिलारिचा, मामानेत संस्थाका संस्थापक तथा कार्यसमिती अध्यक्ष ओफ्रा अब्राहिमोभिक संस्थाकै सिईओ करिन ईनिज  लगायत उपस्थित थिए। उद्‍घाटन सत्रमा बोल्दै राजदूत डा. अन्जान शाक्यले यस्ता प्रतियोगिता आयोजनाले सांस्कृतिक सम्बन्ध थप प्रगाढ बनाउन टेवा पुग्ने बताईन् ।  साथै, राजदुत शाक्यले प्रतियोगिताको उद्देश्य महिलाहरुलाई खेलकूदमा संलग्न गराई उनीहरुमा आत्मविश्वास जगाउने रहेको उल्लेख  गर्दै ईजरायलमा ठुलो महिला खेलको रूपमा सुपरिचित यस खेललाई नेपालमा विस्तार गर्न आफू लागिपर्ने प्रतिवद्धता समेत जनाईन्।

प्रतियोगिताका सम्पूर्ण सहभागीहरुलाई मेडल तथा विजेता टिमलाई ट्रफी प्रदान गरिएको थियो भने कार्यक्रमको समापनसँगै केही नेपाली खानाका परिकारहरु समेत पस्किएको थियो।

एसियाका ४० टिमबीच आठ समूहमा प्रतिस्पर्धा जारी

खेलकुद


कोरोनाका कारण एक वर्ष रोकिएको फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ को दोस्रो चरणका खेल सुरू भैसकेको छ। एसियाका ४० टिमबीच आठ समूहमा प्रतिस्पर्धा जारी छ। यी आठ समूहका शीर्ष टिम विश्वकप छनोटको तेस्रो चरणमा पुग्नेछन् भने एसिया कपमा सिधै छनोट हुनेछन्। आठ समूहका उत्कृष्ट चार टिम पनि विश्वकप छनोटको तेस्रो चरणमा पुग्दा एसिया कपमा पनि छनोट हुनेछन्।
काठमाण्डौ
आठ समूह मध्ये समूह  सी को भिडन्त रोचक देखिएको छ। समूह सी मा इराकसहित बहराइन, इरान, हङकङ र कम्बोडिया छन्।

इराक समूहका पाँच मध्ये ३ खेलमा जित र २ खेलमा बराबरी खेल्दै ११ अंक का साथ शीर्ष स्थानमा छ । यस  समूहमा पाँच पटक फिफा विश्वकपमा सहभागी भइसकेको तीन पटकको एसियन च्याम्पियन इरान तेस्रो स्थानमा रहेको अवस्था छ। उसले चार खेलमा ६ अंक मात्र जोड्न सकेको छ।

इराकले एसियाको उत्कृष्ट टिम मध्येको एक इरानलाई २(१ ले पराजित गर्दा कोम्बोडियालाई ४(० र हङकङलाई २(० गोलले पराजित गरेको थियो। बहराइनसँगका दुवै खेल भने बराबरीमा सकिएका थिए। 

अब बाँकी रहेका तीन खेलमा उत्कृष्ट नतिजा निकाल्दै इराक विश्वकप छनोटको तेस्रो चरण र एसिया कपमा छनोट हुने योजनामा छ। 

पछिल्ला वर्षमा उत्कृष्ट नतिजा निकालेको इराकबिरुद्ध नेपाली टिम शनिबार राति सवा दश बजे अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा गर्दैछ।

यो प्रतिस्पर्धा नेपाली टिमका लागि कठिन चुनौती हुने पक्का छ। किनभने नेपाली टिमका लागि इराक एक बलियो प्रतिद्वन्द्वी मात्र होइन उसकै भूमीमा खेल्नु पर्ने अवस्था छ। 

इराकसँगको मैत्रीपूर्ण खेलअघि नेपाली टिमका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले कठिन चुनौती हुने स्वीकारेका छन्। 

उनले इराकी फुटबल संघसँग कुरा गर्दै भनेका छन्,ुइराकी टिम प्राविधिक रुपमा उत्कृष्ट छ। नेपालले एसिया र अरब क्षेत्रको बलियो टिमसँग खेल्दैछ।ु

