News Desk
डोटीमा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । आदर्श गाउँपालिका वडा नं. ६ रौसेल्ला खोलास्थित मौवा-गिरिचौका भित्री कच्ची सडकखण्डमा खतेडाबाट काँडीस्याउलेतर्फ जाँदै गरेको सु.प.प्र. ०१ ००१ च ३९२३ नं. को बोलेरो जिप घुम्तीमा अनियन्त्रित भइ दुर्घटना भएको हो ।
उक्त दुर्घटनामा परी आदर्श गाउँपालिका वडा नं. ३ काँडीस्याउले बस्ने जीप चालक वर्ष अन्दाजी २२ को सुबोध रोकाया र सोही ठाउँका अन्दाजी बर्ष १९ को कैलाश बि.क.को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । गए राती करिब साढे १२ बजेतिर दुर्घटना भएको र करिब १ बजेतिर स्थानियले प्रहरीलाई जानकारी गराउनासाथ ईलाका प्रहरी कार्यालय आदर्शबाट प्रहरी निरीक्षक पदमराज पन्तको कमाण्डमा ९ जनाको टोली खटिएको थियो ।
घटनास्थलमा पुगी जिपको खोजतलास गर्दा सडकबाट अन्दाजी ९ सय मिटर तल साईली खोलामा मृत अवस्थामा फेला परेका र मृतक दुबै जनाको लाश घटनास्थलबाट सडक सम्म ल्याउने कार्य भइरहेको जनाइएको छ ।