ट्रक दुर्घटना हुँदा १ जनाको मृत्यु
News Desk
Apr-14 तारिख 01:10 बेलुका

धादिङको निलकण्ठ नगरपालिकास्थित खाल्टेमा ट्रक दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा स्थानीय बालक सन्तोष रम्तेलको मृत्यु भएको छ । दुर्घटनामा परी अरु ९ जना घाइते भएका छन् । निलकण्ठ नगरपालिका-५ खाल्टेको पतेनीबेसि तर्फ जाँदै गरेको बा २ ख ८९४७ नम्बरको ट्रक पिमलखोला नजिकै पालपाली टोलमा दुर्घटना भएको हो । मल लोड गरेको ट्रक सडकबाट करिव तीस मिटर तख खोल्सामा खसेको थियो ।

दुर्घटनामा परी घाइते भएकाहरुलाई जिल्ला अस्पताल धादिङमा थप उपचारका लागि लगिएको छ । घाइते सबैको अवस्था गम्भीर रहेकोले थप उपचारका लागि काठमाडौँ लैजाने तयारी गरिएको अस्पतालले जनाएको छ ।