मिस्टर एण्ड मिस हेरिटेज २०२२ को ताज 'सोनिया बिश्वोकर्मा ' र 'सन्देश श्रेष्ठलाई
News Desk
Dec-01 , 2022 तारिख 03:57 बेलुका

 

पोखरा । मिस्टर  एण्ड मिस हेरिटेज २०२२ को ताज 'सोनिया बिश्वोकर्मा ' र 'सन्देश श्रेष्ठ' ले जित्न सफल भएका छन् ।  ब्लु रेज प्रोडक्सनद्वारा आयोजित तेस्रो संस्करणको मिस्टर  एण्ड मिस हेरिटेजका १० प्रतिस्पर्धालाई पछि पार्दै  ताज जितेका छन्। 

ताजसहित क्राउन विजेताले फाेटाे सुटसँगै अन्य सुविधा  प्राप्त गरेका छन् । प्रतियोगितामा भुमिका नेपाली पहिलो रनरअप  हुन् सफल भएकी छिन् भने दोस्रो रनरअपमा अनिसा सुनारले बाजी मारेकी छिन् । त्यसैगरि अश्मिता नेपालीले ओर्गनाइजर चोइसको ताज हात पारिन् भने असल पौडेल भ्युअर्स च्वाइसको उपाधिबाट पुरस्कृत भए । 

दिप्सन खाती प्रमुख अतिथि रहेको उक्त कार्यक्रमको निर्णायक मण्डलमा  किसोर परियार , मोडल कृस मगर र फेसन डिजाइनरमा सपना तिवारी थिए ।

धेरै पढिएको