News Desk
काठमाडौँ । सर्वोच्च अदालतका नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले मंगलबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उहाँलाई शपथ गराउनुभएको हो ।
शपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, सभामुख डोलप्रसाद अर्याल तथा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालसहित विभिन्न संवैधानिक निकायका प्रमुख एवं उच्च सरकारी अधिकारीहरूको उपस्थिति रहेको थियो ।
नेपालको संविधानको धारा १२९ को उपधारा (२) अनुसार संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले मंगलबार नै डा. शर्मालाई सर्वोच्च अदालतको प्रधानन्यायाधीश पदमा नियुक्त गर्नुभएको हो ।
नवनियुक्त प्रधानन्यायाधीश शर्माले न्यायपालिकाको गरिमा, निष्पक्षता र संविधानको सर्वोच्चतालाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।