कुवेती नागरिक अलमुताइरीले इराकबिरुद्धको खेललाई विश्वकप छनोटको तयारीको रुपमा लिएका छन्। आगामी साता कुवेतमा हुने छनोटमार्फत एसिया कप छनोटको अर्को चरणमा स्थान बनाउने अलमुताइरीको योजना छ। त्यसका लागि नेपालले समूहमा तेस्रो वा चौथो स्थानमा रहनु पर्नेछ। त्यहीँ लक्ष्यलाई सकार पार्नका लागि अलमुताइरीले इराकसँगको खेल सिक्ने अवसरको रूपमा लिएका छन्।

इराकले पनि विश्वकप छनोटको तयारीकै लागि नेपालसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो। यसअघि उसले घरेलु मैदानमा ताजकिस्तानसँग मैत्रीपूर्ण खेल खेलेको थियो। सो खेल गोलरहित बराबरीमा सकिएको थियो। 

विश्वकप छनोटसँगै इराकले कोरोना भाइरस सुरु हुनुअघि सकिएको अरेबियन गल्फ कपमा पनि उत्कृष्ट खेल देखाएको थियो।

समूहमा एसियन च्याम्पियन कतारलाई २(१ र युएईलाई २(० ले पराजित गर्दै इराकले सेमिफाइनलमा स्थान बनाएको छ। सेमिफाइनलमा भने इराक बहराइनसँग पेनाल्टी सुटआउटमा पराजित हुन पुग्यो। पछि बहराइन च्याम्पियन बनेको थियो। 

इराकको प्रशिक्षकमा स्लोभेनियाका सेच्को कटानिच छन्। उनको प्रशिक्षणमा स्लोभेनियाले २००० को युरो कप खेलेको थियो। यस्तै उनकै प्रशिक्षणमा स्लोभेनियाले सन् २००२ को विश्वकप पनि खेल्यो। उनी सन् २००९ मा युएईको प्रशिक्षक बनेका थिए। युएईले २०११ मा बर्खास्त गरेपछि उनी फेरि स्लोभेनियाको प्रशिक्षक बनेका थिए। 

कटानिक सन् २०१८ देखि इराकको प्रशिक्षक छन्। उनको प्रशिक्षणमा इराकले उत्कृष्ट खेल देखाइरहेको छ। 

इराकी टिममा क्यानेडियन क्लब भ्यानकुभर ह्वाइटक्यापबाट व्यवसायिक फुटबल खेल्ने अली अडनान छन्। भ्यानकुभरले अमेरिकाको मेजर लिक सकर खेल्ने गर्छ। डिफेन्डर अडानानबाहेक टिममा रसियन क्लबबाट खेल्ने मिडफिल्डर सफा हडी र कतारी क्लब  कतार एससीबाट खेल्ने बासर रेसन पनि टिममा छन्।

फरवार्ड मोहनाड अली पनि कतारी क्लब अल सैलियाबाट खेल्ने गर्छन्। डिफेन्डर रेबिन सुलाका बुल्गेरियाको लेभ्स्की सोफियाबाट खेल्छन्। यी बाहेक अन्य खेलाडी इराककै क्लबबाट खेल्ने गर्छन्। 

सन् २००७ मा इन्डोनेसिया, मलेसिया, थाइल्यान्ड र भियतनामले संयुक्त रुपमा आयोजना गरेको एएफसी एसियन कपको उपाधि इराकले जितेको थियो। त्यतिबेला इराकले समूह चरणमा अस्ट्रलेयामाथि ३(१ को जित निकालेर सबैको ध्यान खिँचेको थियो। क्वार्टरफाइनलमा भियतनाम,  सेमिफाइद्दलमा दक्षिण कोरिया र फाइनलमा साउदी अरेबरियालाई हराउँदै इराकले उपाधि जितेको थियो। 

इराकले सन् १९८६ को विश्वकप खेलेको थियो। फुटबलको गर्विलो इतिहास बोकेको इराकबिरुद्ध खेल्न पाउनु नेपालका लागि ठूलो अवसर भएको नेपालका कप्तान किरणकुमार लिम्बुको भनाइ छ। 

फिफा वरीयतामा आफूभन्दा १०३ स्थान माथिको इराकको बेगलाई रोक्न नेपालका प्रशिक्षक अलमुताइरीले कस्तो योजना बनाउँछन्, त्यो हेर्न बाँकी छ। अलमुताइरीले नेपाली खेलाडीको आत्मविश्वास बढाउने काम गरिरहेका छन्। अब खेलाडीले उनको रणनीति मैदानमा लागू गर्न पर्नेछ। 

