गृहिणी हुनु वा बाहिरी काम गर्नु, यो पूर्णतः महिलाकै छनोटमा हुनुपर्छ : मनिषा कोइराला
News Desk
Dec-04 , 2022 तारिख 02:08 बेलुका

काठमाडौं । अभिनेत्री मनिषा कोइराला फिल्म उद्योगमा आएको तीन दशकभन्दा बढी भइसक्यो । उनले बलिउड यात्रा सन् १९९१ मा सुभाष घईको फिल्म सौदागरबाट सुरु गरेकी थिइन् र त्यसअघि सन् १९८९ मा नेपाली फिल्म ‘फेरि भेटौंला’मा अभिनय गरिसकेकी छन् ।

उनी पूर्वप्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाकी नातिनी हुन् । उनको क्रेडिटमा धेरै हिट फिल्म रिलिज भए । क्यान्सर जितेकी मनिषा एक सशक्त महिला र धेरै क्षेत्रमा सफल महिला समेत हुन् । लैंगिक सशक्तीकरणलाई छनोट गर्ने स्वतन्त्रता भएको भन्दै उनी पछिल्लो समय महिलाहरू बहुमुखी काममा निपुण भएको बताउँछिन् । महिलाले आफूले गर्न सक्ने पेसा छानेमा सफलता मिल्ने उनको धारणा छ ।

धेरै पढिएको