नेपाल क्रिकेट संघ(क्यान) ले आइसिसी यु-१९ महिला टि-२० विश्वकप कपमा पुगेको महिला टोलीका खेलाडी तथा अफिसियलहरुलाई नगदसहित सम्मान
News Desk
Nov-15 , 2024 तारिख 04:43 बेलुका

नेपाल क्रिकेट संघ(क्यान) ले आइसिसी यु-१९ महिला टि-२० विश्वकप कपमा पुगेको महिला टोलीका खेलाडी तथा अफिसियलहरुलाई नगदसहित सम्मान गर्ने भएको छ ।

क्यानले आज विज्ञप्ती जारी गर्दै महिला युवा टोलीलाई पहिलो पटक विश्वकपमा पुर्‍याउन सफल खेलाडीहरुलाई जनही २ लाख ५० हजार तथा अफिसियलहरुलाई जनही १ लाख ५० हजार रुपैयाँसहित सम्मान गर्ने जनाएको छ ।

छनोटका लागि जित्नै पर्ने खेलमा हिजो युएईलाई ८ विकेटले पराजित गर्दै नेपालको यु-१९ महिला टोली आगामी वर्षको जनवरीमा मलेसियामा हुने यु-१९ महिला विश्व कपमा छनोट भएको हो । महिला युवा टोलीले अर्को महिना यु-१९ एशिया कप पनि खेल्ने भएको छ ।

धेरै पढिएको