इराकसँग प्रतिस्पर्धा गरेपछि नेपाली टिम स्थालमार्गबाट विश्वकप छनोट खेल्न कुवेत प्रस्थान गर्नेछ। 

छनोटमा समूह ुबीु रहेको नेपालले अहिलेसम्म एक खेलमा मात्र जित हात पारेको छ। चार खेलमा नेपाली टिम पराजित भइसकेको छ। नेपाल ३ अंक जोड्दै चौथो स्थानमा छ। समूहमा नेपालभन्दा पछि अंकविहीन चाइनिज ताइपेई छ।

समूहको शीर्ष स्थानमा १२ अंक जोडेको अस्ट्रेलिया छ। दोस्रो स्थानको कुवेत र तेस्रो स्थानको जोर्डनको समान १०(१० अंक छ।

नेपालले अब जोर्डन, अस्ट्रेलिया र चाइनिज ताइपेईसँग खेल्न बाँकी छ।

नेपालले पहिलो खेल ताइपेईसँग ३ जुनमा, दोस्रो खेल जोर्डनसँग ७ जुन र तेस्रो खेल ११ जुनमा अस्ट्रेलियासँग खेल्नेछ। 

नेपाली टिममा को को छन् रु
गोलकिपर स् किरणकुमार लिम्बु ९कप्तान०, दीप कार्की, विशाल सुनार 
डिफेन्डर स् रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, विकास खवास, सुमन अर्याल
मिडफिल्डर स् मनिष डाँगी, कमल थापा, एरिक विष्ट, विशाल राई, सुनील बल, सन्तोष तामाङ, सुरज ज्यू ठकुरी, आयुष घलान, पुजन उपरकोटी
फरवार्ड स् अभिषेक रिजाल, नवयुग श्रेष्ठ, आशिष लामा, सुमन लामा, अन्जन विष्ट 

खेल सफलतामा प्रेरणाको मनोबैज्ञानिक प्रभाव

खेलकुद


डिएन घिसिङ 

  खेलकुदमा सकृय हुनका लागि प्रेरणाले निकै अर्थ बोकेको हुन्छ।प्रेरणा भनेको मानसिक प्रवृत्तिको सक्रियता जगाउनु हो।मुलतःप्रारम्भिक चरण अर्थात उदेश्य प्रवृत्त गराउन प्रेरणात्मक भुमिका मह्त्वपुर्ण हुन्छ।ब्यक्तिगत क्रियाकलापको प्रतिफलबाट उब्जेका उत्सुकतालाई उदेश्य पुर्तिका लागी अखण्डीत बनाई राख्ने प्रक्रिया पनि हो प्रेरणा।खेलाडीको प्रयासमा सफलता वा असफलता पनि यसैमा निहित रहन्छ।

     प्रेरणाले कसरी काम गर्छ भन्ने बिषयमा अमेरिका स्थित न्युयोर्कबाट प्रकाशित भेरी वैल माइन्ड जर्नलमा प्रकाशित शोधले पुष्टि गरेको छ।स्तभकारद्वय केन्द्र चेरी र स्टेभन गेन्सको अनुसन्धानात्मक आलेखमा बाह्य र अन्तर्निहित प्रेरणाको बारेमा सबिस्तार बर्णन गरिएको पाईन्छ।  सन २०२०को प्रारम्भमा तयार पारिएको सो सोधमा प्रेरणाबाट हुन सक्ने सम्भावित उपयोगी तर्कना प्रस्तुत गरिएको छ।शोधकर्ताहरुले पत्ता लगाए अनुसार प्रत्येक प्रकारको व्यक्तिको ब्यवहार र लक्ष्यहरूको खोजीमा फरकपना हुन्छ।मानव व्यवहारमा आन्तरिक र बाह्य प्रेरणाको प्रभावले परिवर्तन गर्न सघाउ मात्रै हैन उत्प्रेरित गरेर अपेक्षाकृत क्रियाकलापमा जोडबल गर्दछ।उक्त प्रकाशित सोधमा जुनसुकै करियर तय गर्नुपुर्व प्रेरणाले परिबर्तन गर्ने मनोबैज्ञानिक आधार समेत खुलाएको छ।

