विद्या भण्डारीको पार्टी सदस्यता नवीकरण गर्ने एमालेको निर्णय
News Desk
May-19 तारिख 06:21 बिहान • आज

 

काठमाडौं ।  गुण्डुमा  सम्पन्न एमाले सचिवालय बैठकले पूर्वराष्ट्रपति विद्या देवी भण्डारीलाई पार्टीको सदस्यता प्रदान गर्ने निर्णय गरेको छ ।

पार्टीका उपमहासचिव लेख राज भट्टले सचिवालय बैठकले भण्डारीलाई पार्टी सदस्यता दिने निर्णय गरेको जानकारी दिनुभयो । उहाँका अनुसार बैठकमा सरकारको कामकारबाहीको समीक्षा, पार्टी सदस्यता नवीकरण तथा विस्तार अभियान, पदाधिकारी र सदस्यहरूको कार्यविभाजनलगायत विषयमा पनि छलफल भएको थियो ।

बैठकमा अध्यक्ष ओलीले समसामयिक राजनीतिक अवस्था, पार्टी संगठन सुदृढीकरण तथा भावी रणनीतिबारे सम्बोधन गर्नुभएको थियो । साथै पदाधिकारीहरूको वरियता निर्धारण, संविधान संशोधनका सम्भावित विषय, पार्टी कार्यालय भवन निर्माणलगायतका ११ वटा प्रस्ताव बैठकमा प्रस्तुत गरिएको जनाइएको छ ।

नेता भट्टले सचिवालयको अर्को बैठक आगामी जेठ ८ गते शुक्रबार बस्ने जानकारी दिनुभयो ।

धेरै पढिएको