News Desk
काठमाडौँ — कार्तिक २५, २०७७।
बंगलादेशविरुद्ध दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्न ढाकामा रहेको नेपाली राष्ट्रिय फुटबल टिमका सदस्यहरुको मंगलबार बिहान पुन: पीसीआर परीक्षण गरिएको छ । दुई देशबीच पहिलो खेल शुक्रबार हुँदै छ ।
नेपाली राष्ट्रिय टिमको व्यवस्थापनका अनुसार उक्त खेलभन्दा ७२ घण्टाअगाडिको पीसीआरको नतिजा चाहिने भएकाले यो परीक्षण गरिएको हो ।
अघिल्लो साता काठमाडौंमा गरिएको पीसीआर परीक्षणपछि नेपाली टिम बिहीबार ढाका पुगेको हो । ढाका पुगेकै दिन पनि पीसीआर परीक्षण गरिएकामा शनिबार सबैको रिपोर्ट नेगेटिभ आएको थियो । त्यसपछि मात्र नेपाली टिमले अभ्यास गर्न पाएको थियो । काठमाडौंमा गरिएको परीक्षणमा कोरोना ‘पोजिटिभ’ देखिएका सात खेलाडी भने ढाका जान पाएका थिएनन् । तिनलाई क्वारेन्टिनमा राखिएको छ ।
(कान्तिपुर दैनिक)