     खेलाडीहरुले खेलमा अभ्यास वा प्रतिस्पर्धा गर्दा  प्रेरणाले उल्लेखनीय भुमिका खेल्ने बिषयमा अन्तर्राष्ट्रिय सोधकर्ताहरुको एकमत रहेको छ। अमेरिका स्थित एसोसिएसन फर एप्लाइड स्पोर्ट्स साइकोलोजिको बिशेष बुलेटिनमा स्टेफनी हेच, डेनियल थॉमसेन र जेनिफर जे वाल्ड्रनको अनुसन्धानात्मक आलेखमा यस सम्बन्धमा दलिल पेश गरेको पाईन्छ।आमेरिकाको आयोवा विश्वविद्यालयद्वारा प्रकाशित सो जर्नलले खेलाडीको आन्तरिक र बाह्य प्रेरणाको कारण सफलता हासिलको दिशामा बल पुग्ने आधार बारे उल्लेख छ । सो जर्नलमा चेतनाको स्तरमा पुर्बज्ञान प्राप्त गरेर प्रेरणाले व्यवहारको सबै पक्षहरूलाई निर्धारित गर्ने, हामीले कसरी सोच्छौं, महसुस गर्छौं र अरूसँग अन्तर्क्रिया गर्छौ त्यसले पनि असर गर्ने भन्ने कुरा खुलाईएको छ भने खेलकुदमा उच्च प्रेरणा व्यापक रूपमा स्वीकार गर्ने  खेलाडीको क्षमतालाई पूरा गर्नको लागि एक आवश्यक शर्तको रूपमा प्रेरणा महत्वपूर्ण               सवाल रहने जिकिर गरिएको  छ।

 खेलकुदमा बिशिस्टता हासिल गर्न र चुनौतीपूर्ण यथार्थपरक अबस्थाको सामना गर्न प्रेरणाले अहम भुमिका खेल्दछ।प्रेरणा बास्तबमा चलायमान उर्जा पनि हो।प्रेरित खेलाडीले खेलमैदान होस वा तयारी अबस्थामा प्रत्येक प्रकारको प्रभाव र भिन्न स्थितिलाई संयम बनाउन प्रेरणाले सघाउ पुर्याउदछ ।खेलाडीको आन्तरिक र बाह्य प्रेरणाको विविधता बारे यसरी उल्लेख गरिएको छ।

क)आन्तरिक प्रेरणा 

 आन्तरिक रूपमा प्रेरित खेलाडीले विशेष गरी शुद्ध आनन्द र सन्तुष्टिका लागि खेलकुदमा  सकृय हुने गर्दछ।सीप सुधार वृद्धिमा ध्यान केन्द्रित गर्दछ।आन्तरिक प्रेरणामा अनुभुतिका क्रियाकलापमा जोडबल गर्दछ।प्रयासमा दृढ़ सकल्प रहन्छ।सफलता वा असफलतामा स्वयंले निर्देशित गर्दछ।अझ स्पष्ट रूपमा भन्नू पर्दा यसो गरिनु स्वयंसिद्ध हुनु हो।

१)रुचिकर कार्यमा केन्द्रित 

२)प्रयासको परिवर्तनमा स्थिर 

३) न्यून व्याकुलता वा तनाव रहित 

४)आत्म विश्वास 

५)आत्म-प्रभावकारिता

६)पुर्ण सन्तुष्टि

 

ख)बाह्य प्रेरणा

      बाह्य प्रेरणा सामाजिक क्रियाकलापबाट प्रतिक्रिया स्वरुप पैदा भएको हुन्छ।खेलकुदमा भौतिक पुरस्कार, उपहार र  विशेष सुविधाजनक अबस्थामा खेलाडीलाई बाह्य प्रेरणा मिलेको हुन्छ।बाह्य उत्प्रेरित खेलाडीले प्रतिस्पर्धी वा प्रदर्शनको परिणाममा ध्यान केन्द्रित गर्दछ।

