ट्रेड युनियन खारेजी निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन आदेश
News Desk
May-12 तारिख 06:48 बिहान

काठमाडौँ – सरकारले गरेको ट्रेड युनियन खारेजसम्बन्धी निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल नेतृत्वको संवैधानिक इजलासले बहुमतका आधारमा उक्त आदेश दिएको हो । इजलासमा न्यायाधीशहरू कुमार रेग्मी, हरिप्रसाद फुँयाल, विनोद शर्मा र शारङ्गा सुवेदी सहभागी थिए ।

मुद्दाको प्रारम्भिक सुनुवाइपछि बहुमतले सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश दिएको हो । यद्यपि न्यायाधीशद्वय विनोद शर्मा र शारङ्गा सुवेदीले भने अल्पकालीन अन्तरिम आदेश जारी गर्ने विषयमा फरक मत राखेका छन् ।

सर्वोच्चको यो आदेशसँगै ट्रेड युनियन खारेजीसम्बन्धी सरकारी निर्णय हालका लागि रोकिएको छ ।

धेरै पढिएको