ब्याटर ब्रायन लारा नेपाल आउने
News Desk
Dec-11 , 2024 तारिख 12:26 बेलुका

क्रिकेटका महान ब्याटर ब्रायन लारा नेपाल आउने भएका छन l नेपाल प्रिमियर लिग एनपीएल र नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्काले सामाजिक संञ्जाल मार्फत वेस्ट इन्डिजका लिभिङ लेजेन्ड लारा नेपाल आउन लागेको जानकारी दिएका हुन।

लारा एनपीएलकै दौरान नेपाल आउने बताइए पनि उनी आउने मिति भने खुलाइएको छैन। एनपीएलको ३२ मध्ये मंगलबारसम्म १७ खेल सकिएको छ।

ट्रिनिडाड एन्ड टोबागोका माहन क्रिकेटर लाराको नाममा टेस्ट क्रिकेटमा एकै इनिङमा नटआउट ४ सय रन बनाउने कीर्तिमान छ। 

५५ वर्षे लाराले ओडीआई र टेस्ट क्रिकेट दुवैमा १० हजारभन्दा बढी रन बनाएका छन।

धेरै पढिएको