१)बाह्य पुरस्कारद्वारा व्यवहार नियन्त्रण

२) सजाय वा दोषबाट बच्नको लागि प्रयास रहन्छ

३)विफलतासँग सामना गर्ने पद्धतिमा जोड 

४)प्रदर्सनको देखासिखी ध्यान केन्द्रित

५)रमाइलो बाताबरणमा उपलब्धि महसुस 

६)मह्त्वकाङ्क्षी प्रभाव 

   अधिकांश खेलाडीको खेल प्रदर्शनले एक मानक प्राप्त गरेको हुन्छ। यसमा मनोबैज्ञानिक कारण रहन्छ। खेल सुदृढीकरणको लागी योग्यपना, गतिविधिमा रुचि र सहभागिता महत्वपूर्ण रहन्छ।खेलाडीले गर्ने प्रदर्शनको  निरन्तरता र उपलब्धिले प्रेरणा दिलाउँदछ ।यसर्थ पनि खेलमा सहभागी हुने खेलाडीको लक्ष्य निर्धारण गरेर सफलता तर्फ उन्मुख गराउन प्रेरणालाई भावानात्मक प्रस्थान बिन्दु मानिएको छ।

लमजुङमा खुला ठाडो भाका र बाघचाल प्रतियोगिता शुक्रबारदेखि

खेलकुद


लमजुङ - बैशाख ९

लमजुङ, यही वैशाख १० र ११ गते खुला प्रतियोगिताका रूपमा ठाडो भाका र बाघचाल प्रतियोगिताको आयोजना हुने भएको छ । ठाडोभाका लोककला प्रतिष्ठान नेपालले बेँसीशहरमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष नवराज पहाडीले लोकसंस्कृतिको उत्थानका लागि कार्यक्रम आयोजना गरिएको बताए। उहाँले ठाडो भाकाका लागि पुरुष र महिला तीन÷तीनजना सहभागी भई विपरीतलिङ्गी समूहसँग १० टुक्का गाउनुपर्नेछ ।

दोर्दी गाउँपालिका–६ कीर्तिपुरबँेसीको भगवान् आधारभूत विद्यालयमा आयोजना गरिने कार्यक्रमको प्रवद्र्धन दोर्दी गाउँपालिकाले गरेको छ । कार्यक्रममा ठाडो भाकाका महानायकको उपाधि बुद्धिमान दुरा ‘धम्पु’ लाई र ठाडोभाका ‘नर्मदा स्मृति’ पुरस्कारबाट लोक संस्कृतिकर्मी कृष्ण कँडेललाई सम्मान गरिने भएको छ ।

प्रतियोगिताका लागि ठाडोभाकातर्फ १५ समूह र बाघचालतर्फ ३५ जनाले नाम दर्ता गरिसकेको अध्यक्ष पहाडीले बताए। ठाडोभाकातर्फ ९० टोलीको सहभागिता रहनेछ । ठाडोभाकातर्फ प्रथमलाई रु २५, दोस्रोलाई रु १५ र तेस्रोलाई १० हजार पुरस्कार प्रदान गरिने तथा सहभागी समूहलाई बाटो खर्चस्वरुप रु तीन÷तीन हजार प्रदान गरिने छ । बाघचालतर्फ प्रथमलाई रु सात हजार, दोस्रोलाई रु चार हजार र सान्त्वना दुई जनालाई रु दुई÷दुई हजार पुरस्कार छ । पत्रकार सम्मेलनमा प्रतिष्ठानका संरक्षक दुरा र सदस्य दुराले ठाडो भाकाका केही टुक्का गाएका थिए । रासस

आज त्रिवि क्रिकेट मैदानमा दर्शकलाई निषेध

खेलकुद


काठमाडौं - बैशाख ७

काठमाडौं, आज हुने त्रिदेशीय क्रिकेट सिरिजमा दर्शकलाई मैदान प्रवेशमा निषेध गरिएको छ । टी–२० क्रिकेट सिरिजका बाँकी खेलमा दर्शकलाई प्रवेश निषेध गरिएको नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ ।कीर्तिपुरस्थित त्रिवि मैदानमा आजदेखि सञ्चालन हुने बाँकी खेलमा दर्शकलाई मैदान प्रवेशमा निषेध गरिएको क्यानका सचिव अशोकनाथ प्याकुरेलले जानकारी दिए। क्यानले विज्ञप्ति जारी गर्दै मन्त्रिपरिषद्को बैठकले सार्वजनिक कार्यक्रममा २५ जनाभन्दा बढी जम्मा हुन नपाउने निर्णय गरेकाले त्रिदेशीय टी–२० क्रिकेटको बाँकी खेलमा दर्शकलाई प्रवेश निषेध गरिएको जनाएको छ ।

