ठूला नेतालाई झापड हान्न पेरिसडाँडा पुगेकी बालिका पक्राउ
News Desk
Sep-21 , 2020 तारिख 04:36 बेलुका

काठमाडाैं — आश्विन ५, २०७७। 

पेरिसडाँडा पुगेर ठूला नेतालाई झापड हान्न आएकी हुँ भन्ने महिलालार्ई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखाकी बालिका खड्का रहेकी छन् ।

यसअघि ती महिलाले प्रदेश १ का मुख्यमन्त्री शेरधन राई आफ्नो श्रीमान रहेको भन्दै अंश माग गरी मुद्दा दायर गरेकी थिईन् । बालिकाले केही दिन अघि मात्र काठमाडौँ जिल्ला अदालतमा दायर गरेको मुद्दा फिर्ता लिएकी छन् । बालिका खड्काले पेरिसडाँडामा सुरु भएको सचिवलाय बैठकमा ‘ठूला नेतालाई झापड हान्न आएकी हुँ’ भन्दै पुगेपछि प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेकी बालिकालाई महानगरीय प्रहरी प्रभाग कोटेश्वरमा राखिएको खबर आजको समाचारपत्रले प्रकाशन गरेको छ ।

धेरै पढिएको