फिफा वरीयतामा नेपाल तीन स्थानमाथि
News Desk
Jun-16 , 2021 तारिख 01:05 बेलुका

काठमाडौं — असार २, २०७८।

फिफा वरीयतामा नेपाल मंगलबार तीन स्थान माथि उक्लेको छ । नयाँ वरीयतामा नेपाल १ सय ७१ औं स्थानबाट १ सय ६८ औं स्थानमा पुगेको हो ।

नेपालले एसियाली विश्वकप छनोटमा आफ्ना तीन खेलपछि यो वरीयताबाहिर आएको हो । यसअघि नेपालले इराकविरुद्ध पनि मैत्रीपूर्ण खेल खेलेको थियो ।

विश्वकप छनोटमा नेपालले चाइनिज ताइपेईलाई हराएको थियो । बाँकी खेलमा भने नेपाल पराजित रहेको थियो । सन् २०१९ पछि नेपालको वरीयतामा सुधार आएको हो । त्यसअगाडि नेपाल १ सय ६१ औं स्थानमा रहेको थियो । पछिल्लो समय नेपाल लगातार १ सय ७१ औं स्थानमा रहेको थियो ।

(कान्तिपुर दैनिक)

धेरै पढिएको