यस निर्णयसँगै नेपाली क्रिकेट समर्थकलाई परेको असुविधाप्रति क्यानले क्षमा मागेको छ । यसअघिका खेलमा भने दर्शकले शुल्क तिरेर खेल हेर्न अनुमति पाएका थिए । सिरिजअन्तर्गत आज नेपालले नेदरल्याण्डविरुद्ध खेल्दैछ । यसअघि नेपालले नेदरल्याण्डलाई पहिलो खेलमा नौ विकेटले पराजित गरेको थियो । नेपाल उपाधि होडमा बलियो अवस्थामा छ ।

हालसम्मको खेल प्रदर्शनका आधारमा नेपाल तीन देश सम्मिलित सिरिजको शीर्षस्थानमा छ । नेपालले आफ्नो दुवै खेल जित्दै चार अङ्क जोडेको छ । नेदरल्याण्डले दुईमध्ये एक खेलमा जित तथा एकमा हारका साथ दुई अङ्क जोड्दै दोस्रो स्थानमा छ । यस्तै मलेशिया आफ्ना दुवै खेलमा पराजित हुँदै लिगको पुछारमा छ । नेपाल र नेदरल्याण्डविरुद्धको आजको खेल दिउँसो सवा १ बजे हुनेछ । रासस

हेटौडामा तीनदिने जिल्लास्तरीय विद्यालय ब्याटमिन्टन प्रतियोगिता शुरु

खेलकुद


हेटौडा - बैशाख ३

हेटौडा, वाग्मती प्रदेशको राजधानी हेटौँडामा आजवाट तीनदिने जिल्लास्तरीय विद्यालय ब्याटमिन्टन प्रतियोगिता शुरु भएको छ । प्रदेश प्रहरी कार्यालय हेटौँडा र ब्याटमिन्टन सङ्घ मकवानपुरद्वारा संयुक्तरुपमा हेटौँडा उपमहानगरपालिका–११ थानाभ¥याङस्थित सामुदायिक सेवा केन्द्रको कभर्ड हलमा आयोजित सो प्रतियोगिता उद्घाटन गर्दै हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले खेल क्षेत्रको विकासका लागि सबै क्षेत्रको साथ र सहयोग आवश्यक रहेको बताए ।

उहाँले देशलाई विश्वसामु चिनाउन खेल क्षेत्र र खेलाडीको महत्वपूर्ण भूमिका रहेको भन्दै खेलकूद क्षेत्र र खेलाडीको समस्या समाधानका लागि उपमहानगरपालिका सधै तयार रहेको बताए । उनले कभर्ड हलमा हाल देखिएको बिजुली र साउण्ड सिस्टमको समस्या समाधानका लागि उपमहानगरपालिकाले आवश्यक पहल गर्ने विश्वास व्यक्त गरे । समुदाय प्रहरी साझेदारी अवधारणाअन्तर्गत आयोजना गरिएको उक्त प्रतियोगितामा मकवानपुर जिल्लाका विभिन्न १० विद्यालयका विद्यार्थीको सहभागिता रहेको प्रदेश प्रहरी कार्यालय हेटौँडाले जनाएको छ ।

प्रदेश प्रहरी कार्यालयकी प्रवक्ता मीरा चौधरीले खेलको विकास तथा विस्तार गर्ने, विद्यार्थीमा ब्याटमिन्टन खेलप्रति रुचि जगाउने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्न सक्ने उत्कृष्ट खेलाडी उत्पादन गर्ने लक्ष्यसहित उक्त प्रतियोगिताको आयोजना गरिएको जानकारी दिए। कक्षा १ देखि १० कक्षासम्मका विद्यार्थीको सहभागितामा विभिन्न पाँच विधामा प्रतियोगिता सञ्चालन हुनेछ ।

बाह्र वर्षमुनि उमेर समूहका लागि महिला र पुरुषको सिङ्गल तथा १२ वर्षमाथिको उमेर समूहमा महिला र पुरुषको सिङ्गल तथा पुरुषतर्फको डबल गरी पाँच वटा विधामा प्रतियोगिता सञ्चालन गरिने प्रवक्ता चौधरीले जानकारी दिए ।

