ई–बिडिङ प्रणाली ह्याक प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ
News Desk
Apr-25 तारिख 06:23 बिहान • आज

प्रहरीले राप्रपाका नेता तथा पूर्वमन्त्री विक्रम पाण्डेलाई आज नियन्त्रणमा लिएको छ। सार्वजनिक खरिद प्रक्रियामा अनियमितता गरेको र ई–बिडिङ प्रणालीमा हस्तक्षेप गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले उनलाई पक्राउ गरेको हो।

उनीमाथि आफ्नै अनुकूलमा ठेक्का सुनिश्चित गर्न ई–बिडिङ वेबसाइट ह्याक गरेको अभियोग लगाइएको छ।

सीआइबी प्रमुख मनोज केसीले पाण्डेलाई हिरासतमा लिइएको पुष्टि गर्दै यसअघि सोही घटनामा संलग्न रहेको आरोपमा ६ जनालाई पक्राउ गरिसकिएको जानकारी दिएका छन्।