सर्बोच्च अदालतको प्रधानन्यायाधीशमा डा मनोजकुमार शर्मा सिफारिस
News Desk
May-08 तारिख 06:34 बिहान

संवैधानिक परिषदले सर्बोच्च अदालतको प्रधानन्यायाधीशमा डा मनोजकुमार शर्मालाई सिफारिस गरेको छ ।

आज सिंहदरबारमा बसेको संबैधानिक परिषदको बैठकले सर्बोच्चका न्यायाधीश शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो ।

बैठकमा प्रधानमन्त्रीलगायत संबैधानिक परिषदका सबै सदस्यहरुको उपस्थिति थियो ।

परिषदको सिफारिसपछि शर्माको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गर्नुपर्ने कानूनी व्यवस्था छ ।

संसदीय सुनुवाइ समितिले शर्माको नाम सिफारिस गरे उहाँ नेपालको ३३औँ प्रधानन्यायाधीश बन्नुहुनेछ ।