सुशीला कार्कीको नेतृत्वमा नागरिक सरकार गठन गर्नुपर्ने प्रस्ताव मजबुत
News Desk
Sep-11 , 2025 तारिख 12:13 बेलुका

जेन–जेड आन्दोलनले निर्वाचित सरकारलाई हटाएपछि वैकल्पिक नागरिक सरकारको तयारी तीव्र भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले वार्ताको आह्वान गरेलगत्तै नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल सरोकारवाला पक्षहरूसँग निरन्तर छलफलमा जुटिरहेका छन्।

मंगलबार रातिदेखि सुरु भएको सेनापतिको संवाद प्रक्रिया अझै जारी छ। यसबीच आन्दोलनको नेतृत्वकर्तामध्ये रहेका जेनजेड समूहहरूले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा नागरिक सरकार गठन गर्नुपर्ने प्रस्ताव मजबुत रूपमा अघि सारेका छन्।

यद्यपि जेन–जेडका समूहहरू आ–आफ्नै धारमा विभाजित देखिए पनि कार्कीको नेतृत्वबारे भने व्यापक सहमति जस्तो देखिएको छ। उनीहरूले सामूहिक रूपमा आफ्नो मागसहित कार्कीलाई अनुरोधपत्रसमेत बुझाएका छन्।

वार्तामा संलग्न स्रोतहरूको भनाइअनुसार, जेन–जेड आन्दोलनले विश्वास गर्ने प्रमुख व्यक्तिहरूमध्ये काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले पनि कार्कीको नाममा समर्थन प्रकट गरेका छन्।

 

धेरै पढिएको