‘निकिशा’ श्रेष्ठमाथि सडकमा भएको दुर्व्यवहारबारे छानबिन र कारबाही गर्न हेडक्वार्टरको पत्र
News Desk
Nov-18 , 2020 तारिख 07:38 बेलुका

‘निकिशा’ श्रेष्ठमाथि सडकमा दुर्व्यवहार भएकोबारे आवश्यक छानबिन तथा कारबाही हुने भएको छ। 

प्रहरी प्रधान कार्यालयले बुधबार साइबर ब्युरोलाई श्रेष्ठमाथि भएको दुर्व्यवहारबारे छानबिन र कारबाही गर्न निर्देशन दिएको हो। 

श्रेष्ठलाई सडकमै अपशब्द प्रयोग गरी एक समूहले दुर्व्यवहार गरेको भिडिओ सामाजिक सञ्जालमा आइरहेको छ। उक्त दुर्व्यवहार राजधानीको कुन ठाउँमा भएको हो भन्ने यकिन भइसकेको छैन। 

प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुबेर कडायतले उक्त भिडिओबारे छानबिन गरी दोषीलाई कारबाही गर्न साइबर ब्युरोलाई पत्राचार गरिएको बताए। 

‘सो भिडिओ नेपाल प्रहरीलाई प्राप्त भएपछि छानबिन गर्न सम्बन्धित विभागलाई निर्देशन दिइएको छ,’ कडायतले भने। 

भिडिओमा श्रेष्ठलाई लक्षित गरी अपमानजनक शब्द प्रयोग गरी दुर्व्यवहार गरिएको देखिन्छ। आफूलाई दुर्व्यवहार भएपछि श्रेष्ठले सो समूहलाई लखेट्न खोजेको देखिन्छ। 

श्रेष्ठलाई मोटरसाइकलमा रहेको समूहले दुर्व्यवहार गरेको देखिन्छ।

पहिले निकेश नाम भएकी निकिशा अहिले आफूलाई केटी भनेर चिनाउन चाहन्छन्। सामाजिक सञ्जालमा उनका विभिन्न भिडिओ चर्चामा छन्। 

धेरै पढिएको