रुकुम पश्चिममा आगलागीमा परेर ७१ वर्षीया बृद्धाको मृत्यु
News Desk
Apr-22 तारिख 10:53 बिहान

रुकुम पश्चिममा आगलागीमा परेर ७१ वर्षीया बृद्धाको मृत्यु भएको छ । आइतबार दिउँसो बाँफिकोट गाउँपालिका-३, को भत्नीगारे सामुदायिक वनमा लागेको आगो गाउँमा पस्दा स्थानीय बुदी कामीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार मृतक कामीको दुई तले खरले छाएको माटोको कच्ची घरमा आगो पस्दा उनको घटनास्थलमै मृत्यु भएको छ ।

आगलागीमा परेर मृत्यु भएकी बृद्धको शरीर जलेको अवस्थामा प्रहरी र स्थानीयले घर बाहिर निकालेका थिए । आगलागीबाट घर पूर्ण रुपमा ध्वस्त भएको छ । सामुदायिक वनमा लागेको आगो नियन्त्रणमा लिने काम भैरहेको प्रहरीले बताएको छ ।

धेरै पढिएको