विजयबस्तीमा नवनिर्मित सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट (बिओेपी ) भवन उद्घाटन
News Desk
Dec-02 , 2022 तारिख 09:17 बिहान

वीरगंज – पर्साको ठोरी गाउँपालिका वडा नम्बर ४ विजयबस्तीमा नवनिर्मित सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट (बिओेपी ) भवनको शुक्रबार उद्घाटन गरिएको छ । सशस्त्र प्रहरी नायब महानिरीक्षक(डिआइजी) गणेश ठाडा मगरले नवनिर्मित भवनको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा बिओपी भवन निर्माणका लागि ५ कठ्ठा जग्गा दान गरेका जग्गादाता एवं रेडियो बिजयबस्तीका अध्यक्ष सन्तोष श्रेष्ठलाई डिआइजी मगरले दोसल्ला ओढाएर सम्मान गरे ।

कार्यक्रममा ठोरी गाउँपलिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णलाल श्रेष्ठ, ठोरी ४ का वडाध्यक्ष मान बहादुर थिङ, पर्साका सशस्त्र प्रहरी उपरिक्षक तेज प्रसाद पोखरेल लगायतको सहभागीता रहेको थियो ।