वीरगन्ज–११ उपाधिनजिक
News Desk
Nov-09 , 2020 तारिख 04:59 बेलुका

बारा — कार्तिक २४, २०७७। (एजेन्सी)

कलैया जेसिज क्रिकेट कप प्रतियोगिताअन्तर्गत आइतबार वीरगन्ज–११ ले कलैया क्रिकेट क्लबलाई पराजित गर्दै फाइनल सुनिश्चित गरेको छ ।

कलैयाको सिद्धेश्वर क्रिकेट खेल मैदानमा भएको खेलमा वीरगन्ज–११ ले कलैयालाई ५७ रनले हरायो । वीरगन्जले टस जितेर ब्याटिङ गर्दै निर्धारित ४० ओभरमा ५ विकेट गुमाई २ सय ३९ रन बनाएको थियो । वीरगन्जका हिमांशु दत्तले ६०, सोनु अन्सारीले ६२, आरिफ शेखले ३६ रन बनाएका थिए । कलैयाका बलर भुलावन सहनीले २, दीपक साह, तृत दास र सुनील कुमारले समान एक विकेट लिएका थिए ।

जवाफमा कलैया त्रिकेट क्लबले ३९.५ ओभरमा सबै विकेट गुमाइ १ सय ८२ रन बनायो । कुमार थापाले ४०, तृत दासले ३०, समीर नेपालले २२ र राष्ट्रिय खेलाडी पवन सर्राफले १९ रन बनाए । वीरगन्जका बलर आरिफ शेखले ३, अनुज सिंह र सरफुल्लाह अन्सारीले २–२ विकेट लिएका थिए । म्यान अफ द म्याच वीरगन्जका हिमांशु दत्त भए । उनलाई क्रिकेट बजारका प्रबन्धक दीपक गिरीले ट्रफी प्रदान गरेका थिए । सोमबार कलैया र मकवानपुर क्रिकेट क्लबबीच प्रतिस्पर्धा हुने आयोजक टिमका संयोजक सुभाष जयसवालले बताए ।

(कान्तिपुर दैनिक)

धेरै पढिएको