१५ अवैतानिक वाणिज्यदूत पदमुक्त, संसद्को संयुक्त बैठक बोलाइने
News Desk
May-09 तारिख 06:18 बिहान

१५ अवैतानिक वाणिज्यदूत पदमुक्त, संसद्को संयुक्त बैठक बोलाइने

सरकारले विदेशमा कार्यरत १५ जना नेपाली अवैतानिक वाणिज्यदूत तथा ‘कन्सल’लाई पदमुक्त गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।

सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले बैठकका निर्णय सार्वजनिक गर्दै आगामी वैशाख २८ गते सोमबार अपराह्न ४ बजे सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठक आह्वान गरिएको जानकारी दिए । उक्त बैठकलाई सम्बोधन गर्न राष्ट्रपतिलाई अनुरोध गर्ने निर्णयसमेत मन्त्रिपरिषद्ले गरेको छ ।

बैठकले अन्तरराष्ट्रिय श्रम सङ्गठन (ILO) अन्तर्गत रहेको बाध्यकारी श्रम महासन्धि, १९३० सम्बन्धी २०१४ को प्रोटोकल नम्बर २९ अनुमोदनका लागि सङ्घीय संसद्मा प्रस्ताव पेश गर्ने निर्णय पनि गरेको छ ।

यसैगरी, श्रम निरीक्षणसम्बन्धी अन्तरराष्ट्रिय श्रम सङ्गठनको महासन्धि, १९४७ नम्बर ८१ अनुमोदनका लागि पनि संसद्समक्ष पेश गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको जनाएको छ ।

धेरै पढिएको