नेपालको पहिलो हरित विद्यालय -बज्र एकेडेमीमा सिकाई प्रदर्शनी सम्पन्न
News Desk
Dec-03 , 2022 तारिख 01:46 बेलुका

 

ललितपुर । गोदावरी नगरपालिका वडा नं १३ स्थित नेपालको पहिलो हरित विद्यालय -बज्र एकेडेमी परिसरमा सिकाई प्रदर्शनी सम्पन्न भएको छ । विद्यार्थी, अभिभावक एवम शिक्षक  शिक्षिकाहरुलाई लक्षित गरि आयोजित उक्त प्रदर्शनी शनिवार संचालनमा आएको हो ।  

सिकाई  प्रदर्शनी अन्तर्गत बज्र एकेडेमीमा कक्षा १ देखी १० सम्म अध्ययनरत विद्यार्थीहरुले भाग लिनुभएको थियो । जहाँ उहाँहरुले शिक्षण सिकाई तथा अतिरिक्त कृयाकलापमा  आधारित रहि आफुले सिकेका ज्ञान तथा सिपलाई सामुहिक रुपमा प्रदर्शनीका क्रममा प्रस्तुत गर्नुभएको थियो। त्यसक्रममा अभिभावक एवम शिक्षक शिक्षिकाहरुले विज्ञान, गणित, इतिहास, वातावरण, संगित, साहित्य, कला, भुगोल आदी बिषयसँग सरोकारित रहेर राखिएका प्रदर्शनी कक्षहरुको रुचिपूर्वक अवलोकन गर्नुभएको थियो ।  

बज्र एकेडेमीका कार्यकारी निर्देशक भुपेन्द्र थापाले विद्यालयले सिकाई प्रदर्शनीलाई शिक्षण सिकाई पद्धती अन्तर्गत प्रत्येक बर्ष आयोजना गर्दै आएको जानकारी दिनुभयो । साथै उहाँले                                  प्रदर्शनीले विद्यार्थीहरुको सिकाई क्षमता, वाककला प्रवर्धन लगायत व्यक्तित्व विकासमा समेत टेवा पुग्ने दाबी गर्नुभयो ।

धेरै पढिएको