News Desk
काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ।
पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारमध्ये दलले प्राप्त गरेको सिट सङ्ख्याका आधारमा प्रतिनिधिसभाका सदस्य छनोट गर्ने विषयमा बैठकमा छलफल हुने भएको हो।
बैठकमा समानुपातिक प्रणालीअन्तर्गत प्रतिनिधिसभामा पठाइने उम्मेदवारको नाम टुंग्याउने विषयमा विशेष रूपमा विचारविमर्श गरिने जनाइएको छ। छलफलपछि छनोट गरिएका नामहरू निर्वाचन आयोगमा पठाइनेछन्।
बैठक चैत १ गते दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने तय गरिएको छ।
नेपाली कांग्रेसले उक्त बैठकमा उपस्थित हुन केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूलाई निर्देशनअनुसार उपस्थित हुन अनुरोध गरेको छ।