उज्यालो नेपाल पार्टीमा किरण केसी सीईओ नियुक्त
News Desk
Mar-23 तारिख 07:49 बेलुका

काठमाडौं, चैत १० | उज्यालो नेपाल पार्टीले किरण केसीलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरेको छ। पार्टीका प्रमुख सचिव डा. राजु थापाद्वारा जारी नियुक्तिपत्रअनुसार केसीको नियुक्ति २०२६ मार्च २३ (२०८२ चैत १०) देखि लागू हुने जनाइएको छ।

पार्टीले केसीको नेतृत्व क्षमता, दक्षता र प्रतिबद्धताप्रति विश्वास व्यक्त गर्दै उनको नियुक्ति गरिएको जनाएको छ। पार्टीका अनुसार केसीको दूरदृष्टि र व्यावसायिक क्षमताले संस्थाको प्रभावकारी व्यवस्थापन र समग्र प्रगतिमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

नवनियुक्त सीईओ केसीले संगठनका कार्यकारी जिम्मेवारीहरू सम्हाल्दै नीति तथा रणनीतिहरू कार्यान्वयन गर्ने, साथै संस्थाका लक्ष्य तथा उद्देश्य हासिल गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्नेछन्।

पार्टीले केसीलाई सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्दै इमानदारी, समर्पण र उत्कृष्टताका साथ जिम्मेवारी पूरा गर्ने विश्वास व्यक्त गरेको छ।

धेरै पढिएको