हजुरबुवादेखि छिमेकीसम्म बलात्कारमा संलग्न
News Desk
Sep-29 , 2020 तारिख 05:14 बेलुका

काठमाडौं — आश्विन १३, २०७७। 

बलात्कारका घटनामा घरभित्रकै हाडनाता पर्ने व्यक्ति, आफन्तदेखि छिमेकी र चिनेजानेका व्यक्ति बढी संलग्न हुने गरेको पाइएको छ ।

नेपाल प्रहरीले पीडित र पीडकका नाताका आधारमा तयार गरेको तथ्यांकले हजुरबुवादेखि बुवा/झट्केलो बुवा, ससुरा, काका(मामा(ठूलोबुवा, चिनजानका व्यक्ति र छिमेकीसहित पारपाचुके भइसकेका श्रीमान् र अपरिचित व्यक्तिबाट समेत महिलाहरू असुरक्षित रहेको देखाएको हो ।

आर्थिक वर्ष २०७६(७७ को तथ्यांकअनुसार सो आर्थिक वर्षमा देशभर २ हजार ४ सय ४९ वटा घटना भएकामा चिनेजानेका व्यक्तिबाटै ९ सय १५ अर्थात् सबैभन्दा बढी बलात्कारका घटना भएको छ ।

यसैगरी, छिमेकीबाट सो आर्थिक वर्षमा ६ सय ७२ र नचिनेका व्यक्तिबाट ४ सय ९७ वटा बलात्कारका घटना भएका छन् ।

यसैगरी, हजुरबुवाबाट ६, बुवा(झट्केलो बुवाबाट ४७, ससुराबाट ८, आमा(छोराबीच ३, काका(मामा(ठूलो बुवाबाट ४१, दाजुभाइ(काका, ठूलोबुवा र मामाका छोराबाट ३२, देवर(जेठाजुबाट १३ तथा श्रीमान्बाटै २६ वटा बलात्कारका घटना भएको तथ्यांकले देखाउँछ । यो खबर आजको राजधानी दैनिकले छापेको छ ।

धेरै पढिएको