दोलखामा ‘किड्स सुपर मोडल २०२६’ को उत्साहपूर्ण समापन, बालप्रतिभाले जिते उपाधिसँगै राष्ट्रिय–अन्तर्राष्ट्रिय अवसर
News Desk
Jul-09 तारिख 09:29 बिहान • आज

दोलखा । एभरेष्ट इभेन्ट्सको प्रस्तुति तथा एस क्युब डान्स स्टुडियो र ग्रेस इभेन्ट्सको आयोजनामा ‘किड्स सुपर मोडल २०२६ दोलखा’ भव्य रूपमा सम्पन्न भएको छ। बालबालिकामा लुकेको प्रतिभा उजागर गर्दै उनीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फेसन र मनोरञ्जन क्षेत्रमा अवसर सिर्जना गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा दोलखा तथा आसपासका क्षेत्रका प्रतिभाशाली बालबालिकाको उत्साहजनक सहभागिता रहेको थियो।

प्रतियोगितामा विभिन्न चरणको प्रतिस्पर्धापछि मास्टर इभान तामाङ (किड्स), मिस राशिका कार्की (सुपर मोडल) र डिकी शेर्पा (जुनियर) आफ्ना-आफ्ना विधामा विजेता घोषित भए। त्यसैगरी लेक्सा थामी ‘लिटिल प्रिन्सेस’को उपाधिबाट सम्मानित भइन्। प्रतियोगिताका विजेताहरूले आफ्नो आत्मविश्वास, व्यक्तित्व, प्रस्तुति, र्याम्प वाक तथा समग्र प्रदर्शनका आधारमा निर्णायकहरूको मन जित्न सफल भएका थिए।

प्रतियोगितामा मिस्टर सुदीप गुरुङ, मिस काव्या श्रेष्ठ तथा मिस श्रेणाका श्रेष्ठ आफ्ना सम्बन्धित विधामा प्रथम उपविजेता घोषित भए भने मास्टर अनुभव जङ्ग कार्कीमिस प्रमिशा तामाङ द्वितीय उपविजेताको उपाधि जित्न सफल भए। त्यस्तै मिस सोनु पाठकमिस्टर रजत खाती ‘ब्रान्ड एम्बेसडर’ घोषित भए भने मिस सुहाना चौधरी ले ‘अर्गनाइजर च्वाइस’ अवार्ड प्राप्त गरिन्। लेक्सा थामी ले ‘ब्युटी विथ ब्रेन’को विशेष उपाधि जितिन्। दर्शकको मतका आधारमा कृजन थापा ‘भ्यूअर्स च्वाइस’ तथा इशुपा श्रेष्ठ ‘पब्लिक च्वाइस’ घोषित भए।

आयोजकका अनुसार प्रतियोगिताका मुख्य विजेताले रु. ५० हजार नगद पुरस्कार प्राप्त गरेका छन्। साथै प्रतियोगितामा सहभागी सबै प्रतियोगीलाई आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो। प्रतियोगिताका विजेताहरूले आगामी दिनमा अन्तर्राष्ट्रिय सौन्दर्य तथा प्रतिभा प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछन्। यससँगै विज्ञापन, पत्रपत्रिका, म्यागजिन, म्युजिक भिडियो, सर्ट फिल्म, उत्पादन फोटोसुटलगायत मनोरञ्जन क्षेत्रमा विभिन्न व्यावसायिक अवसर समेत उपलब्ध गराइने आयोजकले जनाएको छ।

कार्यक्रमका संस्थापक तथा एभरेष्ट इभेन्ट्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्ण श्रेष्ठ (रो बेन) ले बालबालिकाको प्रतिभालाई उचित मञ्च प्रदान गर्दै उनीहरूको भविष्य निर्माणमा सहयोग गर्ने उद्देश्यले यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताए। उनले दोलखाबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने प्रतिभा उत्पादन गर्ने लक्ष्यसहित कार्यक्रम आयोजना गरिएको उल्लेख गरे।

कार्यक्रमको व्यवस्थापन सुस्मिता पाख्रिनसुरज थापा ले गरेका थिए भने आयोजक टोलीमा सुनिता पाख्रिन तामाङसुस्मा पाख्रिन तामाङ रहेका थिए। प्रतियोगिताको कोरियोग्राफी अर्शु महर्जन ले गरेका थिए भने कार्यक्रम सञ्चालन ज्योति थापा ले गरेकी थिइन्। कार्यक्रममा सहभागीहरूको प्रस्तुति, आत्मविश्वास, व्यक्तित्व विकास तथा र्याम्प प्रस्तुति विशेष आकर्षणको केन्द्र बनेको थियो।

कार्यक्रमलाई सफल बनाउन भीमसेन श्रेष्ठ, अनिश श्रेष्ठसमीर श्रेष्ठ ले फोटोग्राफीको जिम्मेवारी सम्हालेका थिए। आतिथ्य साझेदारका रूपमा न्यु रेडिसन होटल तथा कालिन्चोक भोजनालय एण्ड लाउञ्ज रहेका थिए भने प्रशिक्षण स्थल साझेदार दरबार पार्टी प्यालेस, चरिकोट रहेको थियो। शैक्षिक साझेदारका रूपमा अल्पाइन पब्लिक स्कुल, द राइजिङ स्टार स्कुल, मोडर्न नेपाल स्कुल, त्रिपुरा ग्लोरियस एकेडेमी तथा केईबीएस स्कुल ले सहकार्य गरेका थिए। मेकअप पार्टनरका रूपमा एसएमएस (सुशिला मेकअप स्टुडियो)आशिका एकेडेमी काठमाडौं को सहकार्य रहेको थियो।

आयोजक संस्थाले प्रतियोगिता केवल सौन्दर्य प्रदर्शनमा सीमित नभई बालबालिकाको व्यक्तित्व विकास, नेतृत्व क्षमता, आत्मविश्वास अभिवृद्धि तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय अवसरसँग जोड्ने सशक्त प्लेटफर्मका रूपमा स्थापित हुँदै गएको जनाएको छ। प्रतियोगिताको सफल आयोजनासँगै दोलखामा यस्ता सिर्जनात्मक र प्रतिभामुखी कार्यक्रमप्रति अभिभावक तथा स्थानीय समुदायको उत्साहसमेत उल्लेखनीय रूपमा बढेको आयोजकको विश्वास रहेको छ।