सरकारको आदेशमा गोली चलेको होइन-:ओली
News Desk
Jan-29 तारिख 06:40 बिहान

गत भदौ २३-२४ मा भएको जेनजी आन्दोलनमा सरकारले गोली चलाउन आदेश नदिएको नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बताउनु भएको छ ।

पूर्वप्रधानमन्त्री ओलीले सामाजिक संजालमा तत्कालिन अवस्थाबारे जानकारी दिदै सरकारको आदेशले गोलि नचलेको स्पष्ट पार्नु भएको हो ।

”केही दिनयता एउटा पक्षले भदौ २३ गतेको घटनाबारे गलत प्रचार फैलाइरहेको छ; मानौं प्रधानमन्त्रीले आफ्नै नागरिकमाथि गोली चलाउन आदेश दिएको हो भन्नेजस्तो। यो कुरा पूर्ण रूपमा निराधार छ। हाम्रो संविधानले कुनै पनि प्रधानमन्त्रीलाई आफ्नै नागरिकलाई गोली चलाउन आदेश दिन पाउने अधिकार दिएको छैन, र त्यस्तो आदेश मैले कहिल्यै दिएको पनि छैन र आदेश दिन सोच्न पनि सक्दिनँ। पूर्वप्रधानमन्त्री ओलीले लेख्नु भएको छ ।

धेरै पढिएको