News Desk
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी वैशाख १५ गतेदेखि देशभर जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको छ । आइतबार पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।
वैशाख १५ बाट जिल्ला अधिवेशन सुरु गर्नेगरी पार्टीको संगठन विस्तार तथा सुदृढीकरणलाई अघि बढाउने निर्णय गर्दै जिल्ला अधिवेशनको कार्यतालिका समेत बैठकबाट तय भएको पार्टी प्रवक्ता मनिष झाले जानकारी दिनुभयो ।
बैठकले भोलि रास्वपाको केन्द्रीय समिति बैठक आह्वान समेत गरेको छ ।
सचिवालय बैठक आज अपराह्न ३ः३० बजे बस्ने छ । बैठकले केन्द्रीय समिति बैठकका ‘एजेण्डा’ तय गर्ने जनाइएको छ ।
बैठकमा प्रतिनिधिसभा सदस्यको संगठनात्मक जिम्मेवारी र संसदीय दलको लागि प्राविधिक सहायता एवं ‘लेवी’लगायत विषयमा पनि छलफल हुने प्रवक्ता झाले जानकारी दिनुभयो ।
बैठकमा जिल्ला अधिवेशन कार्यविधि, केन्द्रीय आयोग, सल्लाहकार परिषद्, सङ्घीय नेतृत्व मञ्च र विभागको मनोनयन, महाधिवेशन कार्यविधि मस्यौदा समिति गठनलगायत विषयमा समेत छलफल हुने उहाँले बताउनुभयो ।