उदयपुरमा शान्तिपूर्ण रुपमा माध्यमिक शिक्षा परिक्षा (एसइई) शुरु
News Desk
Mar-28 तारिख 11:52 बिहान

उदयपुरमा शान्तिपूर्ण रुपमा माध्यमिक शिक्षा परिक्षा (एसइई) शुरु भएको छ । विहान ८ बजेबाट शुरु भएको यस वर्षको एसइईमा जिल्लाका आठ वटै पालिकामा गरी २५ वटा केन्द्रमा परिक्षा सञ्चालन गरिएको छ ।
एसइईलाई भयरहित,मर्यादित र विश्वसनीय बनाउन नौ सय २७ जना शिक्षक कर्मचारी तथा सुरक्षा अधिकारीहरु परिचालन गरिएको शिक्षा विकास तथा समन्वय ईकाई उदयुरका परिक्षा शाखा प्रमुख अर्जुन कार्कीले बताउनुभयो ।

साधारण नियमिततर्फ पाँच हजार छ सय ७३,प्राविधिक तर्फ एकसय ९२ र ग्रेड सुधार तर्फ एकसय ५२ गरी छ हजार १७ परिक्षार्थिले एसइई दिदैछन् ।  र यो वर्ष उदयपुरमा छात्र भन्दा छात्राहरुको सङ्ख्या ३ सय ६९ धेरै छ ।