प्रतियोगितामा सहभागी भएका खेलाडीमध्येबाट उत्कृष्ट ३० जना खेलाडीलाई दुई महिनासम्म निःशुल्क प्रशिक्षण प्रदान गरिने पनि वाग्मती प्रदेशका प्रहरी नायब महानिरीक्षक वसन्तकुमार लामाले जानकारी दिए । उनका अनुसार, प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्ने १२ वर्ष उमेर समूहका सिङ्गल छात्र तथा छात्राले क्रमशः नगद रु सात हजार, रु पाँच हजार र रु तीन हजार प्राप्त गर्नेछन् भने १२ वर्ष उमेर समूहभन्दा माथिका सिङ्गल र डबलतर्फ प्रतिस्पर्धा गर्ने छात्र तथा छात्राले क्रमशः नगद रु १० हजार, रु सात हजार र रु पाँच हजार प्राप्त गर्नेछन् । रासस 

राष्ट्रिय क्योकुशिन–सेईसिन कराते प्रतियोगिता सम्पन्न

खेलकुद


भक्तपुर — चैत्र ३१, २०७७। 

नेपाल क्योकुशिन–सेईसिन काईकान कराते संघको आयोजनामा दुई दिनसम्म सन्चालित “पाँचौ राष्ट्रिय पुरुष तथा महिला तौल समूह फुलकन्ट्याक्ट (क्योकुशिन–सेईसिन) कराते प्रतियोगिता–२०७७ सम्पन्न भएको छ । भक्तपुरको सुर्यबिनायक स्थित योयो पार्टी प्यालेसमा भएको कार्यक्रममा प्रमुख अतिथी प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री महेस बस्नेत र रास्ट्रिय खेलकुद परिसदका सदस्य सचिब रमेश सिलवालले पानसमा दियो बाली संयुक्त रुपमा उदघाटन गर्नु भयो ।

प्रमुख अतिथी पुर्व उद्योग मन्त्री तथा प्रतिनिधी सभाका सदस्य महेश बस्नेतद्वारा खल्ला तौल समूह, ५५ के.जी. तौल समुह तथा ५० के.जी. तौल समुहका बिजेता पुरुष खेलाडीहरुलाई शिल्ड, मेडल, प्रमाणपत्र तथा नगद पुरस्कार वितरण गर्नु भएको थियो भने महिला तौल समुह, ४० के.जी. तौल समुह, ३५ के.जी. तौल समुहका बिजेता महिला खेलाडीहरु तथा ४५के.जी., ४०के.जी., ३५के.जी. तौल समुहका पुरुष खेलाडीहरुलाई शिल्ड, मेडल तथा प्रमाणपत्र तथा नगद पुरस्कार अर्का प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिव रमेश शिलवालद्धारा बितरण गर्नुको साथै मिस नेवाः नेपाल ११४१ का बिजेता कृषा महर्जन, शसस्त्र प्रहरी नायब उपरीक्षक समिक महर्जन तथा रोशन भोयद्योलाई कदरपत्रद्धारा सम्मान गरिएको थियो ।

कार्यक्रमका सभापति तथा केन्द्रिय संघका अध्यक्ष, नेपाल ब्रान्चचिफ एवं विश्व क्योकुशिन काई करांतेका उपाध्यक्ष सिहान अशोक कुमार श्रेष्ठद्धारा प्रमुख अतिथीलाई मायाको चिनो प्रदान गर्नु भएको थियो । त्यसैगरी अन्य प्रदेशबाट सहभागी खेलाडीहरुको हौसला प्रदान गर्न मिस नेवाः कृषा महर्जनद्धारा नेप्लिज फेशन होमको तर्फबाट स्टेशनरी तथा स्कुल ब्याग बितरण गरिएको थियो भने विशेष अतिथी भक्तपुर जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष श्रीभक्त कासिछवाद्धारा कार्यक्रमका जुरी, निर्णायक तथा सहयोगकर्ता महानुभावहरुलाई मायाको चिनो तथा कदरपत्र प्रदान गर्नु भएको थियो ।

कार्यक्रम संचालन मिस नेवाः नेपाल २०२१ का उपबिजेता प्रिया तण्डुकार तथा मिस नेवाः प्रजिता श्रेष्ठले गरेका थिए ।