राष्ट्रिय गौरवका आयोजनाका बारेमा प्रतिवेदन तयारीको लागि आयोजना सम्बन्धित सग छलफल गर्दै संसदीय उपसमिति
News Desk
May-07 तारिख 07:29 बिहान • आज

काठमाडौं । राष्ट्रिय गौरवका आयोजनाको अवस्था, ढिलाइका कारण तथा देखिएका समस्याबारे जानकारी लिन राष्ट्रिय गौरवका आयोजना अध्ययन संसदीय उपसमितिले बैशाष २२ गतेदेखि आयोजनासग सम्बन्धितसग छलफल गरेको छ।

सिंहदरबारस्थित उपसमितिको कार्यालयमा उपसमितिका संयोजक ई. श्रीराम न्यौपानेको सभापतित्वमा आयोजित कार्यक्रममा पहिलो दिन बैशाष २२ गते मंगल बबई सिँचाइ आयोजना,महाकाली सिँचाइ आयोजना (तेस्रो चरण), भेरी बबई डाईभर्सन आयोजना बैशाष २३ गते बुधवार मेलम्ची खानेपानी आयोजना, हुलाकी मोटर मार्ग र बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाका प्रमुख, सम्बन्धित मन्त्रालयका पदाधिकारी तथा विज्ञ प्रतिनिधिको सहभागीता आयोजनाका बारेमा छलफल तथा अन्तर्क्रिया भएको थियो। दुइदिनसम्म भएको छलफल तथा अन्तर्क्रिया कार्यक्रम निकै लाभदायक भएको उपसमितिका संयोजक ईन्जिनियर न्यौपानेको भनाई रहेको छ ।

छलफलका क्रममा उपसमिति सदस्यहरूले आयोजना निर्माण ढिला हुनुका कारण, लागत वृद्धि हुनुका आधार तथा आयोजना सम्पन्न गर्न देखिएका प्राविधिक, प्रशासनिक र नीतिगत समस्याबारे जिज्ञासा राखेका थिए। उपसमितिका संयोजक तथा सदस्यहरुको समस्या तथा समाधान बारेको जिज्ञाशाको सम्बन्धित आयोजनाका प्रमुखले दिएका थिए ।

नेपालमा सञ्चालनमा रहेका १७ वटा राष्ट्रिय गौरवका आयोजना निर्धारित समयमै सम्पन्न हुन नसक्दा लागत वृद्धि हुँदै गएको अवस्थालाई ध्यानमा राख्दै ती समस्याको अध्ययन गरी समाधानका उपायसहित सरकारलाई सुझाव दिन प्रतिनिधिसभा अन्तर्गत संसदीय उपसमिति गठन गरिएको हो। उक्त उपसमितिको हालको अध्ययनले राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न गर्न र त्यस्ता आयोजनाका समस्या तथा समाधानका उपायहरु सुझाउन सजिलो पर्ने उपसमितिका सदस्यहरुको बिश्वास रहेको छ ।

राष्ट्रिय गौरवका आयोजना देशको आर्थिक विकास र पूर्वाधार निर्माणसँग प्रत्यक्ष जोडिएकाले आगामी दिनमा अन्य राष्ट्रिय गौरवका आयोजनाका प्रमुख तथा सम्बन्धित मन्त्रालसग छलफल गरि ती आयोजनालाई प्रभावकारी ढंगले अघि बढाउन आवश्यक सुधारका सुझाव सहित प्रतिवेदन तयार गरिने उपसमितिका संयोजक ईन्जिनियर न्यौपानेले जानकारी दिएका छन्।

धेरै पढिएको