"मेरो राजावादी हुँदैन राष्ट्रवादी दल हुन्छ" : दुर्गा प्रसाईं
News Desk
Aug-19 , 2025 तारिख 11:58 बिहान

अभिय​न्ता एव​म​ मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफूले खोल्ने राजनीतिक दल राजावादी नहुने बताएका छन।

पत्रकार सम्मेलन गर्दै राजनीतिक दल खोल्ने घोषणा गरेका प्रसाईंले यस्तो बताएका हुन।

‘मेरो राजावादी हुँदैन राष्ट्रवादी दल हुन्छ।’ उनले भने, ‘नेपाल र नेपालीको दल हुन्छ। सर्वहारा वर्ग र भुईंमान्छेको दल हुन्छ।’

तीनकुनेमा भएको राजावादी आन्दोलनपछि पक्राउ परेका प्रसाईं दुई साताअघि मात्रै डिल्लीबजार कारागारबाट छुटेका हुन। राजतन्त्र फर्काउने आन्दोलनका कमाण्डर बनेका प्रसाईं अहिले आफू इच्छा नहुँदा नहुँदै राजनीतिमा आउनुपरेको बताउँछन।

अब राजसंस्था फर्कने वा नफर्कने विषय आफूमा केन्द्रित नरहेको भन्दै उनले त्यो पूर्वराजा ज्ञानेन्द्र शाहलाई नै छाड्नुपर्ने बताए।

‘म कुनै ठग होइन, कसैको चार आना लिनु छैन, केटी काण्ड छैन। लाउन सक्ने कुनै अभियोग छैन। सबै लाए, सबैबाट पास भएको मान्छे हो। सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘अकबरे सुन हुँ जहाँ लगेर घोट्दा पनि पहेँलै आउँछ। घोटेर पानी खानुहुन्छ कि, कानमा गहना बनाएर लगाउनुहुन्छ। के गरेर तपाईंहरूले मलाई सदुपयोग गर्नुहुन्छ । आउनुहोस देश बनाउने अभियानमा जुटौं।’

धेरै पढिएको