बैरो संघका अध्यक्ष भुवनसिंह गुरुङलाई पितृशोक, १०२ वर्षीय बुवा चित्रबहादुर गुरुङको निधन
News Desk
May-21 तारिख 07:14 बिहान • आज

 

काठमाडौं,नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भुवनसिंह गुरुङ लाई पितृशोक परेको छ । उहाँका १०२ वर्षीय बुवा चित्रबहादुर गुरुङको मङ्गलबार निधन भएको हो।
पारिवारिक स्रोतका अनुसार उच्च उमेरका चित्रबहादुर गुरुङको मङ्गलबार निधन भएको हो । उहाँको निधनसँगै गुरुङ परिवार शोकमा डुबेको छ भने वैदेशिक रोजगार क्षेत्रसँग आबद्ध विभिन्न संघसंस्था, व्यवसायी तथा शुभेच्छुकहरूले अध्यक्ष गुरुङप्रति गहिरो समवेदना व्यक्त गरिरहेका छन्।
दिवंगत चित्रबहादुर गुरुङप्रति श्रद्धाञ्जली अर्पण गर्दै उहाँको आत्माको चिरशान्तिको कामना गरिएको छ । साथै शोकसन्तप्त परिवारजनलाई धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना समेत गरिएको छ।
अध्यक्ष गुरुङका बुवाको निधनप्रति नेपाल वैदेशिक रोजगार व्यवसायी संघ, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसन लगायत वैदेशिक रोजगार क्षेत्रसँग सम्बन्धित विभिन्न संघसंस्था तथा व्यवसायीहरूले विज्ञप्ति जारी गर्दै दुःख व्यक्त गरेका छन् । उनीहरूले दिवंगतप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारप्रति समवेदना प्रकट गरेका छन ।

यसैगरि, नेपाल वैदेशिक रोजगार व्यवसायी संघका सल्लाहकार नवराज केसी लाई पनि केही दिनअघि मातृशोक परेको थियो ।