News Desk
ताप्लेजुङ । ताप्लेजुङ जिल्लाको कञ्चनजङ्गा आसपासका क्षेत्रमा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान २ः४७ बजे चार म्याग्निच्युडको भूकम्प गएको हो।
केन्द्रले भूकम्पको केन्द्रविन्दु नेपाल–भारत सीमा नजिकैको क्षेत्रमा रहेको जनाएको छ। भूकम्पका कारण कञ्चनजङ्गा आसपासका बासिन्दाले हल्का कम्पन महसुस गरेका थिए।
भूकम्पको असर ताप्लेजुङ मात्र नभई पूर्वी नेपालका विभिन्न जिल्लामा पनि अनुभूत भएको जनाइएको छ। हालसम्म भूकम्पबाट कुनै क्षति वा मानवीय असरको विवरण प्राप्त नभएको केन्द्रले जनाएको छ।