गगन थापा नेतृत्वको कांग्रेसलाई सर्वोच्चले दियो वैधानिकता
News Desk
Apr-18 तारिख 07:11 बिहान • आज

काठमाडौँ, वैशाख ४, २०८३

नेपाली कांग्रेसभित्र देखिएको आधिकारिकता विवादमा सर्वोच्च अदालतले वर्तमान सभापति गगनकुमार थापाको नेतृत्वलाई वैधानिक मान्यता दिएको छ।

न्यायाधीशद्वय शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले दायर गरिएको रिट खारेज गर्दै थापा नेतृत्वको कांग्रेसलाई आधिकारिक ठहर गरेको हो। यससँगै पार्टीभित्रको नेतृत्वसम्बन्धी अन्योल औपचारिक रूपमा अन्त्य भएको छ।

तत्कालीन सभापति शेरबहादुर देउवा तथा कावा सभापति पूर्णबहादुर खड्काले निर्वाचन आयोगको निर्णय र विशेष महाधिवेशनको वैधानिकतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

गत वर्ष पुसको अन्तिम साता सम्पन्न विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा चयन भएका थिए। त्यसपछि निर्वाचन आयोगले थापा पक्षलाई आधिकारिकता दिएपछि असन्तुष्ट देउवा पक्षले २०८२ माघ ४ गते सर्वोच्चमा मुद्दा दायर गरेको थियो।

सर्वोच्चको पछिल्लो निर्णयसँगै गगन थापा नेतृत्वको नेपाली कांग्रेस अब कानुनी रूपमा निर्विवाद भएको छ।